Posts

Showing posts from March, 2014

चारुमती : चित्रकथा

Image
चारुमती ; सम्राट अशोकाकि कान्छी छोरीको हो यो कहानी | थिएटर भिलेजका बिमल सुबेदीले निर्देशन गरेका यो नाटक आजभन्दा २३०० बर्ष अगाडीको बिषयबस्तुमा केन्द्रित नाटक हो | सम्राट अशोकाको चर्चा देश विदेशमा चल्नुको प्रमुख कारण थियो, उनी एक पराक्रमी राजा थिए | आफ्नो राज्य विस्तार गर्नका निम्ति छेउछाउका साना राज्यहरुलाई डराई, धम्काई र युद्धमा पराजित गरि आफ्नो बनाउँथे | एउटा युद्धमा ठुलो हताहती भएको, मारकाटको दृश्य देखेपछी एकाएक उनमा युद्ध त्याग्ने इच्छा हुन्छ र आफ्नो राजकाज छोरीहरुलाई सुम्पिएर नेपालको स्वयम्भु महाचैत्य बिहार भ्रमण गर्न सपरिवार, आफ्नी कान्छी छोरी चारुमतीलाई लिएर निस्कन्छन् | नेपालमा राजा थेंगो र उनको परिवारले सार्है नै मर्यादामा राखि उनीहरुलाई स्वागत गर्छन | राजा थेंगोका छोरा युवराज गिर्गोले चारुमतीलाई पहिलो नजर देखि नै मन पराउन थाल्छन | उता राजकुमारी चारुमती भने उनैको सुरक्षाको लागि खटाइएको दरबारिया सिपाही देवपाल प्रति समर्पित हुन्छिन | चारुमती सानै देखि एउटा सपनाको शिकार भएकी हुन्छिन | सपनामा उनलाई एउटा सिपाहीले धरपकड गरि कतै लैजाने गरेको देख्छिन | त्यो पक्ड़ाई चारुमतीलाई बिस