Posts

Showing posts from August, 2011

दिक्षाले गरिन समाज सेवा

Image
नागरिकमा आज प्रकासित भएको कुपन्डोलमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलालाई पवित्र समाज सेवा,धापासी, बसुन्धरा कि संचालक सुश्री दिक्षा चापागाईंले महिला रहेको भनि अखबारमा खबर आएको न्यू समिट होटलको प्रवेश द्वार, कुपन्डोल नजिकैबाट उद्दार गरि आफ्नै केन्द्रमा लगि आश्रय दिएकी छिन | नाम शोभा बताउने उनले आफ्नो थर,ठेगाना भने बताउन सकिनन, हुलियाले भने उनको उमेर २५को आसपास बताउदै थियो | समाचारमा प्रकाशित भए बमोजिम विगत हप्ता दिन अघिदेखि "शोभा" बेवारिश अवस्थामा सोहि स्थानमा इट्टाको शिरानी हालेर सुतिरहेको पाइएको थियो | कुपण्डोलमा पुगी सहयोग गर्दै दिक्षा  समाचार प्रकाशित भएपछि दिक्षा तुरुन्तै सो स्थलमा पुगि शोभालाई उद्दार गरि पवित्र समाज सेवामा लगि नुहाईधुवाई गरि आवश्यक सामग्रीको जोहो गरिदिएकी थियिन |  शोभालाई भेटिएको स्थानमा उनको अवस्था सार्है नाजुक रहेको भएपनि उचित सरसफाई पछि नाम सम्म बताउन सकेकी दिक्षाले बताइन | दिक्षाले उद्दार गर्न सहयोग गर्ने "छहारी नेपाल" र पाठक मंच मार्फत जानकारी गराउने "नागरिक" लाई हृदय देखि नै धन्यबाद दिइन |  दिक्षा बिगत एक दशक देखि समाज सेवा

टिभीमा संसदसभा (नेपाल र भारत )

आज कता कताबाट हो भारतिय च्यानल DD National हेर्न पुगेछु | देखाइरहेको थियो भारतिय लोकसभाको प्रतक्ष्य प्रसारण | मलाई भारतको सभासदको ठ्याक्कै संख्या त थाहा भएन, सार्है झ्याउँ झ्याउँ थियो वातावरण | तर उचित लागेको केहि अनुभव लेख्दैछु | कुनै सभासदले आफुलाई सोध्न मन लागेको कुरा उठेर सोधिने रहेछ, जहाँ बसेका छन् त्यहिँ बाट | प्रश्न सोधिने रहेछ सभामुखलाई, तर सभामुखको इजाजतले सम्बन्धित मन्त्रि वा जो सुकै पात्रले उनकै स्थान बाट सो प्रश्नको सम्बोधन गर्ने रहेछन | यो तरिका मलाई खुबै मन पर्यो, हाम्रो सभा भवनमा उठेर ड्यास सम्म पुग्ने समयको बचत हुने र साथै जिम्मेवार व्यक्तिले तुरुन्तै सोहि समयमा सो प्रश्नको उत्तर दिने नियम सार्है राम्रो लाग्यो, यसले सोझै प्रश्नको सम्बोधन हुने र कुनैपनि घटनाक्रमको जानकारी हुबहु कारण समेत जान्न पाउने सबै सभासद एवम् संचार मध्यम मार्फत हेर्ने जनता सबै सो को जानकार हुन पाउने भए | यो तरिका   नेपालमा पनि अवलम्बन गराउन सके समस्याको चुरोमा पुग्ने र सम्बन्धित निकाय सो को लागि जवाफदेही हुन अझ बढी मद्दत पुर्याउने थियो | अर्को प्रमुख कुरा भनेको, तेत्रा सभासदहरु रहेको सो सभामा सभाम