अलिकति @tfcnepal को बारेमा

#tfcnepal को पहिलो donation को लागि हामीलाई कुनै एक त्यस्तो संस्थाको आवश्यकता भएको थियो, जहाँ हामीले tweet counts बाट जम्मा भएको हाम्रो केहि रकमलाई उच्चतम रुपमा सदुपयोग गर्न सकियोस | सोहि क्रममा हामी पुग्यौँ, बसुन्धरा त्रियोग स्कुल नजिकै रहेको 'पवित्र सेवा समाज नेपाल' र भेट्यौँ दिक्षा चापागाईलाई जो अनवरत रुपमा समाज सेवामा लागेकी रहिछन | उनको जीवन साच्चै नै प्रेरणादायी रहेछ | उनले सो पवित्र सेवा समाज नेपालको स्थापना गरि समाजमा बेवारिश भएका बालबालिकाहरुलाई मातृत्व प्रदान गरेर उनिहरुको लालनपालन र शैक्षिक स्थितिको सुधार गर्न अनवरत रुपमा लागि रहेकी रहिछिन | कुराकानीको क्रममा उनले भनिन, मेरो पासपोर्टमा अमेरिकाको ५ वर्षे भिषा लागेको छ, तर मेरो आँखा बिहानीको मिर्मिरेमा खुलेदेखि निष्पट्ट अन्धकार भएर म न-निदाउन्जेल सम्म यिनकै भविष्य उज्वल पार्न, यिनलाई खुवाउन पियाउनकै निम्ति त्यसैको जोहो गर्दै रहेको हुन्छु, मलाई यिनका भविष्य उज्यालो बनाउने बाहेक अन्यकुनै पनि सपना छैन | उनले भनिन : यहाँ जम्मा २१ बाल बालिका र एक आशक्त वृद्धा गरि जम्मा २२ जना छौँ | यिनीहरुको लागि मेरो सम्पूर्ण जीवन समर्पित छ |
अहिले पवित्र सेवा समाज नेपाल, स्थानीय सरकारी स्कुलको भवनमा आरक्षित रहेछ र सो बाहेक अन्य कुनैपनि सरकारी राहत/अनुदान/सहयोगको भने कुनै पनि अनुभव गर्न नपाइएको जानकारी पाइयो | कसरि चलेको छ त यो सेवा समाज भन्ने प्रश्नमा दिक्षा भन्छिन, हामी अहिले सम्म चलेको भनेको स्वतन्त्र ति उदार मानवीय सहयोग बाट हो | केहि त्यस्ता व्यक्तिहरुले हाम्रो स्थिति देखेर कसैले चामल, कसैले दाल, पिठो आदि सहयोग गर्नुहुन्छ र यिनीहरुको पोषणका निम्ति सो हामीले प्रयोग गर्दैछौँ |

अनि यी बालबालिकाहरुको शिक्षादीक्षाको बारेमा जानकारी पाउँदा त सार्है नै खुशी लाग्यो | दिक्षा भन्छिन ' यी सबै बालबालिका नजिकैको सरकारी बिधालयमा अध्यायनरत छन् र सबैको बिशिष्ठ श्रेणी त्यो पनि ९०% भन्दा बढी अङ्क ल्याउन सफल छन् | सुन्दा सार्है हर्ष लाग्यो | पढाई कसरि भैरहेको छ त भन्ने प्रश्नमा उनि भन्छिन, स्कुलले बिधार्थी पठनपाठनका केहि सन्दर्भमा थोरै सहुलियत त दिएको छ तर पनि पूर्ण रुपमा शुल्क मिनाहा भने गरेको छैन | अघिल्लो बर्ष एक उदार हृदय भएका नागरिकले बिद्यार्थीहरुको एक बर्षको सम्पूर्ण शुल्क व्यहोरेका थिए, आशा छ, यो बर्ष पनि त्यस्तै हुनेछ र यी नानीबाबुले पढ्न पाउनेछन |

हामी पनि यस्तै केहि संस्थाबाट आएका हौँ, तपाइँ हामी बाट कस्तो सहयोगको अपेक्षा राख्नुहुन्छ भन्ने मेरो प्रश्नमा वहाँले भन्नुभयो : हामी सँग केहि चामल उपलब्ध भएको छ, त्यस्तै दाताहरुबाट तर हामीलाई खाद्यान्नमा नुन,तेल, मसला, चाउचाउ, बिस्कुट, चिउरा आदिको जरुरत छ | खाना खाने थाल, कचौरा, चम्चा आदि को पनि अभाव छ | बच्चाहरुलाई ब्रस गर्न टुथ ब्रस, मन्जन आदिको पनि अभाव छ | अब यी नानीहरुको पढाईको नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, यिनीहरुलाई पढ्न/लेख्न किताब, कापी, पेन्सिल, इरेजर आदिको पनि खाँचो छ | यदि तपाइँहरु सँग तपाईंहरुलाई छोटो भएका/ प्रयोगमा न-आउने लत्ता,कपडा केहि छन् भनेपनि तिनीहरुको हामीलाई अत्यन्तै आवश्यक्ता छ |

हामीलाई लाग्यो हो हामी यस्तै साना कामहरु बाटै पनि आफ्ना कार्यारम्भ गर्न सक्छौँ, यी साना नानीहरुको मुहारमा खुशी ल्याउन सक्छौँ | त्यसैले सो कार्य गर्नका लागि हामी @tfcnepal का साथिहरु यहि आउँदो शनिबार दिउँसो ३:०० बजे पवित्र सेवा समाज नेपाल, बसुन्धरामा भेला हुँदैछौँ र हामीले जे जसरि सहयोग गर्न सक्छौँ सहयोग गर्दैछौँ | यदि तपाइँलाई पनि सो समाजसेवामा सामेल हुने इच्छा छ भने त्यहाँ उपस्थिति जनाउनु हुन सक्नुहुनेछ | यहाँको जस्तो सुकै सहयोग पनि हाम्रोलागि अत्यन्तै गौरवको विषय हुनेछ .......

यदि तपाइँ नगद धनराशी दिएर सहयोग गर्न चाहनुहुन्छ भने नेपाल इन्भेस्टमेन्ट बैँक, दरबारमार्ग शाखामा इश्वर काफ्लेको नाममा रहेको बचत खाता ००१०५०८०३४१०४२ मा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ |
पुनश्च : @tfcnepal नेपाली twitter प्रयोगकर्ताहरु बाट सुरुवात गरिएको गैर नाफामुलक समाज सेवामुखी सञ्जाल हो | यसको member बन्न www.twitter.com/tfcnepal मा जानुहोस | त्यस संस्थाको proposal एवं गतिबिधिहरु www.tfcnepal.blogspot.com मा पनि हेर्न सकिन्छ ||

आशा छ यहाको सानो सहयोग पनि उत्पीडित/असहाय नेपालीहरुको मुहारमा खुशी ल्याउने ठुलो कदम हुनसक्छ ......

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required