Saturday, July 27, 2013

सलाम तिल बहादुर !

मानिसका चाहना कति असिमित हुन्छन | अझ एक बच्चाको चाहना त् झन् कति धेरै पो हुन्छ होला | आज मैले त्यस्तो एकजना मान्छे भेटें, जसको बर्णन खै कसरि पो गर्न सकुँला र | उनको पनि चाहना असिमित थिए होलान बालखकालमा | तर अहिले अधबैंशे भैसक्दा उनको इच्छा, आकांक्षा र चाहनाहरु घटेका छैनन्, अझ बरु बढेर गएका छन् | यो कहानी ४० बर्षिय शारीरिक रुपमा अशक्त एक महामानव तिल बहादुर कार्कीको हो |

धेरै अघि आफ्नै गाउँबाट आमा सहित लखेटिनु अघि कार्कीजी लाई फगत आफ्नै साथीहरुसँग गाउँमा खेल्ने इच्छा थियो होला | आमालाइ अपाङ्ग बच्चा जन्माइस भनेर गाउँलेले अलच्छिनी आइमाई भनि गाउँबाट निकालिएपछि उनको चाहना हातमुख जोर्ने र राम्रो जीवन जिउने तिर सोझियो होला | गाउँबाट निकालिएपछि उनी काठमाडौं ल्याइए, जहाँ अनेक हण्डर खाई अन्त्यमा पाशुपति क्षेत्र वरिपरि माग्नेको रुपमा रहनु पर्यो | हामीलाई लाग्ला जीवन जिउनैका निम्ति दुइ हात फैलाउनु पर्ने एक अपाङ्ग बालकले खै के नै पो गर्न सक्ला र? तर जब मनमा इरादा मजबुत हुन्छ तब सफलता अवश्य पाइन्छ | उनी दिनभरि पाशुपत क्षेत्र वरिपरी पैसा माग्थे र साँझमा जम्मा भएको पैसा मृगस्थली जङ्गलमा खाल्डो खनेर पुर्ने गर्थे | समय चक्र हो चली नै रहन्छ | माग्दा माग्दै २० बर्ष बितेछ र उनको मनमा डेरा जमाई राखेको आर्को एउटा इच्छाको साच्चै जन्म भएछ | त्यो थियो जसरि आफु बेसहारा भएर मागेर जीवन बिताउन पर्यो त्यसरि अरु कुनै बालकको भविष्य त्यस्तै अप्ठ्यारोमा नपरोस |



तिल बहादुर कार्की 


२० बर्ष सम्म जम्मा गरेको पैसा प्रहरीको सहयोगमा खनिहेर्दा ५ लाख रुपैयाँ जम्मा भएको रहेछ रे | उनी भन्छन, “पैसा त अझै धेरै नै जम्मा गरेथें, तर नोट जति सप्पै कुहिएर माटोमै मिलेछन” | त्यो जम्मा भएको सुका मोहोर र रूप्पे पैसा साट्न उनले अर्को ठुलो संघर्ष गर्नुपरेछ | जम्मा भएको पैसाले उनले आफूजस्तै नियतिले ठगिएका बालबालिकाहरुको भविष्य सपार्ने सपना देखेछन र आफुले देखेका जानेका बच्चाहरुको लालनपालन गर्न थालेछन् |

चिसो छिडीको बास र बर्षौं सम्म लगभग भोकै र मिठा परिकारहरुको कल्पना मै सिमित रहेको तितो यथार्थले उनलाई यति मजबुत बनाइदिएछ कि उनी अहिले पनि दिनमा एकछाक मात्रै खाना खाने रहेछन | हरेक दिन आफुले चिनेजानेका ठाउँमा उनी बालबालिकाहरुको लागि खाद्यान्न माग्न जाने रहेछन | सहयोग गर्ने अरु कुनै सहयोगी नहुँदा उनी लगभग एक्लैले देशैभरि बाट जम्मा भएका जम्मा ३८ जना बालबालिकाहरु पालेका रहेछन | ६ बर्ष अघि सो बालबालिकाहरु पाल्न भनि एउटा संस्था “संयुक्त अपाङ्ग एकता आवाज केन्द्र” दर्ता गराएका रहेछन | सोहि सँस्था अहिले उनले चपली गाविसमा रहेको एक घर मासिक रु १२००० भाडामा लिएर चलाएका रहेछन |

हरेक दिन राशनमा प्रयोग हुने खाद्यान्नको लिष्ट नै बनाएर टाँसेका छन् उनले भित्तामा | सहयोग गर्न जाने जो कोहिले बच्चाहरुको नाममा दिने चकलेट देखि खाद्यान्न, स्कुल फि जेसुकैको पनि रेकर्ड टिपेर राख्ने गर्छन | बच्चाहरु सार्है अनुशासित छन् र पढ्नमा पनि सबै उस्तै तेजिला छन् | सायद अचेलका शहरिया बच्चाहरु धेरै सुखसुविधा पाएर मात्तिएका हुन | हुनपनि जो अभावमा बाच्छन, उनैलाई धेरै महत्व हुन्छ हरेक कुराको | तिल बहादुर जी ले सुनाए, बिद्यार्थीहरु हुन, स्कुलमा धेरै पैसा तिर्न बाँकी हुँदा पनि सहेकै छन | तर बिद्यार्थीहरु लाई पढ्न न पुस्तक छ, न लेख्न कापी | खुवाउन त मागेरै पनि जसो तसो पुर्याएको छु, जब स्कुलमा फी तिर्ने समय आउँछ तब निन्द्रै पर्दैन | उनको समस्या यतिमै सिमित भने छैन | बर्षको २ महिने उनको शरीर कुँजो हुन्छ, दिशा पिसाब नै एकै ठाउँमा हुने गरेर उनैलाई अरुको शाहारा चाहिन्छ र पनि उनको इराधा मजबुत छ | उनलाई जे जसो सकिन्छ सहयोग गर्न भनि @tfcNepal ले आउँदो  भदौ २६ मा एउटा कार्यक्रम राखेको छ |

 होस्टेमा हैंसे गर्न र उनलाई हौशला बढाउन आउने हैन तपाइँ पनि ?



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More