Posts

Showing posts from February, 2013

जाग यूवा

Image
हामी आखिर कहिले सम्म हाम्रा असफल राजनीतिज्ञ, नेता भनौदा र कर्मचारीतन्त्र तिर दोष थुपारेर, उनीहरुले केहि गर्न दिएनन र त हामीले केहि पनि गर्न सकेनौँ भनेर हरेश खाएर बस्ने ? ठिक समय कुर्दा कुर्दै त्यो सबैथोक मिलेको दिन त कहिल्यै आउन्न, एकथोक मिले अर्को नमिल्ला | त्यसैले सानो बाट सुरु गर्ने, आजै किन नगर्ने ?  १) देशमा आजको सबैभन्दा ठुलो समस्या भनेको लोडशेडीङ नै हो | तर तपाइँले याद गर्नुभएको छ ? यो अब बिस्तारै देशको समस्याबाट हटेर शहरहरुको समस्यामा सिमित हुँदैछ | गाउँगाउँ त बिस्तारै आफैँ झिलिमिली हुँदैछन्, कत्ति भैसकेका छन्, अरु कत्ति हुने क्रममा छन् | गाउँ गाउँमा त्यहिँ उपलब्ध ज्ञान, शिप र लगनको उच्चतम उपयोग गरेर मानिसहरुले लघु जलबिध्युत आयोजना, सोलार इनर्जी र बैकल्पिक उर्जाका स्रोतहरु : हावा, बायोग्यास आदिको प्रयोग गरेर गाउँ नै झिलिमिली बनाइसके | स्वच्छ हावापानी र बत्ति बिजुली भएपछी गाउँ स्वर्ग बन्दैछ | देश विदेशसँग प्रतक्ष्य सम्बन्ध स्थापित गर्न गाउँ गाउँमा इन्टरनेट पुग्दैछ | हामी शहरबासी भनेर धाक धक्कु लगाउनेहरु बिहान उठेसी बेलुकी नसुतुन्जेल स्वच्छ हावा, सफा पानी, बिजुली र इन्टरनेट