Posts

Showing posts from November, 2010

केहि पालुंङ्टार बैठकबाट

झननननन रिश मलाई मात्रै उठ्या होला कि सबैलाई उस्तै हो ? तर मलाई चाहिँ कदापी मन परेकै छैन भनेको... तिनले गर्ने बोलीब्यबहार एकथरी, कुरा गराई अर्को थरि ...उटपट्याङ काम गराई त मानौँ कि तिनको दैनिकी नै भैसक्यो | अरु सबै भालेमुन्ग्रा पार्टीका पारा देखिसकेसी हामी सोझा नेपालीले नतमस्तक भएर तिनको बाटो कुर्नु बाहेक अरु कुनै बिकल्प थिएन र त्यसै अनुरुप हामी नि जसो जसो पण्डित जी उसै उसै स्वाहा गर्दै गयौं, तर हरेक कुराको एउटा लिमिट हुन्छ भन्छन नि, उनीहरु त कहिल्यै पछि परेनन आफ्ना अभद्र, अनुशासनहिन, जङ्गली ब्यबहार दर्शाउन | सत्तामा पुगेको बेलामा टिक्न सकेनन, जब सत्ता छोडे... फेरी त्यै सत्ताको लागि मरीमेटे | पहिले अरु बसेको देख्ने सकेनन, सरकार बनेकै भोलिपल्टदेखि कठपुतली, कल्पब्रिक्ष र बिषब्रिक्षको जुहारी चल्यो... के के भो के के कुरो गरिसाद्धे छ र भन्या ?? दण्डहिनता देशमा व्याप्त भा'को त सबैभन्दा फाइदा त उनैलाई भयो भन्दा अत्युक्ति नहोला | फेरी चुनाब नि अलि अलि भो र भन्या ? रेकर्ड नै कायम गर्ला झैँ !! एउटा प्रधानमन्त्री छान्न नि कति को नौटंकी हो भन्ने त कुरो किन कोट्ट्याईर'नु र ? फेरी बजेटको त कु

शहरमा जसको चर्चा छ

एउटा व्हीम आउन पर्छ नेपालमा, पछि लाग्नेको कमि हुदैन.. यसको पछिल्लो उदाहारण भएकी छिन नेपाली चेली "माइती नेपाल" कि संस्थापक अध्यक्ष श्रीमती अनुराधा कोइराला, जो हालै सी.एन.एन.ले गरेको बार्षिक सर्वेक्षण सी.एन.एन.हिरोज २०१० का बिजयी यानकी यस बर्षको सी.एन.एन हिरो हुन पुगेकी छिन | हुन त यो सफलता उनलाई रातारात प्राप्त भएको अवश्य होइन न नै मेरो संदेश उनीले सो पुरस्कार जितेर केहि नराम्रो भयो भन्न खोज्ने हो | वास्तबमा उनको यो विजयले गतिलो झापड हानेको छ हाम्रा देशका नेता भनाउँदाहरुको गालामा | आफ्नै डंका फुक्दै गरेका, हरेक कुरोमा सफल नेतृत्व दिन सक्षम छौं भन्दै चुकिरहेका पाजी नेता भनाउँदाहरुको गालामा अनुराधा दिदिको यो दह्रो झापड सफल नेतृत्व दिनसके आफ्नो कार्यको मुल्यांकन हुने रहेछ भन्ने त हुँदै हो र साथै हामी नेपालीहरु भौगोलिक दृष्टिकोणबाट जति उपेक्षित भएपनि, हाम्रो मुलुकको जनसंख्या अरु सबल भनिएका मुलुक सामु मुट्ठीभर भएपनि हामी कति एकताबद्द हुन सक्ने रहेछौँ र कसरि एकरुपताका साथ देशलाई अनुकरणीय योगदान दिनु भएका सबैका आँखाका नानी बनेका अनुराधा दिदिलाई विश्वभरिबाट चुनिएका प्रतिस्पर्धीहरुला

कुरा नि बुझिसाद्धे भे'पो !!

