Posts

Showing posts from May, 2010

सामन्ती सोच

म त हुँला राजी तिम्लाई जिन्दगीभर खुशी दिन, हुन्छौ तिमि पनि राजी, जिन्दगिभर मेरो लुगा धुन ??? चिल्लो घस्नी हरेक बेल्का, खुट्टा मिच्न पनि पर्छ सबै धन्दा भ्याईकन, सक्छौ तिमि जाग्राम बस्न??? बिहानै उठ्नु चारै बजे, लिपपोत सखारै गर्नु पर्छ आमाको त ढाड दुख्छ, तिम्ले पर्छ पानी भर्न चिया ल्याउनु छ नै बजे, अलि सेला मन पर्छ बाज्न पाउने छैनौ कहिले, सक्छौ तिमि यो सब गर्न ?? पाहुना हुन्छन चाड पर्बमा, माइत जान्छु भन्लेउ फेरी पाउन्नौ जान कतै पनि, छैन अरु यो सब गर्न भकारो नि सोर्नु पर्छ, गोडमेल सबै गर्नु पर्छ भाई -बहेनाको जाँच आउछ, भ्याउन्नन उनले केहि गर्न नदुख्या टाउको पहिल्यै तिम्ले, पाउन्नौ कहिले दुख्यो भन्न जान्या छौँ नि हाम्ले पनि, दुख्या नदुख्या पत्तो गर्न सबै कुरो तिम्ले गर्न छौ है राजी भए भन चाहिन्न दाइजो अरु केहि, दुइ हल गोरु बेच्या धन !!! एउटा बिहे भै'राथ्यो गाउँमा डुल्दा, अलि बुढा थिए बेहुला (पहिलो बिहे त पक्कै हैन), बेहुली चाही १६/१७ ... मलाई लागिराथ्यो करकापमा गरिएको थियो त्यो बिहे ( ऋण मिनाहा गरिदिने वा अन्य केहि) ,मानौं उनलाई श्रीमती हैन नोकरको आवस्यकता थियो| अ

बे थि ती

मनका कुरा आज किन सबै खन्याउदैछु नचिला ठाउँमा मैले किन व्यर्थै कन्याउदैछु !! पा'कोले नछोड्ने, न'पाकोले मरिमेट्ने देशको व्यथा व्यर्थै ओकल्दैछु ! ज्यानै गए छोड्ने हैन, कल्प हुँ बृक्ष्य विष म हैन यस्तै वाहियात म आज किन व्यर्थै बोल्दैछु !! सदन त उहिले त'ताकै हो नि,अहिले त सडक तताउदैछु न छोडे उनले, देशैलाई मैले बन्दि अब बनाउदै छु ! बम्किन्छु कै'ले, सुर्किन्छु कै'ले, देशैलाई जोकर बनाउदै छु टेरेनन कसैले झुक्दिन्छु फेरी, आफ्नै औकात घटाउदै छु !! तिमि त हुतिहारा, के पो सक्छौ गर्न, तिम्रा करंग अहिलेलाई गन्दैछु माने मान्नु, नमाने के भो, सडकबाटै देशको संबिधान बनाउदै छु !!!

जीवन

हसिलो मुहार, मुटुभरि व्यथा, हास्नै नमिल्ने ! सुकेको आँत, गहभरि आँशु, पिउनै नमिल्ने !! उजाड जीवन, मनभरि मोह, जिउनै नमिल्ने !!! सर्लक्क यौवन, लाजालु त्यो मन, छुट्टिनै नमिल्ने ! खिस्रिक्क मुहार, ज्वलन्त त्यो तन, मिसिनै नमिल्ने !! ढल्केको जोबन, खिन्न त्यो मन, जोडिनै नमिल्ने !!! दृढ अठोट,मुर्झाइलो पीडा, फर्किनै नमिल्ने ! ज्वलन्त कान्ती, स्वतन्त्र विचार, छेक्ननै नमिल्ने !! जीतको उन्माद, हारको पीडा, छुपाउनै नमिल्ने !!! निरन्तर आशा, अन्त्य त्यो निश्चित, रोकिनै नमिल्ने ! दुनियाँको साथ, मुटुभरि मायाँ, अल्झिनै नमिल्ने !! एकफेर सक्यो, सकियो सबै, ब्युताउनै नमिल्ने !!! इति रोज २०६७ ज्येष्ठ १० रोज २ शुभम् |

लामखुट्टे

चलिरन्छ लुकामारी मेरो उनको सुत्ने बेला भेटिन्न है खोज्दा खेरि, आइहाल्छे त्यो सुत्ने बेला || कानमै आइ गुन्जाइदिन्छिन, धुन उनको कोल्टे फेर्छु सुत्न खोज्छु, म्याट बाल्छु सुत्ने बेला || जीवन चल्ने उसको उसै, हामीले पो के के खान्छौं रगत नभई नअघाउने, कन्याउँ कति सुत्ने बेला || टोके मात्र केहि नि हुन्न, नाचिलाउनु बिन्ति मेरो टोके पछी रिस बढ्छ, तात्छ कन्सिर्नी सुत्ने बेला || कति छोटो हुन्छ रात, मस्त संग घुर्न पाए डस्न थाल्छे उसले फेरी, झाप्पड बहार सुत्ने बेला || २०६७/०२/०७ बिहान, अघिल्लो रातको भोगाई

देश जलेको बेला

फुर्दैन रचना अचेल, मुटु पोलेको छ | रचिन्न साहित्य अचेल, देशै जलेको छ || देखिन्न परेवा उडेको, बुद्ध रोएको छ | फुल्दैन सुनाखरी, डडेलो लागेको छ || छैन शान्ति कतै, आक्रोश बढेको छ | क्ष्यम्म छैन सजाएँ, उत्तेजना चुले'को छ || बिक्षिप्त छ मुटु, दनदनी बलेको छ | बिभत्स कस्तो, शरिर ढलेको छ || शितल छैन केहि, भत्भती पोलेको छ | अभाब- अशान्त मात्रै, देश रोएको छ ||