Posts

Showing posts from April, 2012

अखण्ड मुलुकको पक्षमा

Image
देशैभरि सम्बिधान बन्ने नबन्ने दुबिधाका बिचमा अल्मलिएको प्रमुख कारण 'संघियता'का बारेमा अत्ति भएर केहि नलेखिरहनै सकिन | संघियताको खास अर्थ सोध्न मन छ मलाई त, मौका मिले लाइन लगाएर सबै नयाँ पुराना नेतालाई सोध्ने थिएँ | देशलाई उ बेलै देखी ५ विकास क्षेत्रमा छुट्टयाएको देशका हरेक भूभाग एकै राज्यप्रणालीबाट संचालन गर्न सम्भब छैन भनेर नै त बिभाजन गरेको कुरा किन भुलेका होलान नेताहरुले ? अनि फेरी ५ विकास क्षेत्रमा बिभाजित भए पछि नै पो के नै विकास अनुभव गर्न पाए र कुना कन्दराका नेपालीले ? यहाँ बुझ्न के जरुरि छ भने ५ भागमा बिभाजन कागजमा त गरियो, नक्सामा गरियो तर व्यवहारमा गरिएन | राजधानीमा केन्द्रित सुख सुबिधा राजधानीमै सिमित भयो र दुर दराजका जनता अन्धकारमै थन्किए | थमिसक्नु भएन अनि देशैभरि बाट जनता काठमान्डौमा थुप्रिन आए, अनि न काठमान्डौ ~ राजधानी जस्तो रह्यो न अरु ठाउँको केहि जीवनस्तर सुध्रियो | अझ १०~१२ जे जे भने पनि लम्बिएर १६ बर्ष पुगिसकेको यो माओबादी आन्दोलनले गर्दा त देशको विकास त परको कुरा विनाश नै रोक्न नि कोहि सफल भएनन | त्यसैले त देश झन झन ठुलो भड्खालोमा जाँकिदैछ दिन पछि दिनदिनै