Wednesday, May 9, 2012

अन्धकार सुकुम्बाशी सपना

काठमाण्डौमा थापाथली छेउका सुकुम्बाशी बस्ति हटाउने कार्य हालै सम्पन्न भएको छ, बिस्तारै अब यो प्रकृया अघि बढ्दै जानेछ र जतिपनि अबैध रुपमा विष्णुमती खोला किनारमा बनेका घर टहरा छन, सबै भत्काइनेछ र काठमाण्डौलाइ सुकुम्बासी रहित शहर बनाइनेछ | तर के साच्चै बन्ला त काठमाण्डौ सुकुम्बासी रहित शहर ? अनि सुकुम्बासीको बसोबास रहेकैले गर्दा बिस्तार गर्न नपाइएका सडकहरु अब निर्माण होलान त ? आशा गरौँ, चाडै आशा गरे अनुरुप नै सबैथोक हुँदै जाला | 

तर मनमा लागेको एउटा प्रश्न भनेको चाहिँ सडक फराकिलो बनाउने भनेर सडक मिचेर बनाइएका घरहरु भत्काएर विस्तार गरिएका शहरका अन्य बाटाहरु अब चाहिँ बिस्तारित भए त ? कि उस्तै छन् अझै ? धुलाम्य सडकहरु | विकासका लागि हो विनाश पनि आवश्यक छ केहि अर्थमा, तर जहाँ विकासका नाममा बिनाश मात्रै हुन्छ, तब के अर्थ तेस्ता फुस्रा बिकासशिल आश्वासनको ? 


 सपना चकनाचुर भएपछि बिलौना बाहेक अरु के नै निस्किन्छ र गलाबाट ? 


त्यो सानो नानी बोकेको त्यो बालकले कसरि हुर्काउला अफ्नो त्यो भाइ/बहिनि ?

सुकुम्बशी बस्तिमा डोजर लाग्यो भनेर थपडी बजाउने काठमाण्डौका हातहरु केहि दिनपछि काठमाण्डौभरि थुप्रिएका फोहर वरिपरी नाक थुन्दै र धारे हात लाउँदै सराप्न थाल्नेछन् सरकारलाई, अनि बल्ल महशुस हुनेछ ति सुकुम्बशीहरुको आवश्यकताको | अधिकाँश ती खोलाछेउ रहँदै बस्दै आएका सुकुम्बाशीहरु नै काठमाण्डौलाई स्वच्छ सफा र हराभरा बनाउने जिम्मा पाएका मानिसहरु हुन, काठमाण्डौमा हुने सबैभन्दा निम्न स्तरका तर अत्यावश्यक कार्यहरु गर्दै आएका पङ्क्ति भनेकै तिनीहरु नै हुन | बिहानै तपाई उठ्नु भन्दा अगाडी नै सडक बढारेर फोहोर सोहोरेर शहर सफा बनाउने, बिहानै तपाईको भान्छा सम्म आलु, कोभी र टमाटर पुर्याइदिने देखि लिएर हामीले उपभोग गरि फाल्न तयार परेको खालीशिसी र पुराना कागज किनेर हामीलाई सहयोग गर्ने सम्मका अधिकाँश मानिसहरु नै हुन ती सुकुम्बाशीहरु | 

यति भन्दा यहाँ मैले सुकुम्बाशी समस्यालाई साथ दिन खोजेको भने पक्कै होइन | बास्तवमा कोहि पनि रहरले सुकुम्बाशी बन्न चाहँदैन, केहि बिशेष अवस्थामा बाहेक* | र त्यस्ता जग्गा अतिक्रमणका बहानामा बनेका झुठा सुकुम्बाशीको त सजिलै पहिचान गर्न सकिन्छ | जब हामी थापाथली पुलमाथि बाट काठमाण्डौं-ललितपुर आवतजावत मात्रै गर्दा त मुख खुम्च्याएर नाक थुन्दै हतारिनु पर्ने हुन्छ भने, त्यस्तो गन्हाउने परिवेशमा सपना रोपेर आँशु र पसिनाले फुल फुलाउने सपना देखेका सुकुम्बाशीको घरबार भत्काएर उनीहरुलाई सिधै खुल्ला आकाशमुनि पुर्याउनु भन्दा अघि जिम्मेवार निकायले थोरै मात्रै दुरदर्शिता देखाउन सकेका भए ती माटोमा जन्मेर हुर्केका अबोध बालबालिकाहरुका सपनामाथि तुषारापात हुने थिएन |  


 ध्वस्त पारिएको सुकुम्बाशी बस्ति 


छाना नै नरहेसी नाना मात्रै ले त के नै पो हुन्छ र?(सुकुम्बाशी बस्तिमा पक्कि भवन चाहिँ नमिल्दो देखिएको )


यी अबोधहरुका आँखामा छचल्किएका आँशुहरु हेर्नुहोस त उज्वल भविष्य देखेका सपनाहरु बियोगमा पोखिएका |

काठमाडौँ बाहिर बाट बिभिन्न कारणहरुले गर्दा यहाँ आइ बसोबास गर्ने क्रममा उपाय केहि नरहेपछि नदीकिनारमा रहँदै बस्दै गर्दा गर्दै नयाँ नाम पाएका यी मानिसहरुलाई घर/गाउँ फर्काउन सके सबैको भलो हुने थियो | धेरै मानिसहरु १२ बर्षे युद्दका क्रममा ज्यान जोगाउन राजधानी पसे, कतिले राम्रो लाउने, मिठो खाने सपना बोकेर काठमाण्डौ आए तर अन्तत सुकुम्बाशी बन्न बाध्य भए | उनीहरुको उचित ब्यबस्थापन गर्ने अनेक उपायहरु हुँदा हुँदै एकाएक उनीहरुका घरटहरा भत्काएर घरको न घाटको बनाउने सरकारी कदम कदापि क्ष्यम्म छैन | तिनीहरुका आँशुले हामी सबैलाई पिरोल्ने छ | पक्का ..... !

फोटोहरु : श्रोत अनलाइन खबर, नागरिक न्यूज 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More