Friday, January 25, 2013

ब्ल्याक एण्ड व्हाइट काठमाण्डौ



कति नराम्रो सुनिन्छ है कोहि यसो २/४ बर्ष बिदेशी भुमिमा नङ्ग्रा खियाएर आएकाहरुले हामी नेपाली र नेपाललाइ अलिक नमज्जाले 'छि कस्तो फोहोर जताततै, बाटो भरि खाल्डा खुल्डी' भन्दा | यहिँ जन्मियो, यहिँ हुर्कियो, यहिँको माटोमै रमाइयो अनि १ बर्ष बाहिर गएर के के न राम्रो देखेर आयो अनि हामीलाई नराम्रो भन्छ भनेर मनै कुडिन्छ नि है | उस्तै हुन्छ मलाई र पनि नभनिरहनै सकिन रङ्गीन जमानामा क्या ब्ल्याक एण्ड व्हाइट काठमाण्डौ |

डेढ बर्ष अध्ययन हेतू बेलायत बसेर त्यहाँको डिग्री बोकेर धेरै सपना सँगाल्दै भर्खरै काठमाण्डौ आएँ | भारत त केहि पल्ट गएकै हो र पनि पहिलो विदेश भ्रमण थियो त्यो मेरो लागि, पासपोर्टमा भिषा नभई पुगिने देशलाइ त विदेश भन्नै रुचाउन्न म | फेरी भारत त नेपालको ७६ औं जिल्ला नै त हुन्थ्यो नि अंग्रेजहरुले भारत छाडेपछिको सुघौली सन्धिमा अहिलेको भन्दा उल्टो निर्णय हुन्थ्यो भने :P | प्राकृतिक रुपमा सम्पूर्ण सम्पदाले भरपूर्ण हाम्रो देश नेपाल, मायाँ त कति लाग्छ लाग्छ आफ्नो देशको.. कसलाई नलाग्ला र ?

लण्डनको हिथ्रो बिमानस्थलबाट नेपाल पुग्न भारतीय ध्वजाबाहक एयर इण्डियाको टिकट काटेर बसेदेखि नै कता कता डर थियो, भारत हुँदै जान त असाध्यै दु:ख पाइन्छ रे ! भारतीय हवाई माध्यम छान्नुको मुख्य लोभ मलाई मलाई ३५ केजी लग्गेज र ७ केजी हाते ब्याग बोकेर ल्याउन मिल्ने नै थियो, अन्यले त २५ केजीको हाराहारी भन्दा दिदैनन | फेरी डेढ बर्ष सम्म किफायती बनेर केहि किनिन भन्दा नि धेरै नै सामान जम्मा भैसकेछ | दाइ सँग एयरपोर्टमा आएर केहि सिप नलागेर झण्डै १० केजी सामान निकाल्दा पनि लगभग ६० केजी सामान भने बिना कुनै बाधा नेपाल ल्याईपुर्याएँ :) | ह्याण्ड क्यारी बाहेक पनि ल्यापटप ब्याग चाहिँ नजोख्ने रहेछन, लगभग १५ केजी थियो होला, अहिले अररो परेर हिड्नु पर्दा आफैँ मुसुमुसु भाको छु :D |

बिश्वकै गतिवान एयरपोर्टहरु मध्येको एक लण्डनको हिथ्रो बिमानस्थल नराम्रो त हुने कुरै भएन, असाध्यै राम्रो लाग्यो | त्यहाँ बाट ८ घण्टा उडेपछि देल्हीको इन्दिरा गान्धी बिमानस्थल आइपुगेपछि भने म पुरै अचम्मित भएँ | मैले कल्पना गरेको दु:खदायी भारतको ट्रान्जिट भन्दा कैयौँ गुणा राम्रो पो ठहरियो देल्ही बिमानस्थल | अझ म त भन्छु हिथ्रो टर्मिनल ४ भन्दा राम्रो होला नराम्रो कदापि रहेनछ देल्ही बिमानस्थल | बाँकी त भोग्ने ले नै जानुन तर मेरो देल्ही ट्रान्जिट तोकिएको लगभग ६ घण्टा बाट बढेर ९ घण्टा पुग्दा पनि नराम्रो कदापि लागेन | तपाइँले पनि मेरै जस्तो अनुभव पाउनु हुन्छ जस्तो लाग्छ मलाइ, एकपल्ट देल्ही ट्रान्जिट पारेर उड्नुहोला कतै विदेश भ्रमण गर्नुपर्दा |

