किन चाहियो संघियता ?


- दुइ दिन हिँडेर एक किलो नुन लिन पर्ने दुर्गमबासीलाइ सजिलै नुन तेल पाउने बनाउन के 'संघियता' मात्रै ले रोक्या होला त ?

- संघियताको हौवा मात्रै मच्चाउनु भन्दा कर्णालीका ति दुर्गम गोरेटोहरुलाई अहिले नै मोटर बाटो बनाउनुलाइ कल्ले काँ रोक्याछ र ?

-  सपना देखेर नथाक्ने हामी नेपालीलाइ सपना देखाउन नछाड्ने नेताहरुले संधै गुलाम बनाइनैरहन्छन | यसका लागि संघियता नै किन चाहियो र ? मुलुकलाइ आर्थिक व्ययभार मात्रै |
- देशको कुल बजेट झन्डै ४ खर्ब बराबर छ,जसमध्धे २ खर्ब त हालकै स्थितिमा कर्मचारी तलबमै खर्च हुन्छ रे,सोच्नुस त संघियतामा गएसी झन के हुन्छ हालत ? 
- बिकासको ओइरो लागेर जब देश अझ बढी बिकसित हुन्छ ... हो तब संघियताले सार्थकता पाउँछ | भुत्तो भाङ केहि नभाको देशमा त संघियता आफै घाँडो हुन्छ | 
- जाती जातीलाइ संघियताका लागि उराल्ने चाही माओबादी नै हुन - यो कदापि मान्य छैन कसैलाई | यसैमा फोहोरी राजनीति अझै बढी झाँगीदैछ | 

- हामी सँग जे छैन, त्यसैको चाह हुनु स्वाभाविक हो .... तर संघियताले समग्र नेपालीलाई कुनै पनि रुपमा साथ दिन्छ भनेर चाही म मान्दिन | 

- एउटा ढिक्का, सिङ्गो देश त लठिबद्र छ, १४ वटा देश क्या'रि चलाउलान ? १४ वटा देशका १४ थरि राजाहरु, तेतिकै मन्त्रिहरु, भ्रस्टाचार अझ कति हो ....
- देश संघियतामा गएसी के के पाउँछौ भन्ठान्याछन् जनताले,फेरी तुषारापात हुन्छ तिनका सपनामा,जे जे नै भए नि फाइदा हुने भनेको नेतालाइ हो जनतालाई हैन

- संघियताले बाटोघाटो दिन्छ भन्ने ठान्या रैछन तराइ तिर मान्छेहरुले 

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required