Posts

Showing posts from March, 2012

बाबुराम फेहरिस्त

जानकारी : यो लेख चैत्र ७ गतेको कान्तिपुरमा सरोजराज अधिकारीले लेख्नु भएको लेख हो | सबैले धेरै आशा गरेका बाबुरामको रेकर्ड आफ्नो ब्लगमा रहोस भन्ने मनसायले मात्रै यो लेखलाई यहाँ राखिएको हो | यसको प्रमुख स्रोत हेर्न यहाँ क्लिक गर्नुहोस |  काठमाडौ, चैत्र ६ -  स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, सफल अर्थमन्त्रीलगायतका कारण भदौ ११ मा प्रधानमन्त्रीमा निर्वाचित हुँदा धेरैले निकै ठूलो आशा गरेका थिए बाबुराम भट्टराईबाट । तर यतिखेर अधिकांशले भन्न थालेका छन्, जुन जोगी आए पनि कानै चिरेको ! प्रधानमन्त्री भट्टराईको कार्यक्षमतामाथि हालै, चैत पहिलो साता भएका केही घटनाले पनि प्रश्नचिह्न खडा गरिदिएका छन् । उनले न सुशासन दिन सकेका छन्, न त आफ्नै मन्त्रीहरूले गरिरहेको अराजक शैली रोक्न सकेका छन्, कारबाही त परकै कुरा भयो ।  आइतबार मात्रै मदिराले मातेका स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले वीर अस्पतालका कर्मचारीमाथि दुव्र्यवहार गरे । त्यसै दिन मन्त्रीको दुव्र्यवहार तथा कर्मचारी युनियनको दादागिरी रोक्न नसकेको भन्दै सचिवहरूले सामूहिक राजीनामाको चेतावनी दिए ।  सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव र उनका निजी सचिवले

लघुकथा : यहाँको चलन

धत् बुढी | तँ चिन्तै नगर के देशको बारेमा | तँ एकजनाले चिन्ता गरेर देशको केहि लछारपाटो लाग्ने हैन क्यारे, भो बरु एक कप मिठो चिया बना त | गमक्क फुलेर बसेकी बुढीलाई नेताजीले मुस्कुराउँदै सम्झाउन खोज्दैथिए | हेर न बुढी, अब न कुनै योग्यता, न केइ गुण, आनन्दले मन्त्रि पद पड्काईयाछ, मनग्य कमाइयाछ | अख्तियारले खेदेसी भन्या देखाजाएगा | फेरी १० करोड कमाइसकेसी १ करोड तिर्न बाल मतलब ? अनि एक-दुइ बर्ष जेल नै बस्नुपरे नि बस्दिउंला नि, त्यति जेल बस्द्या भरमा बाँकी नौ करोड आफ्नो हुन्छ भने के चिन्ता ?? फेरी यस्तो सिचुएशन आउने भन्या त कतै केहि नलागेसी हो, तँ मान न तेरो बुढोलाई यस्तो भवितब्य त ज्यानजाला पर्दै पर्दैन | सोझै व्यक्तिगत रिसइबीले मान्छे मार्नेलाई त आम माफी, अझ मन्त्रि पद नै दिन त पछि पर्दैनन हाम्रा राष्ट्रभक्त प्रधानमन्त्रिहरु  | ठुलै भाग्य ले'र मन्त्राणी बन्न जन्म्यारैछेस तँ बुझिस |  रिसाएर गमक्क फुलेकी मन्त्राणी खुट्टा बजार्दै भान्छा छिर्छे | ग्याँस बाल्छे र चिया बसाल्छे ... अनि सोच्छे, हुन त हो नि | देशैभरि ग्याँसको हाहाकार भएर मान्छे भोकभोकै पर्दापनि त हाम्रोमा कहिल्यै ग्याँस सकेको था