टिभीमा संसदसभा (नेपाल र भारत )


आज कता कताबाट हो भारतिय च्यानल DD National हेर्न पुगेछु | देखाइरहेको थियो भारतिय लोकसभाको प्रतक्ष्य प्रसारण | मलाई भारतको सभासदको ठ्याक्कै संख्या त थाहा भएन, सार्है झ्याउँ झ्याउँ थियो वातावरण | तर उचित लागेको केहि अनुभव लेख्दैछु | कुनै सभासदले आफुलाई सोध्न मन लागेको कुरा उठेर सोधिने रहेछ, जहाँ बसेका छन् त्यहिँ बाट | प्रश्न सोधिने रहेछ सभामुखलाई, तर सभामुखको इजाजतले सम्बन्धित मन्त्रि वा जो सुकै पात्रले उनकै स्थान बाट सो प्रश्नको सम्बोधन गर्ने रहेछन | यो तरिका मलाई खुबै मन पर्यो, हाम्रो सभा भवनमा उठेर ड्यास सम्म पुग्ने समयको बचत हुने र साथै जिम्मेवार व्यक्तिले तुरुन्तै सोहि समयमा सो प्रश्नको उत्तर दिने नियम सार्है राम्रो लाग्यो, यसले सोझै प्रश्नको सम्बोधन हुने र कुनैपनि घटनाक्रमको जानकारी हुबहु कारण समेत जान्न पाउने सबै सभासद एवम् संचार मध्यम मार्फत हेर्ने जनता सबै सो को जानकार हुन पाउने भए | यो तरिका  नेपालमा पनि अवलम्बन गराउन सके समस्याको चुरोमा पुग्ने र सम्बन्धित निकाय सो को लागि जवाफदेही हुन अझ बढी मद्दत पुर्याउने थियो |

अर्को प्रमुख कुरा भनेको, तेत्रा सभासदहरु रहेको सो सभामा सभामुख महिला थिइन, हरेक बिषयमा उत्तिकै निपुण र होहल्ला भएको त्यस्तो माहोललाई पनि तुरुन्तै साम्य बनाउन सक्ने उनको प्रतिभा देखेर संधै झोक्राएर बसिरहेका झैँ देखिने सुभाष नेम्वांङको अनुहार झल्झली आँखामा आयो | यी दुइ कुरा भन्दा मलाई अझै बढी रोचक लागेको कुरा भनेको चाहिँ हरेक सभासद उस्तै जानकार र विद्वान झैँ लाग्यो मलाई | सभामा भोटिङ हुँदा संधैजसो एकचौथाई भोट त रद्द नै हुने हाम्रो देशमा अनेकौं अनावश्यक कुराहरुले स्थान पाएर संसद घेराउ हुने सम्मका कार्यहरु सामान्य हुने गरेकोमा भारतिय सभासदहरु कि त उनीहरुकै राष्ट्र भाषा हिन्दीमा सम्वाद गर्दैथिए भने, सो बहेकको भाषा भनेको अन्तराष्ट्रिय भाषा अंग्रेजी नै थियो | नेपालभन्दा २२ गुणा ठुलो राज्य भारतमा पक्कै पनि नेपालमा भन्दा धेरै भाषा बोलिन्छन होला, बर्षौंनि नेपालको संसदसभामा भाषाकै कारणले हुने विवाद मैले टिभीमा देखिन, झगडै गर्न चाहे त उनीहरु पनि त अंग्रेजी भाषा बोल्नेको बिरुद्दमा बोलिरहेका हुनुपर्ने झैँ पनि लाग्यो मलाई | तर भाषा त्यहाँ महत्वपूर्ण थिएन, बिषयको जटिलता र आर्थिक उन्नति गर्ने अनेक उपायहरुको छलफल हुँदैथियो | 

नेपाली भएर गर्व गर्दै भारतियहरुको संधै बिरोधमा मात्रै उत्रिने हाम्रो नेपाली मानसिकताले सो सभामै भएको स्थिति मात्रैको पनि पुनरावृत्ति गर्न सके, कम्तिमा सभासद/मन्त्रिहरु जनताहरु प्रति अझ बढी जिम्मेवार हुन्थे झैँ लाग्यो र यो ब्लग लेखि पोस्ट पनि गरिदिएँ | यतिबेला ठ्याक्कै भारतिय संसदको सभापनि सकिएर बिज्ञापन सुरु हुन थाल्यो | 

आ, नेपाली पारा नै राम्रो छ भनेर यो पढीसक्ने तपाईले मलाई गालि गर्नु भयो होला है, भो-नकुरागरम भारतीय संसदको | हाम्रै सभालाई सुधार्ने पटि सोचौँ सबैले |  

Comments

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

यस्तो हुनुपर्छ बिद्यालय भवन

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development