Posts

Showing posts from November, 2011

किन चाहियो संघियता ?

- दुइ दिन हिँडेर एक किलो नुन लिन पर्ने दुर्गमबासीलाइ सजिलै नुन तेल पाउने बनाउन के 'संघियता' मात्रै ले रोक्या होला त ? - संघियताको हौवा मात्रै मच्चाउनु भन्दा कर्णालीका ति दुर्गम गोरेटोहरुलाई अहिले नै मोटर बाटो बनाउनुलाइ कल्ले काँ रोक्याछ र ? -   सपना देखेर नथाक्ने हामी नेपालीलाइ सपना देखाउन नछाड्ने नेताहरुले संधै गुलाम बनाइनैरहन्छन | यसका लागि संघियता नै किन चाहियो र ? मुलुकलाइ आर्थिक व्ययभार मात्रै | - देशको कुल बजेट झन्डै ४ खर्ब बराबर छ,जसमध्धे २ खर्ब त हालकै स्थितिमा कर्मचारी तलबमै खर्च हुन्छ रे,सोच्नुस त संघियतामा गएसी झन के हुन्छ हालत ?  - बिकासको ओइरो लागेर जब देश अझ बढी बिकसित हुन्छ ... हो तब संघियताले सार्थकता पाउँछ | भुत्तो भाङ केहि नभाको देशमा त संघियता आफै घाँडो हुन्छ |  - जाती जातीलाइ संघियताका लागि उराल्ने चाही माओबादी नै हुन - यो कदापि मान्य छैन कसैलाई | यसैमा फोहोरी राजनीति अझै बढी झाँगीदैछ |  - हामी सँग जे छैन, त्यसैको चाह हुनु स्वाभाविक हो .... तर संघियताले समग्र नेपालीलाई कुनै पनि रुपमा साथ दिन्छ भनेर चाही म मान्दिन |  - एउटा ढिक्का, सिङ्गो देश त लठिबद्र छ

बबुरो बाबुराम ??

Image
अधिकांश नेपालीका एकमात्र बाँकी भएका आस्थाका धरोहर, हालका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई मैले पनि भित्रैबाट उनका महान बिचारहरूलाई समर्थन गर्दै आएको थिएँ | प्रधानमन्त्रि घोषणा भए लगत्तै नेपालमै जडान गरिने, अति कम लोकप्रिय "मुस्ताङ्ग" गाडी चढेर शितल निवास पुगि सपथ खाएपछि उनको लोकप्रियता अझै ह्वात्तै बढ्यो | फिल्मी शैलीमा अझै बढी उक्सदै उनले केहि राम्रा कामहरु पनि गर्दै गए | प्रतक्ष्य जनताका कुरा सुन्न जनताबाट प्राप्त हुने इमेलको जवाफ दिने र जानकारीमा आएका भ्रष्टाचार/अकर्मण्डयताका घटनाहरुलाई निर्मुल पार्न लागिपरे | चुनाव जितेपछि आफ्नो गृहजिल्ला फर्केर आएनन भन्ने जनताका बग्रेल्ती गुनासा विपरित उनी बारम्बार आफ्नो गृहजिल्ला पुगिरहेका खबर पढ्न पाउँदा खुशी लाग्यो | अझ खुशी त तब लाग्यो जब पत्रिकाहरु मार्फत पढ्न पाएँ कि गोरखा जाँदा प्रधानमन्त्रिले बिच बाटोको मुग्लिंङ्गमा अडिएर आफैले भोजन गृहहरुको गुणस्तरको छड्के जाँच गरे | बस्ताबमा मलाई अझै बढी खुशी तब हुन्थ्यो जब उनी आफैँ बाटाका पसल पसल डुल्दै हिड्नु भन्दा आधिकारिक निकायलाई जिम्मेवार भएर त्यस्ता जनतालाई प्रतक्ष्य रुपमा स