Posts

Showing posts from April, 2010

बिद्रोह

सत्ता नै रै'छ तिमीलाई प्यारो, किन पहिले छोड्या हो ?? राजसी ठाँट, उन्मादी हाँसो झल्झली पोल्दो हो मुसुक्क हास्ने, दाउने जुँगा म भुलुं कसरि छटपटी तिम्लाई नभा'को हैन देखिन्छ बेस्सरी !!! गरिबको लडाईं भनिकन तिम्ले के भुट्नु भुट्यौ नि दुइ छाक खाना, एकमुठी दाना के लुट्नु लुट्यौ नि कहाँ छन उनि, कहाँ पुग्यौ तिमि फर्केर हेरेनौ सराप्लान बाबै, गरिबका रगत-यो कहिले बुझेनौ !!! आउन त आउछन सबै तिम्रा पछी, बन्दुकको त्रास छ बिद्रोह हुन केहि बेर छैन, यो कहिले बुझ्या छौ ?? सत्ताको लागि के मरीमेट्छौ, सक्दैनौ केहि गर्न न सक्छौ जित्न जनताको आँशु, न हाँसो फर्काउन !!! मिति २०६७/०१/१४ परिबेश: सरकार ढाल्न माओबादीले बैशाख १८ (मे दिवस)देखि गर्न लागेको तथाकथित जनविद्रोहको बिरोधमा उठेको आक्रोश ||| धेरै गल्ति भएका छन, सुधारिदिनु हुनेछ भन्ने आशाको साथ समर्पण ती निस्छल राष्ट्रिय मनहरुमा सुरेश दाई को रिप्लाई सत्ता नै प्यारो रहेछ तिम्लाई, बिर्सन्छौ कसरी, राजसी ठाँट, उन्मादी हाँसो याद आउँछ बेसरी ।। मुसुक्क हाँस्ने, ति घोप्टे जुँगा मुसार्छौ त्यसरी, छटपटी तिम्लाई नभा'को हैन देखिन्छ यस

कथा : व्यथा

मध्य रात १२:०० बजेको थियो, सबै कुरुवाहरु केहि सुस्ताउने तरखर गर्दै, म त सबै भन्दा चलाएमान, आखिर मेरो ड्युटी नै सुरुहुने बल्ल बेला हुन थाल्याथ्यो.... ए प्रसंग उठान त गर्नु पर्यो नि है, बिर्सिरा मैले त, प्रसंग नेपालको सबै भन्दा बुढो हस्पतालमा मेरो एकजना दाजुको टन्सिलको अपरेशन ( केहि गार्हो पो भयो भनेको, साधारणतया ४५ मिनेट देखि १घण्टा ३० मिनेटमा सकिने अपरेसन, टन्सिल धेरै नै ठुलो भएकोले झन्नै ७ घण्टा प्रतिक्षा गर्नु पर्यो, रगत नै रोकिएनछ) बिहान ११ बजे अपरेसन थियेटर लागेको बिरामीलाई झन्नै १० बजे राति Post Operative Ward मा सारिएको, म र बिरामीको दिदि (मेरो पनि) रात्री कालिन ड्युटीमा खटिने Rotta (Schedule). म त यसै उत्साहित, सायद तपाईंले बुझिसक्नु भो किन भनेर ;) हस्पिटलमा बिरामी मात्रै हुदैनन नि त, उनीहरुलाई उपचार गर्ने नर्स, उस्तै परे राम्रा डाक्टरनिहरु पनि त हुन्छन नि, खै कुरा बुझेको ??? राति १०:३० बजे सम्म त धेरै थिए हाम्रा शुभचिन्तक, बिस्तारै पातलिए, अनि सुरु भयो मेरो वास्तविक काम, सबैभन्दा चलायमान म नै थिएँ, हुनै परो नि,घुमीरंथें पुरै फनफनी, सबै Ward, Department, Emergency, खोजि हुन

शहिदगेट देखि वनस्थली

Image
प्रसङ्ग : Renewable sources of Energy को प्रयोग गरेर नेपाली परिबेशमा नेपालका Industry र Surrounding लाई बिध्युत उपलब्ध गराउने बारे Proposal Application तयार पारि पेश गर्न सघाउने अन्तरक्रिया कार्यक्रम सकेर काठमान्डौ बिश्वबिध्यालय, धुलिखेल बाट वनस्थली घर फर्किने क्रम बेलुकी ५:३० :: धुलिखेल बाट काठमान्डौसम्म आएको बसबाट ओर्लिएर साथीभाई संग बिदा बारी माइक्रोहरु न्आउने त हैनन, तर चाहिएको रुटको भनेको टाइममा त उही हो, वनस्थलीको दुइवटा छाडेपछि बल्ल बल्ल एउटामा धकेलिदै पसें, जम्मा ड्राइभर र खलासी समेत २० जना अट्ने माइक्रोमा खादिदै २२औं नम्बरमा परें म, ढुक्क भएँ हिड्नु त परेन...... दिनरात गरेर बनाको ज्यान, त्यसै केलाई घटाउनु, मन आनन्दित, माइक्रो भरिसकेको थियो, दुइटा टाउको थपियो, सोचें अब त पक्का हिड्छ, नभन्दै हिड्यो...... मन फुरुंग !! जाम त कहिले पो नहुने हो र ?? एकछिन पछी पुग्यो जमल, भरिएको माइक्रोको फुच्चेले करायो "ए बनस्थली, सिट खाली सिट खाली" , ओइरो लुइडियो, मन् आतंकित, भरिएको माइक्रोमा कहाँ अटाउने हो?? जबर जस्ती चारजना छिरिहाले ( एक छिप्पड बुढा,(हातमा दुइवटा २० लिटरका पानीका जा

गाज़ल

सबिन सिंह तुर्रे कबि को गज़ल::: तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि ढुक्क सँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि सही गलत थाहा छैन, मुर्ख पागल भैदिन्छु म गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म दु:ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई, तिमी खुशी, भई नाच, बज्ने मादल् भैदिन्छु म मेरो उत्तर ::: गाज़ल हुन्छु भन्थ्यौ तिमि, कस्सेर कहिल्यै निकालेनौ ढाक्ने आंचल मजेत्रो भो, फर्की कहिल्यै हेर्या हैनौ !! के झुम्नु मेरो चालमा, प्रकृति खडेरीले सोत्तर भा'छ चुडिसक्यो त्यो पायल त, फेरी कहिल्यै सोध्या हैनौ !! बादल हुन्छौं रुज्छु फेरी, घाम नै हो नि मलाई प्यारो श्रिस्टी गर्ने जीवात्मा त्यो, बुझ्न कहिले सक्या हैनौ !! हुन्छु भन्थ्यौ साथै मेरो, अत्तो पत्तो केहि छैन बुढासुब्बा पुगीकनै बाँसमा नाम लेख्या हैनौ !! आँशु आँशु जिन्दगी भो गाजल त