Posts

Showing posts from January, 2013

ब्ल्याक एण्ड व्हाइट काठमाण्डौ

कति नराम्रो सुनिन्छ है कोहि यसो २/४ बर्ष बिदेशी भुमिमा नङ्ग्रा खियाएर आएकाहरुले हामी नेपाली र नेपाललाइ अलिक नमज्जाले 'छि कस्तो फोहोर जताततै, बाटो भरि खाल्डा खुल्डी' भन्दा | यहिँ जन्मियो, यहिँ हुर्कियो, यहिँको माटोमै रमाइयो अनि १ बर्ष बाहिर गएर के के न राम्रो देखेर आयो अनि हामीलाई नराम्रो भन्छ भनेर मनै कुडिन्छ नि है | उस्तै हुन्छ मलाई र पनि नभनिरहनै सकिन रङ्गीन जमानामा क्या ब्ल्याक एण्ड व्हाइट काठमाण्डौ | डेढ बर्ष अध्ययन हेतू बेलायत बसेर त्यहाँको डिग्री बोकेर धेरै सपना सँगाल्दै भर्खरै काठमाण्डौ आएँ | भारत त केहि पल्ट गएकै हो र पनि पहिलो विदेश भ्रमण थियो त्यो मेरो लागि, पासपोर्टमा भिषा नभई पुगिने देशलाइ त विदेश भन्नै रुचाउन्न म | फेरी भारत त नेपालको ७६ औं जिल्ला नै त हुन्थ्यो नि अंग्रेजहरुले भारत छाडेपछिको सुघौली सन्धिमा अहिलेको भन्दा उल्टो निर्णय हुन्थ्यो भने :P | प्राकृतिक रुपमा सम्पूर्ण सम्पदाले भरपूर्ण हाम्रो देश नेपाल, मायाँ त कति लाग्छ लाग्छ आफ्नो देशको.. कसलाई नलाग्ला र ? लण्डनको हिथ्रो बिमानस्थलबाट नेपाल पुग्न भारतीय ध्वजाबाहक एयर इण्डियाको टिकट काटेर बसेदेखि