Posts

Showing posts from May, 2011

हाम्रा नेता चोर हुन #HNCH

उनीहरुलाई हामीले संधै काखी च्यापि रह्यौं | ४६ सालमा काखी च्याप्यौं, उनीहरुलाई नै माथि पुर्यायौं, जनता जहाँ को त्यहीँ | ६२/६३ मा काखी च्याप्यौं, राजतन्त्र फाल्यौं, बिडम्बना ~ एउटा राजा सति गयो, केहि समय मख्ख पर्यौं, खुशी धेरै समय टिक्नै पाएन, यिनीहरुको चर्तिकला देख्दा त एउटा राजालाई बिदा गराएर सयौं राजा पो जन्माएछौँ हामीले | बोलिका ठेगान नभएका राजा, राजसी ढांचा देखाउने राजा, मान्छे पिट्दै हिड्ने राजा, धन-धान्यले भरिपूर्ण भएका राजा, जनतालाई नै चुसी जनताकै अगाडी डकार्दै हिड्ने महान राजा, सरकारी प्राडो-पजेरोहरु आफ्नै सम्पति झैँ मानि क्वाप्लाक्कै निल्ने राजा, सत्ताकै लुछाचुंडी गरिरहने राजा, जनताको लागि भन्दै सत्तामै रहेर पनि बारम्बार नेपाल बन्द जस्तो घोर पाप गरिरहने राजा | गल्ति हामीले गरिसक्यौँ अब सुधार्ने मौका आएको छ, अहिले पनि जागेनौं र सुधार्नपट्टि लागेनौं भने अब कहिल्यै केहि हुनेवाला छैन | त्यै बीर गोर्खालीका सन्तान भन्दै शिर ठाडो गरेर हिड्ने दिन गए ….. नेताहरुले जति मुर्ख बनाउँदा पनि सहेर बस्ने लाछी नेपाली भनेर सबैले भन्दा हामीले चाल पाउनेछौँ, साच्चै हामी को हौँ, के रहेछौं भनेर | अस्

बधाई छ महिला सभासद !

नेपाली पृष्ठभुमिको बिधमान यस पितृ सत्तात्मक समाजमा महिलाहरु उपेक्षित भै बाच्नु परिरहेको अवस्थामा हिजो महिला सभासदहरुको सक्रियतामा मन्त्रालय बांडफाडमा पनि ३३ प्रतिशत आरक्षणको माग गर्दै संसद भवन रोष्ट्रम घेराउ भयो | तर मैले त महिला हकमा उर्जाशुन्य भनिएको यस समयमा, नेपाली महिला सभासदहरुले ३३ मात्रै को त के कुरो, ५० भन्दा पनि बढी, झण्डै ७० प्रतिशत सफल सहभागिता गरि अहिले सम्मका सबै रेकर्ड तोड्न सफल भएका छन् भन्ने पो बुझेको छु | यसका लागि सम्पूर्ण महिला सभासदहरु, अझ भनौँ उर्जाशील केहि महिला सभासद हार्दिक बधाईका पात्र भएका छन | जसरि गरे पनि जे जे गरे पनि ३३ प्रतिशत आरक्षित आफ्नो कोटालाई अत्याधिक रुपमा बढोत्तरी गर्न सके, शिर्षक मात्रैले उत्ति महत्व नराख्ने रहेछ, तर यो उल्लेखनीय सहभागिता भने अकर्मण्यता एवं दण्डहिनताको जगमा रहि आफ्ना उच्श्रृंखल गतिबिधिहरु अघि बढाउनका लागि उनीहरुले प्रस्तुत गरेका हुन | तल्ला लेभलका ब्युरोक्र्याट्स देखि उपल्ला कर्मचारी, सिडियो आदिलाई दुर्ब्यबहार गर्दाबाट सुरु भएको यो कहानीले सम्बिधान निर्माणको यो तीन बर्षे अवधि पार गर्न लाग्दा रातो पासपोर्टको बिक्रि/दुरुपयोग ,

यस्तो कुरो नि के गर्नु र खै ... भो-नकुरागरम !

आज मैले बराक ओबामाले सेतो घरमा आफुले आयोजना गरेको एक रात्रि भोजमा सम्बोधन गरेको भिडियो हेरेँ | सार्है मज्जाका रैछन बुढा, के बोले त बुझिंन तर उनले भन्या कुरा सुनेर पेट मिची मिची हाँस्याथे त्यहाँ उपस्थित सहभागीहरु, म पनि सँगसँगै हाँस्या झैँ गर्दै बसें | पक्कैपनि ओबामाको यो एउटा नीति हुनुपर्छ, पहिले सबैलाई हँसाएर टन्न बनाउने अनि खाना कम खान्छन,र सेतो घरको ढुकुटी बच्छ भनेर | हेर्दा कलिलै लाग्छन ती ओबामा मलाई, तर सारा बिश्वले मानेका देखेर कस्तो आश पलाउँछ कैले काहिँ त, काश यस्तै कोहि नेता हुन्थे हाम्रो देशमा पनि, जो आफ्ना देशका जनता र कर्मचारीहरुलाई हौशला बढाउने त्यस्तै अनेकौ उपाय लगाउँथे अनि देशलाई सुदृढ एवं सम्मुन्नत बनाउँथे | तर ठिक उल्टो छ हौ हाम्रो देशमा त, कार्यकर्ता उचाल्न फोस्रा र आडम्बर युक्त कुरा गर्छन नेताहरु केवल सत्ताप्राप्तिकै उद्देश्यले प्रेरित भएर, अनि संयोगवश मानौ कि यदि सत्ता प्राप्त भैहाल्यो भने आफैले बोलेका प्रतिबद्दता आफ्नै कार्यकर्ता सामु त पुरा गर्न सक्दैनन, समग्र देशवाशीलाई सम्बोधन गर्ने र बिकाशमुखी अवधारणा ल्याउने भनेको त सतप्रतिशत असम्भब कुरो | यसैको पृष्ठभ