Posts

Showing posts from June, 2012

यात्रा अनुभव ?

Image
आज जुन २०, २०१२ | शेफिल्ड बाट लण्डन जाने टिकट लगभग २ महिना अघि नै काटेको हुँदोहु | कत्ति ब्यबस्थित छ बिदेशी जीवनशैली | मानिसहरु यात्रा गर्न २ महिना त के, १ बर्षअघि देखि नै सुरु गर्छन | यहाँ त भन्छन, क्रिसमस सक्किएको भोलिपल्ट देखि नै आर्को क्रिसमसको योजना बुन्न थाल्छन मानिसहरु | जे गर्छन दिल लगाएर गर्छन, त्यसैले नै हो जस्तो लाग्छ यिनीहरुले फड्को मारेका | आफ्नो त बानी नै यति खराब छ कि भोलि के गर्छु भन्ने नि आजसम्म थाहा हुँदैन, अझ कहिले काहिँ त दिनको दुइचार चोटी नै मुड फेरिन्छ र खै के के पो गरिरन्छु ... जस्तो कि आजै भनम न, यात्रा गर्दैछु, त्यसै बस्नै मन लागेन र ब्यागबाट ल्यापटप झिकेर यी यो डायरी लेख्दैछु | सुरुमा त 'Wifi available on this train ' लेखेको देखेर net चलाउने सुरले कम्प्युटर निकालें, पछि पो थाहा पाएँ पैसा तिर्नुपर्ने रैछ internet सुबिधा लिन त | अनि फेरी मुड चेन्ज... र ब्लग पो लेख्न थालेँ | आफुलाई मुड चेन्ज हुन कैलाश चिया पिइरहनै पर्दैन | :) पौने बार्हको ट्रेन थियो, उही त हो, जैले अघि पुगेर कुर्ने बानी नै लागेको छ आफ्नो त | समयलाई बढि नै महत्व दिन्छु म | कहिँ कतै ढिलो