Posts

Showing posts from January, 2012

आफ्नै कहानी – १

Image
ब्लगमा केहि नलेखेको अलिक धेरै नै भएछ | लेख्ने रहर नि नभएको त कहाँ हो र ? तर यसो उसो गर्दैमा फुर्सद नमिल्ने भैरहेथ्यो | ट्वीट्टरमा एकजना हितैषी दाजुले आफ्नो बेलायत भ्रमण/बसाइका बारेमा केहि लेख भन्नु भएसी भने केहि लेखिहाल्ने उत्साह जाग्यो | आज म एक महिने क्रिश्मस बिदा सकेर आफ्नो दाजु,भाउजु र दुइ छोराहरु रहेको घर Hatfield बाट मेरो University शेफ्फिल्ड फर्कदैछु | अघिल्लो दुइपल्टको यात्रा बसबाट गरेको भएर होला, यसपल्ट मलाई ट्रेनमा यात्रा गर्ने रहर पलायो र १० दिनअघि जति टिकेट किनेथें अनलाइन | अहिले यात्रा गर्दैगर्दा यो ब्लग तयार पार्दैछु | थोरै मात्रै ब्याट्री ब्याकअप दिने तर मेरो असाध्यै प्रिय ल्यापटपलाई आफु बस्ने सिट छेउमै रहेको पावर सकेटमा जोड्दै ट्रेनकै फ्री इन्टरनेट प्रयोग गर्दै यात्रा गर्दा अचम्म लाग्दैछ | खासै ठुलो कुरो त केहि हैन, तर पावर सकेट मात्रै देखेको, आक्कल झुक्कल बिजुली आउने देशको गौरवशाली नागरिक मलाई भने अचम्म लाग्नु ठिकै त हो | धेरैको सपनाको शहर  दिन बित्न कति नै समय लाग्ने रैछ र ? यता उता गर्दा समय बितेको पत्तै नपाइने | मास्टर्स गर्न भनेर यता बेलायत आएको पनि झण्डै पाँच