बबुरो बाबुराम ??


अधिकांश नेपालीका एकमात्र बाँकी भएका आस्थाका धरोहर, हालका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई मैले पनि भित्रैबाट उनका महान बिचारहरूलाई समर्थन गर्दै आएको थिएँ | प्रधानमन्त्रि घोषणा भए लगत्तै नेपालमै जडान गरिने, अति कम लोकप्रिय "मुस्ताङ्ग" गाडी चढेर शितल निवास पुगि सपथ खाएपछि उनको लोकप्रियता अझै ह्वात्तै बढ्यो | फिल्मी शैलीमा अझै बढी उक्सदै उनले केहि राम्रा कामहरु पनि गर्दै गए | प्रतक्ष्य जनताका कुरा सुन्न जनताबाट प्राप्त हुने इमेलको जवाफ दिने र जानकारीमा आएका भ्रष्टाचार/अकर्मण्डयताका घटनाहरुलाई निर्मुल पार्न लागिपरे | चुनाव जितेपछि आफ्नो गृहजिल्ला फर्केर आएनन भन्ने जनताका बग्रेल्ती गुनासा विपरित उनी बारम्बार आफ्नो गृहजिल्ला पुगिरहेका खबर पढ्न पाउँदा खुशी लाग्यो | अझ खुशी त तब लाग्यो जब पत्रिकाहरु मार्फत पढ्न पाएँ कि गोरखा जाँदा प्रधानमन्त्रिले बिच बाटोको मुग्लिंङ्गमा अडिएर आफैले भोजन गृहहरुको गुणस्तरको छड्के जाँच गरे | बस्ताबमा मलाई अझै बढी खुशी तब हुन्थ्यो जब उनी आफैँ बाटाका पसल पसल डुल्दै हिड्नु भन्दा आधिकारिक निकायलाई जिम्मेवार भएर त्यस्ता जनतालाई प्रतक्ष्य रुपमा सरोकार राख्ने त्यस्ता होटल/पसलहरुको शुक्ष्म निरिक्षण गर्न र उनीहरुका सेवा गुणस्तरहिन पाइए कारबाही गर्न हौसला प्रदान गर्थे | त्यसो त कुनै पनि देशका त्यस्तो ओहदाका राष्ट्रसेवकले गरेको त्यो काम भने उदाहरणिय नै हो | तर राष्ट्रिय स्तरको पत्रिकामा लेखिएको "प्रधानमन्त्रिले मुग्लिङ्गका होटलका चर्पी निरिक्षण गरे" पढ्दा भने भित्र कतै मन कुडिएर आएथ्यो | कहिँ कतै नेपालको बैंकिंङ्ग क्षेत्रमा कहलिएका होनहार अर्थबिद अनिल शाहले कुनै इन्टरभ्युमा भनेका कुराले मन अझै भरिएर आउँछ | उनको उमेरमा आर्थिक क्षेत्रमा उनले जति पाएको सफलता सायदै अरु कसैले पाएका होलान | उनले भनेथे – 'मेरो मान्यता भनेको मेरा हरेक कर्मचारीले मैले भन्दा धेरै जानेका/बुझेका हुन जरुरि छ | हरेकले आफ्नो क्षेत्रको काम कुशलतापुर्वक गर्ने हुनाले नै त म सफल भएको हुँ नि' | तर यहाँ बाबुराम जीको कुरा भने ठ्याक्कै उल्टो छ, उनि हरेक कुरामा ब्यबहारिक ज्ञान हासिल गरेका व्यक्तित्व हुन जस्तो मलाई लाग्छ, तर सबैकुरो उनैले मात्रै गरेर कतिन्जेल चल्छ त ?

