काण्ड एक चर्चा अनेक : झापु - नेपाली राजनीति - प्रधानमन्त्रि

अचम्म अचम्म काण्डहरु मच्चिरहने देश नेपाल.... झापु काण्ड सेलाउन के खोज्दैथ्यो, झन दन्किदै बल्याछ | जो माथि देवीप्रसादको झापु बज्रयाथ्यो तिनै नेपालका ३४औं प्रधानमन्त्रि बन्न सफल भएका छन् | यसैबिच फेसबुक/ट्वीटरमा देखिएका केहि अजिब स्ट्याटस/कमेन्ट :
१) हैन त्यो देवी प्रसाद भन्ने मान्छे त बिदेशी प्रभु पो र'छ कि क्या हो, कैले देखी बनाउन नसकेको पर्धानमुन्त्री , एकै झापूमा बनाइदियो बा! via @Surath Giri
२) भाग्य निधारा'ट गालातिर सरेछ क्यारे :) via Dinesh Raj Gyawali
३) लौ न ए कोइ छ ? चड्काउन सिपालु ?? ह्याँ आफुलाई प्रधानमन्त्रि बन्ने लहड चल्या'छ |
४) रेग्मी ले झापड़ हानेर प्रधानमंत्री भएको जानकारी तपाईं हामी सबैलाई बिदित नै छ. तपाईं पनी ठुलो मान्छे बन्नू छ भने हामीलाई सम्पर्क गर्नुहोला | via Dipesh Regmi
५) माकुने दुई ठाउँबाट हारे, प्रधानमन्तरीको कुर्सी स्याहारे ।
झल्लुले दर्‍हो झापड भेटे, प्रधानमन्तरी हुने रहर मेटे ।

बधाई छ झल्लु !!!जनताले तिमीसित केइ नि आश गर्‍या छैनन् !! नपत्याउने खोलोले बगाउँछ भन्या झै केइ गरेर देखाईदेउ । :)- via Jitendra Malla
६) मा'बादीले नि हसाम्च !! आज समर्थन गरेर उसैलाई जिताउँछ, अनि भोलि बाट कठपुतली जिन्दाबाद ;)
७) हाजिरिजवाफको रमाइलो प्रश्न पो हुने भो अब : झाप्पु खाएपछी प्रधानमन्त्री बन्ने पहिलो व्यक्ती को हुन ? ?-via Nepaaleeidiot

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required