केहि पालुंङ्टार बैठकबाट

झननननन रिश मलाई मात्रै उठ्या होला कि सबैलाई उस्तै हो ? तर मलाई चाहिँ कदापी मन परेकै छैन भनेको... तिनले गर्ने बोलीब्यबहार एकथरी, कुरा गराई अर्को थरि ...उटपट्याङ काम गराई त मानौँ कि तिनको दैनिकी नै भैसक्यो | अरु सबै भालेमुन्ग्रा पार्टीका पारा देखिसकेसी हामी सोझा नेपालीले नतमस्तक भएर तिनको बाटो कुर्नु बाहेक अरु कुनै बिकल्प थिएन र त्यसै अनुरुप हामी नि जसो जसो पण्डित जी उसै उसै स्वाहा गर्दै गयौं, तर हरेक कुराको एउटा लिमिट हुन्छ भन्छन नि, उनीहरु त कहिल्यै पछि परेनन आफ्ना अभद्र, अनुशासनहिन, जङ्गली ब्यबहार दर्शाउन | सत्तामा पुगेको बेलामा टिक्न सकेनन, जब सत्ता छोडे... फेरी त्यै सत्ताको लागि मरीमेटे | पहिले अरु बसेको देख्ने सकेनन, सरकार बनेकै भोलिपल्टदेखि कठपुतली, कल्पब्रिक्ष र बिषब्रिक्षको जुहारी चल्यो... के के भो के के कुरो गरिसाद्धे छ र भन्या ?? दण्डहिनता देशमा व्याप्त भा'को त सबैभन्दा फाइदा त उनैलाई भयो भन्दा अत्युक्ति नहोला | फेरी चुनाब नि अलि अलि भो र भन्या ? रेकर्ड नै कायम गर्ला झैँ !! एउटा प्रधानमन्त्री छान्न नि कति को नौटंकी हो भन्ने त कुरो किन कोट्ट्याईर'नु र ? फेरी बजेटको त कुरा आउनै नहुने, अघिल्लो बर्ष नि बिजोग गरि गरि बल्लबल्ल ल्या'थे बजेट यो पाली त झन सुटकेश फुटाउने देखि लिएर के के भो के के | अब त रिश पनि अलेली उठ्या छ र भन्या ?? भो-नकुरोगरम !!

यसै सन्दर्भमा फेसबुकमा लेखिएका केहि सान्दर्भिक स्ट्याटसहरु !!

१) बुर्लुक्क उफ्र्यो, जमिन नै भास्सिन्छ
आकाशमा थुक्यो, मुखभरी टासिन्छ
बोलि छ एउटा, ब्यबहार उट्पट्याङ
बस्याछन् बैठकमा, बिउ समेत मासिन्छ !!! -हेर्दै जानुस बिउ समेत मासिन्छ !!!

२) युद्द गरिरंथे र भोट हालेर जितायौं, अब त युद्दका कुरा छोड्छन कि भन्ठान्या त तिनका प्वाँख पलाएछ क्यारे अब त भारत सँग नै पो जोरी खोज्न हिड्याछन् ... ए दैब !! यिनका बुद्धी !! आफु सक्षम हुनु कहाँ हो कहाँ पहिल्यै दुश्मन खोज्दै पो हिड्या'छन् !!

३) अब उता'को कार्यकर्तालाई नि हाम्ले नै त हो नि प्रशिक्षण दे'को, उताको लाई नि मिलाइन्छ अनि भारतिय बिस्तारबाद बिरुद्द लडाइँ लडिन्छ, हुन नि नेपालको त कुना काप्चामा भा'जति सबै संरचना ध्वस्त पारिहालियो ... #अब करो कुच बढाका इराधा

४) राजनीतिको कुरा नगर यहाँ,
यो गाडी हो देश होइन ।

झूटो बोल्ने बानी छैन
म खलासी हुँ प्रचण्ड होइन ।

५) बिहान अबेरसम्म सुतेको त मैले प्रचण्डले पालुङटाराँ बन्द सत्राँ गर्ने भाषण पो देखें है सपनाँ -http://goo.gl/9ssjs

६) पालुङ्टारको गोरुले सन्सदको बिउ खायो । अध्यादेश बजेट ल्याउँदा माउबादी जिल खायो...via Pawan Acharya

७) बजेट भाषन गर्दा, ब्रिफकेस मा मन्त्री ले पैसो बोकेर ल्याम्छन् भन्ने सुनेर, ब्रिफकेस लुट्या त, केही नबुझिने कागजपत्र मात्र पो रै'छ ! बजेट भाषन मा पनि, कागज मात्र बोकेर ल्याभे'र बजाइदेम् हाम्ले त !! उता पालुङटार ला'न पैसो चाहिराथ्यो !!

८) बेक्काराँ क्यान्टनमेन्टका लडाँकुलाई सडकमा उतारेर किन UN को तारो बन्नु ?? त्यति काम त उना'रुका सभासदले नै गर्दिने रैछन नि !! #बजेटनाटक२०६७

९) धन्य माउवादी सभासदहरु छन् र हिन्दी फिलिमको फाइट हेर्न पर्या छैन। उहिले गाउँमा माओवादीले कसरी पिट्थे भनेर देख्न पाइयाथेनर माओवादीहर्लाई खुब धेरै भोट देर संविधानसभाँ पठाको नि काम लाओ। मन्त्रीहरु सुरेन्द्र पाण्डे र प्रकाशशरण महतलाई कुटेर लाइभ फाइट देखाए... -Dipak Bhattarai

१०) कत्ति तिनको मात्रै कुरो गर्नु ?? भो-नकुरोगरम !!

Comments

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required