पिङमा मच्चिन मात्रै नखोज्नुस हजुर, मच्चिएर माथि पुगेसी खसियो भने त थच्चियो नि फेरी 

उनले ज्यादै नै पहल गरेर ३० तिर फर्केर निहूँ खोज्दै बस्ने ३० वटै पार्टीलाई एकैस्थानमा ल्याएर शान्ति सम्झौतामा एकमत गराउन सफल भएपछि मन झनै भरंग भएर आयो र शान्ति पक्कै पनि अब सबैका घर आगनमा आउँछ भन्नेपनि लाग्यो | हुन त पाँच बर्षअघि भएको सम्झौता नै यहि नै थियो, तर पनि यी पाँच बर्षमा हुन नसकेको उपलब्धि चाहिँ अब हुन्छ कि भन्ने लागेको पक्कै थियो तर फेरी उनका बिरुद्ध उठ्न थालेका आवाजहरुले कताकता फेरी शशंकित तुल्याउदै थियो | सायद ठुला नेताहरुलाई यस संक्रमणकालले धेरै नै फाइदा दिलाईरहेको छ, त्यसैले त अस्थिर नै रहिरहेको छ नि नेपाली राजनीति |
अब कुरा गरौँ चित्तै नबुझेको, हालै विकास भएको घटनाक्रमको बारेमा | कर्तब्य ज्यानको मुद्दामा सर्बोच्च अदालतले दोषी करार गरेका माओबादी पार्टीका सभासद बालकृष्ण ढुंगेललाई आममाफी गरिनुपर्ने भनेर लबिंङ गर्दै मन्त्रि परिषद मार्फतनै राष्ट्रपति मार्फत उनलाई आममाफी गराइनु पर्छ भन्ने निर्णय डा. बाबुरामको बिरामी बिचार हो | यस्तो प्रस्ताब राष्ट्रपति तिर तेर्स्याएर उनी पनि दण्डहिनताकै पृष्ठपोषक भएका खुलासा उनैले गरिदिएका छन् | नेपालीका लागि दण्डहिनता अब कदापी मान्य हुनेछैन भन्ने उनले बुझ्न जरुरि छ, र राष्ट्रपतिले सो प्रस्तावलाई नकारिदिनेछन भन्ने आशा मैले राखेको छु | अझ आजैको उनको मन्त्रि परिषद बिस्तार गरेर ४६ सदस्यिय बडेमानको टोलि बनाउने निर्णय काम न काजको निर्णय हो र सरकार नै स्थिर भैनसकेको परिस्थितिमा सकेसम्म मन्त्रि संख्या बढाएर देशकै ढुकुटी नै रित्याउने बाहेक अरु केहि होइन जस्तो मलाई लाग्यो |
जनताको आँखामा बस्न मुस्ताङमा चढेर मात्रै हुदैन प्रधंमन्त्रि ज्यु, साच्चै नै मुटुमा देश राखेर जनताको पक्षमा निर्णय गर्दै सोहि अनुरुपका निर्णयहरु गर्दै जानुहोस, मान्छे बटुलेर पद दिएर मात्रै हुदैन, पद ओगटेकाहरुबाट उच्चतम कार्यशक्तिको अपेक्षा गर्नुहोस र सो अनुरुप कार्य दक्षता प्रस्तुत गर्न नसक्नेलाई पदमुक्त गर्नुहोस.... जनता तपाईंले गर्ने देशमुखी कदमको साथमा सदैव रहनेछन |
ट्विटरमा प्र.म. बाबुरामले हालै गरेका कदमहरुको बिरुद्दमा साथीहरुको प्रतिक्रिया
Jaw_Knock JawKnockRaazaa 
 by friendycalls
ओछ्यानमा मुत्नेहरुलाई पिसाब नसेलाउन्जेल न्यानो आउला, ढाडियसि थाहा हुन्च । ज्यानमारा चेपेर दंग परेको छ काठा । #PMBRB
Jaw_Knock JawKnockRaazaa 

बाबुरामले छातिमा हात राखेर सोचुन,बालक्रिष्ण ढुंगेलले तिन्का आफन्तलाई मारेकाभे यतिकै जोडले बुरुक्क उफ्रेर आममाफी दिन्थे कि दिन्थेनन्? #PMBRB

sachinkarki sachin jung karki™
जनसेनालाई ५-८लाख दियर घर फर्काउनुको सट्टा नेपाल सम्पूर्ण भ्रस्ट नेतालाई 10 लाख दियर देशनिकाला नै गर्न पाए देशमा शान्ति र बिकाश हुन्थियो कि ?
»
iShzz Said : 
हा हा 'बाबुरामलाइ काम गर्न देउ' लेखेको Tshirt को बेपार त गम्भीर रुपमा स्खलीत हुने भो त| अब किनीसकेकाले चैँ अगाडिको बाबुरा मेटेर लाएहुन्छ :D


Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required