लण्डन र देल्ही तेस्तो रङ्गीन एयरपोर्टहरु छाडेर नेपाल झर्दा पो मन कस्तो अमिलो भयो | भारतीय बिमान कम्पनि एयर इण्डियाले विश्वभरि आफ्नो उडान बढाउँदा र अचम्मै प्रगति गर्दा पनि सो एयरलाइन्सले नेपालको अन्तराष्ट्रिय बिमानस्थलमा यात्री ओसार पसार गर्न प्रयोग गरिरहेको दुइवटा बस कदापि गुड्न योग्य थिएन र छैन | यसैबाट मेरो मनले सोच्यो कि भारतले नेपाल भित्रिने बिदेशीहरुलाई पहिलो प्रभाव कस्तो परोस भन्ने ठान्छन | बर्षौंनि नेपाललाई सयौँ थान गाडीघोडा दान गर्ने भारतले नेपालको बिमानस्थलमा प्रयोग गर्दै गरेको बसहरु भने अत्यन्तै नाजुक अवस्थाका रहेछन | अलिक अघि आएर सामान बुझेर चेक आउट भएपछि ट्याक्सी खोजेँ र हिड्न तयार भएँ | हरियो नम्बर प्लेट वाला ट्याक्सी राम्रै हुने आशमा थिएँ, तर सेवा सुरु गर्दा ताका (१४ बर्ष अघिका) गाडीहरु मध्ये एकमा चढ्नु पर्यो, कठै त्यो ट्याक्सी, मन फेरी कुँडियो | पछिल्लो सिटमा गुरुजीको कुरा सुन्दै अघि बढिरहँदा जताततै भत्किएका सडक र सडक छेउका घरहरुले स्वागत गरिरहँदा नेपाल त मलाई १५/२० बर्ष अघि महजोडीका ब्ल्याक एण्ड व्हाइट १५ गतेमा देखाको काठमाण्डौ भन्दा केहि भिन्न लागेन |

फरक थियो त भीडम भिड मानिस, घरहरु र भत्काएर असरल्ल परेर भुइँमा थुपारिएका ढुँगामाटाका थुप्रोहरु | कुटुक्कै मन खायो | अनि सम्झिएँ विद्वान प्रधानमन्त्रिको भ्यागुते छलांगवाला आर्थिक प्रगतिको उपाय | मैले सोचेँ, बाठो रहेछन बुढा, भएभरका घर, पर्खाल भत्काउने अनि तहाँबाट निस्केको ढुँगामाटो बेचेर देशलाई आर्थिक उन्नति तर्फ डोर्याउने ... वा वा... क्या गज्जब उपाय | सडक फराकिलो पार्न अनियन्त्रित रुपमा बनाइएका घर टहरा भत्काइनुको मैले बिरोध गर्न खोजेको भने कदापि होइन, तर भत्काईए पछी तत्काल बनाइहालिनु पर्थ्यो संधै अत्यावश्यक रहने र थोरै उपलब्ध नेपालका राजधानीका बाटाहरु | जताततै भिड नै भिड, जामै जाम र अनौठो कोलाहल अनि संधै हतारमा रहने मोटरसाइकल चालकहरु, उस्तै माइक्रो र बसहरु | काठमाण्डौमा जे जत्रा छन् शहरभित्रका सडकहरु, उत्रै नै हुन लण्डनका सडकहरु, जाम त वहाँ पनि नहुने होइन, तर केहि समयको लागि मात्रै | यहाँ त अनिश्चित समयसम्म लम्बिने अनिश्चित जामहरु, कति हुन कति | अनि आउँदै गर्दा दरबारमार्गमा ट्राफिक प्रहरी कार्यालयको अघिल्तिर राखिएको बोर्डमा भएको तथ्यांक, जसमा लेखिएको थियो पौष महिनाको कुल दुर्घटना संख्या ४२१ र मृत्यु संख्या २२ | यो तथ्यांक सहि हो भने त अचम्म नै मान्नुपर्छ यस्तो सडक अवस्था र हामी जस्तो बेपर्वाह यात्री चालकहरुको दुर्घटना संख्या त धेरै नै कम हो, जसरि यहाँ साधनहरु प्रायोग हुन्छन त्यसका आधारमा त निकै कम दुर्घटना हुने गर्छ यहाँ |

विश्वकै धनी नेताहरु छन् नेपालमा, उस्तै धनी जनता पनि छन् नेपालमा राष्ट्र मात्रै गरिब हो | तर त्यो सबै भन्दा ठुलो जमात भने बेरोजगार बिपन्न घामसेकुवा बर्गको छ काठमान्डौमा | कति फुर्सदिला हुन मानिसहरु, ओभरहेड ब्रिजबाट घाम ताप्दै सडक नियाल्दै निशुल्क उपलब्ध हुने धुवाँधुलो खाएरै बिताईदिने  दिन त, ताँती थिए सडकमा उस्तै | कति धेरै जनशक्ति सडकमै छ, र त हाहाकार छ दक्ष जनशक्तिको |

