Wednesday, June 20, 2012

यात्रा अनुभव ?


आज जुन २०, २०१२ | शेफिल्ड बाट लण्डन जाने टिकट लगभग २ महिना अघि नै काटेको हुँदोहु | कत्ति ब्यबस्थित छ बिदेशी जीवनशैली | मानिसहरु यात्रा गर्न २ महिना त के, १ बर्षअघि देखि नै सुरु गर्छन | यहाँ त भन्छन, क्रिसमस सक्किएको भोलिपल्ट देखि नै आर्को क्रिसमसको योजना बुन्न थाल्छन मानिसहरु | जे गर्छन दिल लगाएर गर्छन, त्यसैले नै हो जस्तो लाग्छ यिनीहरुले फड्को मारेका | आफ्नो त बानी नै यति खराब छ कि भोलि के गर्छु भन्ने नि आजसम्म थाहा हुँदैन, अझ कहिले काहिँ त दिनको दुइचार चोटी नै मुड फेरिन्छ र खै के के पो गरिरन्छु ... जस्तो कि आजै भनम न, यात्रा गर्दैछु, त्यसै बस्नै मन लागेन र ब्यागबाट ल्यापटप झिकेर यी यो डायरी लेख्दैछु | सुरुमा त 'Wifi available on this train ' लेखेको देखेर net चलाउने सुरले कम्प्युटर निकालें, पछि पो थाहा पाएँ पैसा तिर्नुपर्ने रैछ internet सुबिधा लिन त | अनि फेरी मुड चेन्ज... र ब्लग पो लेख्न थालेँ | आफुलाई मुड चेन्ज हुन कैलाश चिया पिइरहनै पर्दैन | :)

पौने बार्हको ट्रेन थियो, उही त हो, जैले अघि पुगेर कुर्ने बानी नै लागेको छ आफ्नो त | समयलाई बढि नै महत्व दिन्छु म | कहिँ कतै ढिलो ढिलो त कहिल्यै पुग्दिन | तर यति चाडो पुगेर पो के काम कुर्नु बाहेक भनेर सोच्दैथें | घडीले पौने ११ देखाउँदैथियो | यसो के गर्ने हो कुर्न भनेर बिचार्दैथें, स्टेशन बाहिर ४ वटा टेबल टेनिस बोर्ड र सो का लागि चाहिने टन्नै बल र ब्याटहरु खुल्ला आकाश मुनि राखिएका रहेछन | कत्ति रमाइलो, उसै त खेलमा आफुलाई टेबल टेनिस मन पर्ने, तेत्रा बोर्डहरु र चाहिने सबै औजार | के चाहियो र ? तर मानिसहरु कोहिपनि टेबल टेनिस खेलिरहेका भने थिएनन | मेरो पालो सुरुवात गरिगएँ, एक्लै खेल्न थालेँ... सबै ढुकेर पो बस्दै रहेछन, अनि अचम्म मान्दैरहेछन, कसैले केहि प्रयोजनको लागि राखेका हुन कि, पैसो तिर्नुपर्ने पो हो कि भनेर होला | मैले सुरु गरेसी त एकैछिनमा ३ वटा बोर्ड भरिए .. रमिते उत्तिकै | मज्जाले खेलियो लगभग ४५ मिनेट, सुरुमा त बुढाखाडा सँग भिडन्त सुरुभो, सबैलाई उछिने | मख्ख पर्दै स्टाइल देखाउन थालेँ | अलि पछि थाक्दै गएँ र अलि जब्बर खेलाडीहरुको मैदानमा प्रवेश हुन थालेसी चाहिँ मेरो ट्रेन छुट्न लाग्यो है भन्दै बत्तिएँ :) |

एत्तिन्जेलमा त ट्रेन मलाइ नै कुरि रहें झैँ पो रहेछ | लगभग मानिसहरु चढिसकेका, आफु सोझो मान्छे बन्द ढोका खोल्न हतारिएँ | सुरुमा First Class मा पो छिरेछु, तेस्मा त छिर्ने कुरै भएन, निक्लिएँ र आफ्नै सिट भएतिर लागेँ | एउटा सिट छानेर आसन ग्रहण गरेँ, र यता उता आँखा डुलाएँ | ट्रेन त यो पालिको पहिले पहिले भन्दा शानदार रहेछ | 

