Posts

Showing posts from October, 2011

मिडिया हाउगुजी

अकर्मंण्ड्यताका पृष्ठपोषक जो सुकै हुँन (कराउँदा कराउँदा थाकिसकेँ) अब देशमा मलाई कसैप्रति गुनासो छ भने, नेपाली मिडिया प्रति छ | चल्तीका नायक राजेश हमालको ख्याती नेपालमा जति छ ~ सायदै अरु कसैको त्यति छ | उनका निकटतम ख्यातीवाला नामधारी भनेका कि त बकम्फुसे राजनीतिग्य हुन हैन भने सेता तिघ्रा देखाएर फिल्मका गानाबजानामा नाच्ने उनकै समकक्षीहरु हुन | देशका लागि अनवरत लागिरहने, अनेकौँ बाधाहरुका शिकार र साच्चै देशकै लागि भनेर जिन्दगी नै सुम्पने महान व्यक्तित्वहरुको गुणगान भने कि त बिश्वस्तरबाट  उनीहरुले गरेका महान योगदानहरुका लागि सम्मानित हुन्छन, र त्यसो भएन भने उनीहरुको प्रशंसा र योगदान भनेकै उनीहरुले प्राणत्याग गरेको दिन हुन्छ |  बास्तवमा कति पक्षपाती छ नेपाली मिडिया, यसको सानो उदाहरण भनेको बारम्बार दोहोरिरहने नेपाली चल्तीका नायक राजेश हमालका अगाडी जोडिने विशेषण "महानायक" ले नै बोध गराउछ | उनले फिल्मलाइनमा काम गरेर ख्याती र दाम कमाउने बाहेक देशलाई भलो हुने काम गरेको देखेको भनेको साना नानीबाबुहरुलाई पोलियो थोपा खुवाऔं भन्ने बिज्ञापनमा काम गरेको हो जस्तो लाग्छ, यसकालागि पनि महानायकले