Posts

Showing posts from March, 2013

सफलता एच. आइ. भी. शिक्षा सदन

Image
जीवनमा गल्ति कसले पो गर्दैन र ? फेरि मानव भएर जन्मिए पछि गल्ति नै नगरे त के सार्थक भयो र जीवन ? अनि गल्ति बाटै नै त हो नि सिक्दै जाने, जीवनका अनेकौँ पाटाहरु | फेरि गल्ति गरिए पश्चातको सजायको भागेदार हुनुपनि त स्वाभाविक नै त हो नि | तर एकफेर सोचौँ त, जसले जिन्दगीमा कहिल्यै केहि गल्ति नै गरेका छैनन्, उनीहरुको पिता/माताले गरेको सानो/ठूलो गल्तिका भागेदार कलिला नानीहरु हुने र सोहि गल्तिकै भारि बिसाइदिएर समाजले सधैँ छिछि र दुर दुर गर्ने अवस्था आएमा भने उनीहरुले गर्ने के ?? Saphalta HIV Shikshya Sadan हो यस्तै आफुले कहिल्यै नगरेको गल्तिको शिकार भएका साना नानीबाबुहरु हुन ‘सफलता एच. आइ. भी. शिक्षा सदन’मा आश्रित १० जना बालबालिकाहरु | फेरि यिनीहरु त हाम्रा समाजका प्रतिनिधि पात्रहरु मात्रै न हुन | यस्तै अवस्थामा समाजमा अपहेलित भएका कलिला बालबालिकाहरु जसलाई एच. आइ. भी.कै अर्थ पनि थाहा नहुन सक्छ वा अरुले जे घोकाइदिएका छन्, त्यसैलाई नै सर्वेसर्वा मानेर आफु समाजको अपहेलित पात्र नै हुँ भन्ने मानेर जीवन जिउन बाध्य झन् कति होलान | मंजु चन्दका आमा-बाबु उनी सानै छँदा बिते | सधैँ बिमारी

डिग्री माइला

Image
लगभग २ बर्षपछी आज बल्ल नाटक हेर्न जाने साइत जुर्यो | मलाई नाटक हेर्न औधी मनपर्छ, तर कैले के नमिल्ने कैले के | केहि साथी मिलेर अकस्मात बनेको 'डिग्री माइला' हेर्ने योजना सफल पार्न  कुदिहाल्यौ सिंहदरबार पुर्बगेट नजिकै रहेको मण्डला थियटर | थोरै पूर्वाधारका साथ नै भएपनि सुरु गरिएको थियटरले 'गुरुकुल'को न्यास्रो मेटाउन हरदम प्रयास गरेकोछ |  Banner : Degree Maila गाउँ गाउँ र  ठाउँ ठाउँको कहानी हो यो "डिग्री माइला" | हरेक गाउँमा एउटा न एउटा माइला जस्तो पात्र सर्बत्र हुन्छ | केहि पढेलेखेको र देश विदेश घुमेको र आफ्नो कहानी सुनाउन र गाउँलेलाई नयाँ कुरो बुझाउन संधै उद्दत | गाउँमा कति धेरै मिल्ती हुन्छ , तेती नै झगडा हुन्छ , फेरी मिल्छन | धेरै रमाइलो छ माइलाको गाउँ पनि | गाउँमा धेरै के नै हुन्छ र ? मेलापात र निर्माणमा लागिपर्छन र एकअर्काको गर्जो टार्छन अनि फुर्सदको समयमा तास खेल्दै अनि रक्सि खाएर होहल्ला गर्छन र आफ्नै किसिमले मनोरन्जन गर्छन | Degree Maila : Villagers Tribune गाउँमा उनीहरुले धेरै मेहेनत गरेर पहरा फोरेर मोटरबाटो बनाएका हुन्छन | गाउँल