अनि कल्पना गरेँ, बाबुराम सरकारले पनि कल्पना गरेको काठमाण्डौमा चल्ने रेल चाहिँ यस्तै हाल्नुपर्छ :D सपना देख्न छोड्ने त कुरै भएन नि, फेरी सबै सपना पुरै हुनुपर्छ भन्ने पनि त छैन | एकैछिनमा टिकेट चेक गर्न एउटी मैया आइन | मनमनै मैले सोच्न थालेँ, यदि यस ट्रेनमा कसैको टिकेट नभए के गर्दाहुन मान्छेहरु ? यो थाहा पाउन धेरैबेर कुर्नै परेन मैले | ठ्याक्कै मेरो अगाडी अर्को साइटमा रहेकि एउटी मेम्साप, जो अल्लि अघिदेखि कसैलाई फोन गरेर फुर्ति झार्दैथिइन (मलाई औंरेजी बोल्न आम्च भनेर :P ) तिनैले पो TT लाइ Derbyshire सम्मको टिकट दिनु भनेर मागिन | म छक्क परें, टिकेट नलिइ हिड्नेलाई सिधै टिकेट काटिदिने रहेछन, भनेसि सजिलो रैछ :) | मनमा हर्क लायो, बेलाबेला रातीराती ट्रेनमा यात्रा गर्दा TT भेट्टिन्नथे, र सोच्थेँ, बेक्कार टिकट काटें | तर एकैछिनमा मेरो सोचाई गलत भयो | सोहि समय जब टिकेटवालीले टिकेट काट्दैथिइन, उनको सिनियर (मेनेजर होलान सायद) ठ्याक्कै त्यहिँ टुप्लुक्किए | अनि उनले भन्न सुरु गरिन, यदि अहिले यिनी (Gary) यहाँ आएका हुन्थेनन भने मैले टिकेट काटिदिएर वार्निंङ मात्रै दिन्थेँ, तर अब तिमीले २० पाउण्ड जरिवाना पनि तिर्नुपर्छ | Gary ले पनि ति मेम्सापलाइ सम्झाउन थालिन | Train मा टिकेट नलिइ यात्रा गर्नु Britain को नियम अनुसार गैर्हकानुनी हो रे | मलाई चाहिँ यो सुन्दा हाँसो लायो, यहाँ संबिधाननै नभई त नियम र कानुन यति मान्छन, नेपालमा त एउटा दुइटा हो र ? कति कति संबिधान छन् | सबै कार्यान्वयन भैराछन्, एउटाले अर्कोलाइ मिचिराछन् .. के के हो के के | अनि ति महिला हल्का बोल्दैथिइन, पहिले त जैले नि मैले ट्रेनमै टिकेट काटथें त .... आदि इत्यादि, तर Gary ले तिनलाई सम्झाको सम्झै, अनि सुरु भो आँशुको खेल | महिला हुन भनेसी मैले आँशुको कुरा नल्याको भए नि हुने ... तर म ढुक्क छु तिनले यो ब्लग कहिल्यै पढ्ने होइनन, अनि लेख्दिएँ :P | अनि उनी रुने र Gary ले सम्झाउने कार्य लगभग १० मिनेट चल्यो | अनि उनी राजी भइन, टिकेटको दाम १० र जरिवाना २० गरि जम्मा ३० पाउण्ड तिर्न | अनि एउटा लामो पर्चा थमाएर Gary बाटो लाग्यो | यतिबेलासम्म ति सुरुवाती TT महिला आफ्नो एक राउण्ड ड्युटी पुरा गरेर फेरी यहिँ आइपुगि सकिथिन | फेरी तिनै मेम्सापलाइ भन्छिन, 'मेडम, तपाइँ सिट चेन्ज गर्न चाहनुहुन्छ कि ? तपाइँको यो कहानि यहाका मानिसहरुले थाहा पाए, त्यसैले अलि अगाडि नयाँ ठाउँमा बस्न चाहनुहुन्छ ? म त ट्वाँ  परें | नेपालमा यहि घटना हुन्थ्यो भने नांगेझार पारुन्जेल मान्छेलाइ गालि र बेइजती, उफ भो नकुरोगरम, हुँदोहो | यहाँ त पूर्ण शिष्टताका साथ ..... :) | यो पो हो त तरिका | हरेक साना साना कुरामा सिक्न लायक कत्तिथोक हुन्छ है हाम्रैवरीपरि | देख्यो, भोग्यो सिद्ध्यो.... आज यहि सानो कुरोलाई लेखौँ भनेर जबरजस्ति कुरो लम्ब्याएँ :) | आखिर ब्लग नलेख्या अलि समय पनि त भैसक्याथ्यो नि ... हैन ? फेरी यसपछि चाहिँ छेउमा एउटा पन्जाबी मुन्डी आएर बसिन, अब यसपछि के के भो त के कुरो गरिरहनु ? भो-नकुरोगरम | :


2 comments:

दिनेश राज said...

सिष्टम बसेका देशका कुरै अर्कै हुन्छ । आफू त्यो भित्रको एकजना हुनुमा पनि गर्व लाग्ने क्या । आस गरौं केही दशकमा हाम्रो देशमा पनि सबै कुरामा सिष्टम बसुन् ।

Indra Dhoj Kshetri said...

I would say FUCK the system. :P

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More