Posts

Showing posts from August, 2012

धार्मिक क्रान्ति ~ सम्मुन्नत भविष्य - सम्भव छ ?

Image
देश बनाउन गाह्रो छ भन्ठान्नुभाको ? केहि गार्हो छैन | एउटा रोल मोडल है त | बास्तवमा हामी नेपालीहरु त्यस समयमा संसारकै सबैभन्दा अघि थियौँ, जब विश्वमा बिरलै अरु देशको उपस्थिति थियो | थाहा नै होला, नेपालमा पौराणिक कालमा बनेका धेरै मठ,मन्दिर, पाटि पौवा, देवस्थलहरु त्यस समयमा बनिसकेका थिए, जब निकोलसले अमेरिका पत्तै लगाएका थिएनन | मल्लकालिन नेपाल त स्वर्गिय युग नै थियो रे | बिस्तारै  नेपालमा लिछवीकालिन, मल्लकालिन गर्दै शाह बंशिय राज्य परिवर्तनहरु हुँदै गए | देश अझै पनि स्वर्गकै एउटा अंश झैँ लाग्ने खाले थियो रे | इतिहासमा पढ्न मात्रै पाइने त हुन नि यी कुराहरु, तर अब त्यो सब कहाँ ? सबैलाई यस्तै त लाग्छ नि निराश र निरस बन्दै गएको नेपाली अवस्था देखेर हैन ? तर मेरो मनमा अर्कै कुरो खेल्दैछ आज |  साच्चै नेपाललाइ फेरि बिश्वकै सबैभन्दा सुन्दर देश बनाउन सकिन्छ भन्नेमा म त बिश्वस्त छु | तर आवश्यक छ, इश्छाशक्तिको | एक दुइजनाको मात्रै इच्छा भएर कहाँ हुन्छ र यस्तो आशम्भव प्राय: लाग्ने कहानीलाइ पूर्णरुपमा कार्यान्वयन गर्न ? सम्पूर्ण नेपाली एक भएर खालि एउटै सपना सम्बृद्दशाली नेपालको देख्ने हो भने,