अघिल्लो दिनको राष्ट्रिय संचारको समाचारमा उपल्ला दर्जाका भनिएका नेताले नै घोक्रो फुकाउदै भनेका थिए, अहिले सम्म जे भयो भयो, भोलि मंग्सिर ३ गते चाहिँ बजेट पास हुन्छ, त्यहिँ सहमति भा'छ, यो निर्णय भनेको गोकर्ण, हात्तीबन र सिंहदरबारमा भएका छुट्टाछुट्टै सहमतिको उपज हो | तर मंग्सिरको ३ गते जब सबै जनतामा थोरै भएपनि बजेट आउने भन्ने खुशी छल्किएको थियो आँखामा, त्यहिँ समयमा LIVE देखिएको नेपाली संचार माध्यममा त कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे रोष्ट्रमतिर अघि बढ्दा देखिएको दृष्यले स्तब्ध तुल्यायो हरेक स्वाभिमानी नेपालीलाई .... यो भिडियो हेर्नुस त .... http://goo.gl/yG1Ob लाज लाग्ने त हामी पो भयौं, गर्नेलाई भन्दा देख्नेलाई लाज .... यसै सम्बन्धमा फेसबुक र ट्वीटरमा समाविष्ट केहि रोचक प्रतिक्रियाहरु : १) सरकारले जवरजस्ती गर्दा सामान्य ठेलमठेलमात्र भएको हो : माओवादी http://bit.ly/93mHSr ठेलमठेल यस्तो हुने रै'छ है.. !!! हाम्लाई के था?? २) माओवादीको पत्रकार सम्मेलन । संसदमा शुक्रबार राति भएको घटना सरकारको बलजफ्तीको परिणाम रहेको स्पोष्टोक्ति । आफ्ना स... http://bit.ly/cwymRu ३) बैंक लुटि

The spirit for the day

Awaken from the broken dreams, unusual hangover of the uncertainities regardless the truth of being endeavored by the cruel time, I am moving up to the enlightment.. the place where I get blessed by the overpowering deity and strength to march forward, I am moving to the directions of sacrifice and success rather than Love and care for the sake of continuity of the Dreams. And I will march forward, forward towards the success and no one can stop me from succession. I believe in myself and I will prove it again. - The spirit for the day

खै के खै के

सायद जीवनका भोगाइहरुकै कारण नै त हो नि, अचेल त न कुनै चाडपर्व उल्लासमय लाग्छ, न नै रमाउछ यो मन भिडभाड र हल्लीखल्लीमा... केवल खोज्छ त एक्लोपन | होला यो दिपावलीमा केहि कम पड्किए, तर नपड्कीएका भनेचाही हैन, ठुला रोसनीका साथ रंगीबिरंगी प्रकाश फैलाउँदै पड्किने पटाका'हरु ... तर यी आँखा खुल्ला त थिए, देख्दैथिए ति उज्याला, तर खोज्दैथिए आकाशमा टिलपिल टल्किरहेका ताराहरु मध्येका आफ्नो तारा, मेरो जग, मेरो आकाश

ब्लगर भेलाको कुरा

न त म कुनै ब्लगर, न कुनै परिचित लेखक,न आख्यानकार ... थाहा पाएँ NOV 04,2010 मा blogger भेला हुँदैछ काठमान्डौमा | अनायासै उत्सुकता जागेको थियो, म थिएँ हेटौंडामा | र पनि संयोग जुर्यो, तिहारको समय... घर पुग्न पाइने समयमा नै जुरेछ भेला, अत्यन्तै उत्सुक मन पुग्न चाही'हाल्यो त्यहाँ... जहाँ थिए वेब दुनियामा चिरपरिचित तर कहिल्यै प्रत्यक्ष देखभेट नभएका ब्लगरहरु | दिलिप आचार्य, जसको ब्लगको नियमित पाठकनै भैसकेको थिएँ म | सार्है घतपर्दा technology संम्बद्द लेखहरु लेख्ने गर्नुहुन्छ उहाँ | सोचेथें उम्दा ब्लगर गमक्क फुलेर बस्छन होला, ओहो वहाँको पहिलो भेटमै देखिएको आत्मियताले त मोहनी नै पो लगायो नि | सार्है खुशी लाग्यो वहाँलाइ सपत्नी भेट्न पाउँदा, दुवैजना राम्रा ब्लगर हुनुहुँदो रहेछ | अर्का अग्रज डा.बसन्त गौतम, जो पेशाले इलेक्ट्रोनिक्स इन्जिनियर हुनुहुन्थ्यो, वहाँको ब्लग पढ्ने मौका चाहिँ जुरेको थिएन मलाइ, तर राम्रो पहिचान थियो वहाँको फेसबुक पेजसंग | वहाँले गर्नुहुने विसंगति प्रतिको चोटिलो प्रहारको मानौं म दिवानानै थिएँ र त ट्वाक्क टुक्क हुलिदिन्थे नि आफ्ना कमेन्टहरु वहाँको स्ट्याटसहरुमा | अर्का

देउसी रे :)

E tell tell brother -what to tell ? Why does this election - always fail. All these stupids has -made Nepal like a hell We fell like -we are in jail. E my brothers, Where are you When the country badly needs you be the patriot, be bold and say we can die for the country, we should say... #Deusi Re