Posts

Showing posts from May, 2012

अन्धकार सुकुम्बाशी सपना

Image
काठमाण्डौमा थापाथली छेउका सुकुम्बाशी बस्ति हटाउने कार्य हालै सम्पन्न भएको छ, बिस्तारै अब यो प्रकृया अघि बढ्दै जानेछ र जतिपनि अबैध रुपमा विष्णुमती खोला किनारमा बनेका घर टहरा छन, सबै भत्काइनेछ र काठमाण्डौलाइ सुकुम्बासी रहित शहर बनाइनेछ | तर के साच्चै बन्ला त काठमाण्डौ सुकुम्बासी रहित शहर ? अनि सुकुम्बासीको बसोबास रहेकैले गर्दा बिस्तार गर्न नपाइएका सडकहरु अब निर्माण होलान त ? आशा गरौँ, चाडै आशा गरे अनुरुप नै सबैथोक हुँदै जाला |  तर मनमा लागेको एउटा प्रश्न भनेको चाहिँ सडक फराकिलो बनाउने भनेर सडक मिचेर बनाइएका घरहरु भत्काएर विस्तार गरिएका शहरका अन्य बाटाहरु अब चाहिँ बिस्तारित भए त ? कि उस्तै छन् अझै ? धुलाम्य सडकहरु | विकासका लागि हो विनाश पनि आवश्यक छ केहि अर्थमा, तर जहाँ विकासका नाममा बिनाश मात्रै हुन्छ, तब के अर्थ तेस्ता फुस्रा बिकासशिल आश्वासनको ?   सपना चकनाचुर भएपछि बिलौना बाहेक अरु के नै निस्किन्छ र गलाबाट ?  त्यो सानो नानी बोकेको त्यो बालकले कसरि हुर्काउला अफ्नो त्यो भाइ/बहिनि ? सुकुम्बशी बस्तिमा डोजर लाग्यो भनेर थपडी बजाउने काठमाण्डौका हातहरु केहि दिनपछि का