Posts

Showing posts from June, 2015

यस्तो हुनुपर्छ बिद्यालय भवन

भूकम्प प्रतिरोधी भवन निर्माणको शिक्षामा सबैभन्दा पहिले सिकाइने भनेको साना तथा मझौला स्तरका भूकम्पहरुले न्यून वा सामान्य मात्रै क्षति पुर्याउने भवनहरुको निर्माण बिधि र ठुला तथा विध्वंसक भूकम्पहरु घटित हुँदापनि अत्यावश्यकिय सेवा प्रवाह गर्ने अस्पताल, किन्डरगार्टेंन, आणविक भट्टी आदि जस्ता सम्बेदनशिल भवनहरु निर्वाद रुपमा सेवा दिन सक्षम रहने प्रकृतिका निर्माणबिधि हुन | कुनै पनि भूकम्पले अलिकति पनि असर नपार्ने भवन निर्माण गर्न अत्यन्तै जटिल छ, असम्भवप्राय छ | भूकम्प प्रतिरोधी भवनहरुले गर्ने भनेको चाहिँ मानवीय तथा भौतिक क्षति सकेसम्म न्यून गर्ने र अत्यन्तै नाजुक अवस्थामा पनि मानवहरु सुरक्षित स्थानसम्म भाग्नसक्ने समयको उपलब्धता प्रदान गर्ने नै हो | सन् २००५ मा भएको एक अध्ययनले नेपाललाई भूकम्पीय जोखिमको कारणले बिश्वको ११औं जोखिमयुक्त देश भनेर तोकेको छ भने बहुजोखिमयुक्त मुलुकहरुको सुचिमा नेपाल २०औँ स्थानमा पर्दछ | अहिलेको भूकम्प एउटा प्रतिनिधिमुलक घटना भयो जसबाट हामीले धेरैभन्दा धेरै पाठ सिकेर हाम्रो भविष्य जोखिममुक्त बनाउन धेरै कार्यहरु गर्न आवश्यक छ | अहिलेको जोखिम टर्यो र मेरो घर बस्ति