Posts

Showing posts with the label Artists

डिग्री माइला

Image
लगभग २ बर्षपछी आज बल्ल नाटक हेर्न जाने साइत जुर्यो | मलाई नाटक हेर्न औधी मनपर्छ, तर कैले के नमिल्ने कैले के | केहि साथी मिलेर अकस्मात बनेको 'डिग्री माइला' हेर्ने योजना सफल पार्न  कुदिहाल्यौ सिंहदरबार पुर्बगेट नजिकै रहेको मण्डला थियटर | थोरै पूर्वाधारका साथ नै भएपनि सुरु गरिएको थियटरले 'गुरुकुल'को न्यास्रो मेटाउन हरदम प्रयास गरेकोछ |  Banner : Degree Maila गाउँ गाउँ र  ठाउँ ठाउँको कहानी हो यो "डिग्री माइला" | हरेक गाउँमा एउटा न एउटा माइला जस्तो पात्र सर्बत्र हुन्छ | केहि पढेलेखेको र देश विदेश घुमेको र आफ्नो कहानी सुनाउन र गाउँलेलाई नयाँ कुरो बुझाउन संधै उद्दत | गाउँमा कति धेरै मिल्ती हुन्छ , तेती नै झगडा हुन्छ , फेरी मिल्छन | धेरै रमाइलो छ माइलाको गाउँ पनि | गाउँमा धेरै के नै हुन्छ र ? मेलापात र निर्माणमा लागिपर्छन र एकअर्काको गर्जो टार्छन अनि फुर्सदको समयमा तास खेल्दै अनि रक्सि खाएर होहल्ला गर्छन र आफ्नै किसिमले मनोरन्जन गर्छन | Degree Maila : Villagers Tribune गाउँमा उनीहरुले धेरै मेहेनत गरेर पहरा फोरेर मोटरबाटो बनाएका हुन्छन | गाउँल...