Posts

Showing posts from July, 2011

घुस दिऔं, रकम जोगाऔँ !!

सकेजति घुस दिनुहोस, भलाई नै यसैमा छ | अब जन्मिने बेलामै यसो घुससुश दे'र अलि गज्जब देशतिर जन्माईदिन पहल गर्नुभा'भए पो अहिले पुर्पुरोमा हात लाउँदै बगली छाम्न पर्दैनथ्यो त नि | अब जुन सरकारी कार्यालय जानुहोस न, खल्ती भरेर जानोस, फर्किदा रित्तै | रित्तै जानुहोस, खर्च त हुन्न ~ तर सजिलै हुने कामलाई महिनौँ धाउनु पर्छ | नियति नै यस्तै छ नेपालको, कल्लाई भनेर कल्ले सुन्ने ? अनि सोझो गरेर नियममा बस्न खोज्नेहरुको हविगत त सबैले थाहा पाईहाल्नु नै भा'छ बङ्गलादेशमा कार्यरत नेपाली राजदुतको व्यथा | बरा राजदुतको कमाइ बाट राज्यलाई दायित्व बन्न आउने कर तिर्न खोज्दा झण्डै जागिरनै चट | बङ्गलादेशबाट नेपाल झिकाइएका छन् क्यारे उनलाई | सायद अलिकति यसो घुस दिएर आफ्नो कर राज्यलाई बुझाउने कोशिस गर्न उनि चुके, नत्र त उनको चेक उनैलाई किन फिर्ता पठाइन्थ्यो होला त नि ?  अब कुरा गरौँ न आफैले भोगेको | एकपल्ट घुस दिन नखोजेर म ठुलै ठाउँमा फस्याछु | कुरा ६५ साल माघ महिनाको हो, केहि कारणबश कम्पनि रजिष्ट्रारको कार्यालयमा पुगेथें | आफुले लगेको एक फाइल हेरेपछी एक खरदार सापले सो को मुल्य रु १०,००० तोके | मैले त मौ