दिक्षाले गरिन समाज सेवा


नागरिकमा आज प्रकासित भएको कुपन्डोलमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलालाई पवित्र समाज सेवा,धापासी, बसुन्धरा कि संचालक सुश्री दिक्षा चापागाईंले महिला रहेको भनि अखबारमा खबर आएको न्यू समिट होटलको प्रवेश द्वार, कुपन्डोल नजिकैबाट उद्दार गरि आफ्नै केन्द्रमा लगि आश्रय दिएकी छिन | नाम शोभा बताउने उनले आफ्नो थर,ठेगाना भने बताउन सकिनन, हुलियाले भने उनको उमेर २५को आसपास बताउदै थियो | समाचारमा प्रकाशित भए बमोजिम विगत हप्ता दिन अघिदेखि "शोभा" बेवारिश अवस्थामा सोहि स्थानमा इट्टाको शिरानी हालेर सुतिरहेको पाइएको थियो |

कुपण्डोलमा पुगी सहयोग गर्दै दिक्षा 

समाचार प्रकाशित भएपछि दिक्षा तुरुन्तै सो स्थलमा पुगि शोभालाई उद्दार गरि पवित्र समाज सेवामा लगि नुहाईधुवाई गरि आवश्यक सामग्रीको जोहो गरिदिएकी थियिन |  शोभालाई भेटिएको स्थानमा उनको अवस्था सार्है नाजुक रहेको भएपनि उचित सरसफाई पछि नाम सम्म बताउन सकेकी दिक्षाले बताइन | दिक्षाले उद्दार गर्न सहयोग गर्ने "छहारी नेपाल" र पाठक मंच मार्फत जानकारी गराउने "नागरिक" लाई हृदय देखि नै धन्यबाद दिइन | 

दिक्षा बिगत एक दशक देखि समाज सेवा गर्ने उद्देश्यका साथ देशभरिबाट बेवारिसे अवस्थामा भेटिएका बाल-बालिकालाई जम्मा गरि उनीहरुको लालन पालन एवम् शिक्षा-दिक्षामा अनवरत रुपमा लागिरहेकी छिन | उनले हाल धापासीमा रहेको स्थानीय  तिलंगटार माध्यमिक बिध्यालयले उपलब्ध गराएको स्कुल भवनमा आफ्नो आश्रम स्थापना गरि २२ बालबालिकाहरुको भविष्य निर्माणको लागि मातृत्व प्रदान गरि लागि परि रहेकी छिन | यसका साथै उनको परिवारमा अर्को एक सदस्य थपिएकी छिन |

बिगतमा twitter group @tfcNepal बाट पनि पवित्र समाज सेवालाई केहि सामग्री सहयोग गरिएको थियो |
http://goo.gl/S5RhD

यदि पवित्र समाज सेवालाई तपाईपनि आफुले सक्ने जस्तो सुकै सहयोग गर्न चाहनुहुन्छ भने तलको ठेगानामा सम्पर्क गर्नु सक्नुहुने छ | 
पवित्र समाज सेवा, नेपाल 
संचालक = दिक्षा चापागाईं 
सम्पर्क नम्बर =  ९८५१०६००८६ 

दिक्षा चापागाईको पवित्र समाज सेवा, धापासी पुगी समाचार एवं फोटो संकलन गर्न सहयोग गर्नुहुने सरोज कोइराला प्रति हार्दिक धन्यबाद | 


Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required