खासै धेरै समय भएको त होइन तर डेढ बर्षपछी फर्कँदा नै देशले त युग नै परिवर्तन गरेको झैँ माने मैले त, उँधोगति होइन अधोगति तिर | घरपुगेपछि पनि यताउता बजार नियांल्दै हिड्दा देखेको परिवर्तन भनेको केहि निजि ठुला भवनहरु भने अवश्य बनेका रहेछन, तर अधिकाँश बस्तुस्थिति र रहनशहन देख्दा भने भन्न मन लाग्यो, क्या ब्ल्याक एण्ड ह्वाइट काठमाण्डौ | जहाँ ब्ल्याक धेरै हुन्छ, संधै अन्धकार ... त्यसैले त लोडशेडीङको महशुल बुझाउन अपरिहार्य हामी नेपालीले फ्रीमा बिजुली पाउँछौ नि | र ह्वाइट भनेको त दिउँसो घाम भने पारिलो लाग्ने रहेछ अहिले | धन्न सुर्जे भगवानले आफ्नो मति छाडेका छैनन् र उज्यालो देख्न पाइयाछ | जय होस् देश, जय सरकार, जय बाबुराम |       

5 comments:

बिकल्प said...

मेरो पनि गएको दशैमा नेपाल जादा भारतको मुम्बइस्थित छत्रपति सिबाजि एयरपोर्टमा ट्रान्जिट परेको थियो। सुरुमा त मलाईपनि निकै डर लागेको थियो। अनेक कुराहरु सुनेको थिए -नेपालिलाई हेप्छन, पासपोर्ट मागेर फर्ता दिदैनन् आदि इत्यादि। तर सार्है मिलनसार र अनुसासित पाए मैले त्याहाका कर्मचारीहरु। एउटा महत्वपुर्ण पाठ मैले के सिके भने - आफैले नजानि, नबुझि (अरुको लहै-लहैमा लागेर)कुनै पनि कुराको बारेमा दृश्टिकोण बनाउन नहुने रहेछ।

Krishol said...

पढे, राम्रो लाग्यो, अनुभब लगभग उस्तै उस्तै हो। तर एक दुई वटा कुरा भन्न मन लाग्यो:
१. नेपालको एयरपोर्टका राखिने बस, सम्बन्धित एयर लाईन्सको हुन्छ र भन्या??? मलाई त TIA ले राख्ने हो जस्तो लाग्छ...
२. एयरपोर्टबाट निस्कने बित्तैकै बर्षौ भोका'र बसेको गिद्द ले सिनो पाएर सिनो लुछे झै लुछ्न आउने ट्याक्सी ड्राईभरको अनुभव रहेनछ, हरेक पल्ट नेपाल जादा मेरो लागी त्यो साह्रै नै सकसपुर्ण हुन्छ।
३. गएको १ बर्षमा नेपालमा अरु बिकास होस् न होस् Wi-FI को बिकास चाही गज्जपले भएको छ, चिया पसल देखी कपडा पसल सम्ममा Free Wi-Fi का बोर्ड हरू झुन्डिएका हुन्छन्, पासबर्ड माग्यो भने कि त ईन्टरनेट बिग्रेको छ भन्ने जवाफ पाईन्छ, कि त बत्ती छैन... :))

Anonymous said...

1. No, those ground support buses and other equipments are supplied by NAC (so staffs of NAC are getting salary on time till date:))Upto my knowledge, only indian airlines doesnot hire service from Nac.
2. there are two taxi syndicate in airport. and I think 'hariyo plate' walas are better then normal ones. at least they have fixed fare system.
3.the carrier by which you entered makes a lot of difference. you will be less harassed if you are travelling via thai than air arabia.

Nepali Gajalkar Nepali Kabi said...

Regarding India transit, If you are travelling back from outside to Nepal (transit-India), you have nothing to worry except your luggage. There are incidents that people's luggage have been left, lost or stolen few things from it.

However, if you are leaving Nepal (transit - India) to third country, the experience will not be always good. In IGI Airport, they have started separate Q for Nepalis. However, it is not clearly marked. You might be told to go to last counter or second last counter etc. once you cross long Q and reach to immigration counter. Once it is pointed where to go (that instructions will not be so clear), you can reach there and show your passport. The immigration officer will take your passport and ask on case to case approval from his senior. So, You can expect that he takes your passport, goes somewhere and comes back. My Last experience was not so great and this time, I came to Europe via Doha. But, above all, I find Air India and Indian Airlines better than RNAC. It's my experience!

david sharma said...

wa wa wa dherai ramro......

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More