Posts

Showing posts from May, 2015

अफवाह र यथार्थ

भूकम्प एउटा प्राकृतिक प्रकृया भएकोले र हामी भूकम्पीय जोखिमले भरिपूर्ण देशमा रहेकाले भूकम्प देखि डराउने, तर्सिने, आत्तिएर भाग्ने भन्दा यसलाई अस्वयम्भाबी प्रकृया हो भनि जानि बुझि यसले गर्नसक्ने क्षति न्यूनीकरण गर्न यथेष्ठ पुर्वतयारि गर्नुपर्ने पाठ हामीले अब सिक्नुपर्छ | भन्ने गरिन्छ जुन चिजले हामीलाई मार्दैन, त्यसले हामीलाई अझै बलियो बनाउँछ | यसपालिको भूकम्पले हामीलाई अझै बढी बलियो, दृढ र साहसी बनाएको छ, बिपत्तिको यस घडीमा देखिएको भाइचाराले हामी भित्र अन्तर्निहित निस्वार्थ स्वयमसेवा प्रस्फुटित गरेको छ | समय समयमा बिज्ञहरुको कार्यदल तथा बिभिन्न रिपोर्टहरुले प्रस्तुत गरेका डरलाग्दा क्षतिका प्रक्षेपणहरुलाई हामीले विभिन्न कारणले वेवास्ता गर्न पुग्यौँ र अहिले यस्तो क्षति भोग्न बाध्य छौँ | तथापी हामी यस अर्थमा यो पालि भाग्यमानि हुन पुग्यौँ कि तेस्ता रिपोर्टहरुले पेश गरेका क्षतिको प्रक्षेपण भन्दा हाम्रो यथार्थ तथ्याङ्क निकै सानो देखिन्छ | भाग्यमानी यस अर्थमा पनि कि ठुलो भूकम्पपछी पनि सबैको सुझबुझ र धैर्यताले यथेष्ठ काम गर्न पाउँदा अत्यावश्यक आवश्यकताका सेवा सुविधाहरु (जस्तै विमानस्थल, अस्

ठुलो भूकम्पपछिको क्षति आँकलन

Image
'नेपालमा छिट्टै नै ठूलो भूकम्प जान सक्छ' भनेर अनेक अध्ययनहरुले गर्ने गरेको आँकलन गत बैशाख १२, २०७२ मा सहि साबित भयो | ठुला भूकम्पहरुको पुनरारिबृत्ति हुने समय नेपालको हकमा ७५-८० बर्षको रहेको छ, बिगतका ठुला भूकम्प र महा भूकम्पका इतिहाँसले यहि बताउँछ |  नभन्दै झन्डै ८१ बर्षपछी नेपालले विनाशकारी महाविपत्ती भोग्नु पर्यो र देशका अधिकाँश भूभाग प्रत्यक्ष र परोक्ष रुपमा पिडित बन्न पुग्यो | त्यसो त ई.स. २००४ मा यु.एन.डी.पी./बि.सी.आर.पी.ले संयुक्त रुपमा गरेको अध्ययनले नेपाललाई प्राकृतिक विपत्तिका दृष्टिकोणमा एघारौँ जोखिमयुक्त देश भनि घोषणा गरिसकिएकै थियो, त्यसै गरि बिश्व बैंकले इ.स. २००५ मा प्रकाशित गरेको रिपोर्टले काठमाण्डौलाई विश्वकै सबैभन्दा जोखिमयुक्त शहर भनेर तोकिसकेकै थियो | १० वर्षको यस पूर्वतयारिको घडीमा पनि हामीले आवश्यक तयारि गर्न सकेनौं भन्ने पुष्टि अहिले भएको छ | नेपालमा अनवरत रुपमा भूकम्प तथा यसको जोखिमको बारेमा बिगत २० वर्षदेखि अध्ययनरत संस्था "भूकम्प प्रविधि राष्ट्रिय समाज" (एनसेट) ले अनेकौँ रिपोर्टहरुमा प्रकासित गरेका भवन सुरक्षित बनाउने बिधिहरु, पूर्व तयार