Posts

Showing posts from April, 2011

अलिकति @tfcnepal को बारेमा

#tfcnepal को पहिलो donation को लागि हामीलाई कुनै एक त्यस्तो संस्थाको आवश्यकता भएको थियो, जहाँ हामीले tweet counts बाट जम्मा भएको हाम्रो केहि रकमलाई उच्चतम रुपमा सदुपयोग गर्न सकियोस | सोहि क्रममा हामी पुग्यौँ, बसुन्धरा त्रियोग स्कुल नजिकै रहेको 'पवित्र सेवा समाज नेपाल' र भेट्यौँ दिक्षा चापागाईलाई जो अनवरत रुपमा समाज सेवामा लागेकी रहिछन | उनको जीवन साच्चै नै प्रेरणादायी रहेछ | उनले सो पवित्र सेवा समाज नेपालको स्थापना गरि समाजमा बेवारिश भएका बालबालिकाहरुलाई मातृत्व प्रदान गरेर उनिहरुको लालनपालन र शैक्षिक स्थितिको सुधार गर्न अनवरत रुपमा लागि रहेकी रहिछिन | कुराकानीको क्रममा उनले भनिन, मेरो पासपोर्टमा अमेरिकाको ५ वर्षे भिषा लागेको छ, तर मेरो आँखा बिहानीको मिर्मिरेमा खुलेदेखि निष्पट्ट अन्धकार भएर म न-निदाउन्जेल सम्म यिनकै भविष्य उज्वल पार्न, यिनलाई खुवाउन पियाउनकै निम्ति त्यसैको जोहो गर्दै रहेको हुन्छु, मलाई यिनका भविष्य उज्यालो बनाउने बाहेक अन्यकुनै पनि सपना छैन | उनले भनिन : यहाँ जम्मा २१ बाल बालिका र एक आशक्त वृद्धा गरि जम्मा २२ जना छौँ | यिनीहरुको लागि मेरो सम्पूर्ण जीवन समर्पित

आजको खुराक

राजेश : हेल्लो, हेल्लो मनिष ! अँ तँ काँ छस हँ ? मनिष : ए म अहिले यता क्यालिफोर्निया तिर आको छु यार ! राजेश : हँ ! के भन्छ ? नाजिस्कि न .... कता छस के गर्दै हो ? मनिष : लौ पत्याएन एल्ले ! ह्याँ क्यालिफोर्नियामा छु के, अण्डा पारिरा'छु ! राजेश : हा हा के भन्छ !! अनि अण्डा पार्न नि क्यालिफोर्निया पुग्नुपर्छ त ? मनिष : अँ हेर न ! मलाई त यति टाढा आउनु मन थे'न, उता नेपालमा पार्या अण्डा सानो सानो हुने, ग्राहक नै नपाइने ! राजेश : यता बिदेशां पार्या अण्डा भनेसी अलि बढी बजार पाइएला कि भनेर नि ! मनिष : अनि त्याँ पार्या अण्डा कस्तो भा'छ त अहिले ? राजेश : अण्डा पारिसक्या छैन, कनेर बस्याछु | एकछिनमा पर्ला कि त ! मनिष : अनि अचम्म चाहिँ फेरी त्याँ नि यो मोबाइल चाहिँ चल्ने रैछ त ? राजेश : अँ, यता हिड्ने बेलामा मैले नेपाल टेलिकमबाट International Roaming सुबिधा लिएर आको हो | मनिष : हँ त्याँ नि टेलिकम कै नेटवर्क हो र ? अलि बाहिर गएर कुरो गर न, अलि सुनिएन | :P अनि कैले फर्किन्छस त यता ? राजेश : यो पेज पढीसकेर फर्किन्छु | http://goo.gl/vq2uA