ब्लगर भेलाको कुरा


न त म कुनै ब्लगर, न कुनै परिचित लेखक,न आख्यानकार ... थाहा पाएँ NOV 04,2010 मा blogger भेला हुँदैछ काठमान्डौमा | अनायासै उत्सुकता जागेको थियो, म थिएँ हेटौंडामा | र पनि संयोग जुर्यो, तिहारको समय... घर पुग्न पाइने समयमा नै जुरेछ भेला, अत्यन्तै उत्सुक मन पुग्न चाही'हाल्यो त्यहाँ... जहाँ थिए वेब दुनियामा चिरपरिचित तर कहिल्यै प्रत्यक्ष देखभेट नभएका ब्लगरहरु | दिलिप आचार्य, जसको ब्लगको नियमित पाठकनै भैसकेको थिएँ म | सार्है घतपर्दा technology संम्बद्द लेखहरु लेख्ने गर्नुहुन्छ उहाँ | सोचेथें उम्दा ब्लगर गमक्क फुलेर बस्छन होला, ओहो वहाँको पहिलो भेटमै देखिएको आत्मियताले त मोहनी नै पो लगायो नि | सार्है खुशी लाग्यो वहाँलाइ सपत्नी भेट्न पाउँदा, दुवैजना राम्रा ब्लगर हुनुहुँदो रहेछ | अर्का अग्रज डा.बसन्त गौतम, जो पेशाले इलेक्ट्रोनिक्स इन्जिनियर हुनुहुन्थ्यो, वहाँको ब्लग पढ्ने मौका चाहिँ जुरेको थिएन मलाइ, तर राम्रो पहिचान थियो वहाँको फेसबुक पेजसंग | वहाँले गर्नुहुने विसंगति प्रतिको चोटिलो प्रहारको मानौं म दिवानानै थिएँ र त ट्वाक्क टुक्क हुलिदिन्थे नि आफ्ना कमेन्टहरु वहाँको स्ट्याटसहरुमा |
अर्का चर्चित र ब्लागिंग दुनियाँको छोटो समयमै ठुलो फड्को मार्न सफल भएका र यसै वेब दुनियाँ मार्फत हालै घनिष्ठ भएका मेरो साथि आकार | धेरै जानकारी राख्छन उनि अहिलेको बढ्दो प्रविधि र बिज्ञानको बिषयमा | आकार संगको साथ संधै प्रिय लाग्छ मलाइ | अझ हालसालै उनको लेखहरु राष्ट्रिय दैनिक, रेडियो तथा बिभिन्न वेबसाइटमा प्रकाशित उनका लेखहरुले त लोभ्याएका छन् ति युवा मनहरुलाई जो नतमस्तक रहन्छन प्रविधिको बिकासका निमित्त |
आख्यानकार जोतारे धाइबा, प्रदिप बस्याल, उज्वल आचार्य, आलंकार अर्याल आत्रेय,रुपेश श्रेष्ठ, भोजराज दाहाल,कैलाश राइ, पुष्पराज आचार्य, सबिन ज्ञवाली, सरोज कोइराला, सौरभ ढकाल, सुजन शर्मा, सुरथ गिरि, स्वेता बानियाँ आदि ब्लगरहरुसँग अन्तिम समयमा नै भएको भएपनि अविस्मरणीय यादहरु संगाल्दै र ब्लगिंग दुनियाँमा आफुपनि प्रवेशगर्ने दृढ निश्चयका साथ अन्तिममा चियाको चुस्की लिँदै सबै ब्लगर साथीहरु संग बिदा माग्दै छुट्टियौं |

Comments

  1. It was real nice meeting all of them hai... :) :) :) mero naam pani raicha yeha.. :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required