बिद्रोह


सत्ता नै रै'छ तिमीलाई प्यारो, किन पहिले छोड्या हो ??
राजसी ठाँट, उन्मादी हाँसो झल्झली पोल्दो हो
मुसुक्क हास्ने, दाउने जुँगा म भुलुं कसरि
छटपटी तिम्लाई नभा'को हैन देखिन्छ बेस्सरी !!!

गरिबको लडाईं भनिकन तिम्ले के भुट्नु भुट्यौ नि
दुइ छाक खाना, एकमुठी दाना के लुट्नु लुट्यौ नि
कहाँ छन उनि, कहाँ पुग्यौ तिमि फर्केर हेरेनौ
सराप्लान बाबै, गरिबका रगत-यो कहिले बुझेनौ !!!

आउन त आउछन सबै तिम्रा पछी, बन्दुकको त्रास छ
बिद्रोह हुन केहि बेर छैन, यो कहिले बुझ्या छौ ??
सत्ताको लागि के मरीमेट्छौ, सक्दैनौ केहि गर्न
न सक्छौ जित्न जनताको आँशु, न हाँसो फर्काउन !!!


मिति २०६७/०१/१४
परिबेश: सरकार ढाल्न माओबादीले बैशाख १८ (मे दिवस)देखि गर्न लागेको तथाकथित जनविद्रोहको बिरोधमा उठेको आक्रोश |||
धेरै गल्ति भएका छन, सुधारिदिनु हुनेछ भन्ने आशाको साथ समर्पण ती निस्छल राष्ट्रिय मनहरुमा


सुरेश दाई को रिप्लाई
सत्ता नै प्यारो रहेछ तिम्लाई, बिर्सन्छौ कसरी,
राजसी ठाँट, उन्मादी हाँसो याद आउँछ बेसरी ।।

मुसुक्क हाँस्ने, ति घोप्टे जुँगा मुसार्छौ त्यसरी,
छटपटी तिम्लाई नभा'को हैन देखिन्छ यसरी ।।

गरिबको लडाईं भनेर तिम्ले, भुट्यौ नि बेसरी,
एकछाक खाने,जनताको अन्न लुट्यौ नि त्यसरी ।।

कहाँ छन जनता, कहाँ छौ तिमि फर्केर हेरेनौ
सराप्लान बाबै, गरिबको पुकार तिमीले टेरेनौ ।।

लाग्न त लाग्छन ति तिम्रा पछी, बन्दुकको त्रास छ
दुइ-चार बर्ष आशादीप बाली, बाँच्ने त्यो आश छ ।।

सत्ताको लागि के मरीमेट्छौ, सक्दैनौ केहि गर्न
न सक्छौ जित्न जनताको आँशु, न हाँसो फर्काउन !!!

Comments

  1. सरकार / संबिधान भन्दा पहिले जनतालाई बाच्न पाउने अधिकार चाहिन्छ,आफ्नो पेट आफैँ पाल्न पाउँ भनेर जनताले यसको लागि पनि अधिकार खोज्नु परेको छ |
    मजदुरको टाउकोमा टेकिएर गरिएको यो आन्दोलनले न त कहिले मजदुरलाई सहयोग पुर्याएको छ, न नै कोहि जनतालाई....... केवल सत्ताको लागि गरीएको यो भन्दा निक्रिस्ट आन्दोलन दुनियाको इतिहासमा कहिले न भएको थियो न नै हाम्रो जस्तो... See More अभागी... See More देशभन्दा बाहेक अरु देशमा हुनेछ | हो माकुने सरकार अधम छ, तर सबैको पारा देखिसकिएको स्थिति हो | अब त देशलाई त्यस्तो निरङ्कुश देशभक्त चाहिएको छ कि बरु जति बली चढ्नु छ चढोस तर त्यसपछी देशमा अमंन चैन को स्थिति आओस |
    धेरै आन्दोलन लडिसकियो तर केवल सिमित व्यक्तिको स्वार्थ सिद्धि भन्दा अरु केहि उपलाभी हुन सकेन | बिद्यार्थीहरुले पढ्न नपाउनु/ आम नागरिकले हिडडुल गर्न नपाउनु/ रोजीरोटीको लागि काम गर्न नपाउनु/ भोको पेटले खाना खान नपाउनु ..... यो भन्दा लज्जापूर्ण स्थिति कुनै मुलुकमा अरु केहि हुनै सक्दैन | राजिनामा यदि यो सबै समस्याको निकाश हो भने तुरुन्त सबै शक्तिमा भएकाले राजिनामा दिनु पर्छ | तर हैन बिद्रोह गरेकै भरमा सत्ता पाइने रहेछ भन्ने ठानेर कसैले आन्दोलन गरेको हो र त्यसपछी उनीहरुको जिम्मेवारी भनेकै सत्ता मात्र चलाउने र टिकाउने हो भने बीर गोर्खालीका गाथा कसैले भुल्नु भनेको त्यस बखत सत्तामा रहने हरुको पतनको आधार हुने छ |
    - जय देश

    ReplyDelete
  2. हामी भोकले मर्न लाग्यौं, हामी कसै संग खाना माग्दैनौं, आफ्नो काम आफैं गरि खान पाउँ - भन्नेलाई माओबादी ले आइलागेको देख्छ भने हो... जनताले अब देशै भरि आइलाग्नेछन तब माओबादी त के सरकारमा बसेकाहरुको पनि हावा खुस्कैदिनेछ | देशमा त्यसपछी जनताले देश चलाउने छ, नेताले हैन -- सरकार रहे सधैं मुठभेड, सधै आन्दोलन, सरकार नै नरहे को लड्ने रहेछ हेरौं न !!!

    ReplyDelete
  3. शान्तिपूर्ण आन्दोलनको तेज तबसम्म रहन्थ्यो जब सम्म साचै आम जनताले शान्ति को अनुभूति गर्न सक्थे | - चेतना भया
    भोक/पीडा/ आक्रोश/ बितृष्णा ले भरिएको आन्दोलन आयोजकका लागि त शान्तीपूर्ण नै लाग्ला तर आम जनताले त्यसलाई मुर्दा शान्ति भन्न रुचाउछन |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required