Posts

Showing posts from June, 2013

कथादेश – २

Image
गुरुकुलको स्थापना कालतिर अनुप बरालले साथीहरु सँग मिलेर ‘कथादेश’को मन्चन गर्दा उनले पक्कै सोचेका थिए होलान कि उनले नाटकका बिध्यार्थी साथीहरुलाई सक्दो परिस्कृत गर्दै गराउंदै पेश गर्दै जानेछु | हिजो ‘कथादेश २’ हेरिरहँदा उनको त्यो प्रयास साकार भएको प्रस्ट देखें | कथाकार महेश बिक्रम शाहका दुइ कथाहरु  ‘भेनिस कि बुढी’ र ‘हान् घण्टा हान्’ लाई एक्टर्स स्टुडियोका १३ औं र १४ औं ब्याचका साथीहरुले बडो न्याय गरेका छन् | आशान्त शर्माले निर्देशन गरेको नाटकमा प्रतिक र बिम्बहरुको बेजोड तालमेल देखिन्छ | स्टेज लगभग खालि देखिन्छ केहि कुर्सिहरु बाहेक, तर कलाकार साथीहरुको तारतम्यले यति सजिव देखिन्छ कि नाटक, सार्है मनमोहक | ‘भेनिस कि बुढी’ एक कर्कस बुढी आमैलाई केन्द्रबिन्दु बनाइ प्रस्तुत गरिएको नाटक हो | बुढीकि घरछेउमै अल्फान्जो (रेष्टोरा मालिक) ले फ्ल्याट भाडामा लिएर आफ्ना कामदारहरु राखेको छ | लोप्साङ तिनै कामदारहरु मध्ये एक हो | लोप्साङ र साथीहरु त्यो फ्ल्याटमा बस्ने बाहेक त्यसको उपभोग अल्फान्जोले आफ्ना प्रेमीकाहरु सँग ऐयासी गर्ने काममा पनि गर्छ | अल्फान्जोले ती बुढी आमैलाइ कहिल्यै देखि सहन्न भने लोप