यस्तो कुरो नि के गर्नु र खै ... भो-नकुरागरम !


आज मैले बराक ओबामाले सेतो घरमा आफुले आयोजना गरेको एक रात्रि भोजमा सम्बोधन गरेको भिडियो हेरेँ | सार्है मज्जाका रैछन बुढा, के बोले त बुझिंन तर उनले भन्या कुरा सुनेर पेट मिची मिची हाँस्याथे त्यहाँ उपस्थित सहभागीहरु, म पनि सँगसँगै हाँस्या झैँ गर्दै बसें | पक्कैपनि ओबामाको यो एउटा नीति हुनुपर्छ, पहिले सबैलाई हँसाएर टन्न बनाउने अनि खाना कम खान्छन,र सेतो घरको ढुकुटी बच्छ भनेर | हेर्दा कलिलै लाग्छन ती ओबामा मलाई, तर सारा बिश्वले मानेका देखेर कस्तो आश पलाउँछ कैले काहिँ त, काश यस्तै कोहि नेता हुन्थे हाम्रो देशमा पनि, जो आफ्ना देशका जनता र कर्मचारीहरुलाई हौशला बढाउने त्यस्तै अनेकौ उपाय लगाउँथे अनि देशलाई सुदृढ एवं सम्मुन्नत बनाउँथे |

तर ठिक उल्टो छ हौ हाम्रो देशमा त, कार्यकर्ता उचाल्न फोस्रा र आडम्बर युक्त कुरा गर्छन नेताहरु केवल सत्ताप्राप्तिकै उद्देश्यले प्रेरित भएर, अनि संयोगवश मानौ कि यदि सत्ता प्राप्त भैहाल्यो भने आफैले बोलेका प्रतिबद्दता आफ्नै कार्यकर्ता सामु त पुरा गर्न सक्दैनन, समग्र देशवाशीलाई सम्बोधन गर्ने र बिकाशमुखी अवधारणा ल्याउने भनेको त सतप्रतिशत असम्भब कुरो | यसैको पृष्ठभुमिमा म भने आज गैर राजनीतिक युवाहरु वा भनौं देशप्रेमी युवाजमातको सक्रियतामा तोकिएकै समयमा सम्बिधान बनाउन सभासदहरुलाई दवाब दिन एवं खबरदारी गर्न स्वत:स्फुर्त रुपमा आहवान गरिएको एउटा कार्यक्रममा सहभागी हुन माइतीघर गएको थिएँ |


सार्है नै सफलतापुर्वक सम्पन्न भयो सो कार्यक्रम, बेलुकी घर पुगेर लाइन आएपछी अबेर राति टिभी हेर्दा पो थाहा भयो, आज एक महिला सभासदले बिहानै देखि नेपालगंज स्थित आफ्नै टोलछिमेकमा मदिरा सेवन गरेर जात्रा देखाईछिन, अनि बिहानै पत्रिका तिर आँखा डुलाउँदा देखेथें एक महिला सभासदलाई उनकै श्रीमानले हत्या प्रयास गरेछन | अनि आज दिनभरीका घटनाक्रम सम्झदै हास्नथालेँ | बिहान हेरेको सम्पन्नशाली मुलुकका राष्ट्रपतिको जीवनशैली, दिउँसो को युवा सम्मेलनमा सहभागिता, अनि आफ्नै देशको उच्च ओहोदा ओगटी बसेका, गम्भीर जिम्मेवारी बहन गरेका सभासदहरुका चर्तिकला .......... खित खित खित ! यस्तो लाजमर्दो कुरो नि के सबको सामु गर्नु है.... भो-नकुरोगरम !

Comments

  1. येही हो बिग्रेको घर को भत्केको चाल..यती कुरो जानम कि नेपालका नेता लाई लाज लाग्दैन...लाज नालागेसी रक्सी खाएर टिल्ल परेर हिडेपनि के बाटो म निर्बस्त्र नाचे पनि के ...

    ReplyDelete
  2. अंधेर नगरी चौपट राजा !
    "यस्तो कुरो नि के गर्नु र खै" त हो
    तर कुरो यस्तो मात्रै हुन्छन यहाँ, अनि नगरेर नि के गर्नु र खै ?

    भो-नकुरागरम !

    ReplyDelete
  3. यो देश यस्तै गरि चल्छ ... #कुरा बुझ्नुस्

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required