- Get link
- X
- Other Apps
सशंकित संरक्षणकर्मी
नेपाल सरकारले तदारुकताका साथ निर्माण गर्दै गरेको १ , ७९२ किमि लम्बाइको हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक विभागको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत विभिन्न आयोजना कार्यालयले सडक निर्माण गर्दैछन्। यहाँ चर्चा गर्न लागिएको विषय भने नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने कर्णाली गेरुवा खोलामा निर्मित हालसम्मको लामो कोठियाघाट पुलदेखि पूर्वको झन्डै २.५ किमि वन क्षेत्रको हो जुन खाता जैविक मार्ग हो र जसको प्रयोग बाघ , गैँडा , जंगली हात्तीबाहेक अन्य २३ प्रजातिका वन्यजन्तुले प्रयोग गर्ने गरेको वैज्ञानिक अध्ययनहरूबाट पुष्टि भइसकेको छ। खाता जैविक मार्ग घाँसे मैदान र नदी तटसमेत गरी झन्डै ८ हजार ४ सय हेक्टर वनक्षेत्रको समायोजन हो जुन झन्डै १३ किमि लम्बाइ र १ देखि ६ किमिसम्म चौडाइमा छ। यस जैविक मार्गको झन्डै २.५ किमि लम्बाइ छिचोल्दै हुलाकी राजमार्ग अगाडि बढ्छ जसका कारण संरक्षणकर्मीहरू सशंकित छन्। र , हाल निर्माणाधीन सो सडकखण्डको दिगो व्यवस्थापनका निम्ति निरन्तर अन्तरक्रिया र गोष्ठीमा जुटिरहेका छन्। २०७५ फागुन १० गते बर्दिया सम्वाद समूहले बर्दियाका सबै ...
Comments
Post a Comment