बधाई छ महिला सभासद !


नेपाली पृष्ठभुमिको बिधमान यस पितृ सत्तात्मक समाजमा महिलाहरु उपेक्षित भै बाच्नु परिरहेको अवस्थामा हिजो महिला सभासदहरुको सक्रियतामा मन्त्रालय बांडफाडमा पनि ३३ प्रतिशत आरक्षणको माग गर्दै संसद भवन रोष्ट्रम घेराउ भयो | तर मैले त महिला हकमा उर्जाशुन्य भनिएको यस समयमा, नेपाली महिला सभासदहरुले ३३ मात्रै को त के कुरो, ५० भन्दा पनि बढी, झण्डै ७० प्रतिशत सफल सहभागिता गरि अहिले सम्मका सबै रेकर्ड तोड्न सफल भएका छन् भन्ने पो बुझेको छु | यसका लागि सम्पूर्ण महिला सभासदहरु, अझ भनौँ उर्जाशील केहि महिला सभासद हार्दिक बधाईका पात्र भएका छन | जसरि गरे पनि जे जे गरे पनि ३३ प्रतिशत आरक्षित आफ्नो कोटालाई अत्याधिक रुपमा बढोत्तरी गर्न सके, शिर्षक मात्रैले उत्ति महत्व नराख्ने रहेछ, तर यो उल्लेखनीय सहभागिता भने अकर्मण्यता एवं दण्डहिनताको जगमा रहि आफ्ना उच्श्रृंखल गतिबिधिहरु अघि बढाउनका लागि उनीहरुले प्रस्तुत गरेका हुन |

तल्ला लेभलका ब्युरोक्र्याट्स देखि उपल्ला कर्मचारी, सिडियो आदिलाई दुर्ब्यबहार गर्दाबाट सुरु भएको यो कहानीले सम्बिधान निर्माणको यो तीन बर्षे अवधि पार गर्न लाग्दा रातो पासपोर्टको बिक्रि/दुरुपयोग , सम्पति अपचलन, आफ्नै प्रवेशिका परिक्षा आफ्नी छोरीलाई दिन लगाउने, सभासद भएकै दम्भले आफ्ना रिस छताछुल्ल पार्ने र अझ आफ्नै गृह नगरीमा एकबिहानै देखि मध्यपान गरि आफ्नै बशमा रहन नसक्ने जस्ता अनेकन महान गतिबिधिहरु पार गर्न सफलहुँदा सो रेकर्ड कायम गर्न सफल भएको हो | हामी सारा नेपालीलाई साक्षि बनाइ संबिधान निर्माणको अवधिमा हाम्रा महिला सभासदहरुले सो अकल्पनिय रेकर्ड राख्न सफल भएकामा मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई छ |

जेष्ठ १४ मा त संबिधान पक्कै बन्छ नै, कुन सालमा भन्ने मात्रै तय हुन बाँकी रहेको यस बर्तमान घडीमा, छ महिना/बर्ष दिन मात्रै म्याद थप्नु भन्दा पनि दुइ चार दशक नै सम्बिधानका लागि छुट्ट्याएर सम्बिधान सभाको म्याद थपियोस र यस्ता रेकर्डहरु तोड्न उनीहरुलाई अझ धेरै प्रेरणा मिलोस भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु |

यस अर्थमा पुरुष सभासदहरुलाई कम आक्न खोजियो भने यो अर्को हाम्रो अज्ञानता हुनेछ, तर अहिले सम्मको स्थितिमा भने पुरुष सभासदहरु भन्दा पनि महिलाहरुलाई अझै धेरै अवसरहरु प्राप्त भइरहेको छ | उनीहरुको क्षमता एवम् कार्यशैलीलाई मलजल गरि सम्मुन्नत बनाउँन हामी नेपाली जनताले नैतिक दृष्टान्तको हरफ 'बडाले जो गर्यो हुन्छ त्यो सर्वसम्मत, छैन कहिल्यै महादेवको मगन्ते भेष निन्दित" सम्झदै अझ धेरै मत उनीहरुकै पक्षमा दिऔं र उनीहरुले जे जसो भन्छन, हवस्/हुन्छ भन्दै टाउको निहुराउन र उनीहरुको कदमलाई पूर्ण समर्थन गर्न सम्मपनि हामी पछि नपरौं |

अब यस्तो कुरा बाटामा गर्दै हिडें त महिलावादीहरुले बाटो छेकी कुटीहाल्लान, सबैलाई सुनाएर पो के गर्नु र खै........ भो-नकुरोगरम !!

Comments

  1. क्यार्नु त बल्ल बल्ल खोजेर पुर्याका सभासदहरु । जे अर्या छौ ठीकै अर्या छौं भनेर हामीले अहिलेलाई चेत्न सकेम भने पुगो भन्ने हाम्लाई लाइरह्या छ । अरु चैं भो-नकुरोगरम ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required