सामन्ती सोच



म त हुँला राजी तिम्लाई जिन्दगीभर खुशी दिन,
हुन्छौ तिमि पनि राजी, जिन्दगिभर मेरो लुगा धुन ???
चिल्लो घस्नी हरेक बेल्का, खुट्टा मिच्न पनि पर्छ
सबै धन्दा भ्याईकन, सक्छौ तिमि जाग्राम बस्न???

बिहानै उठ्नु चारै बजे, लिपपोत सखारै गर्नु पर्छ
आमाको त ढाड दुख्छ, तिम्ले पर्छ पानी भर्न
चिया ल्याउनु छ नै बजे, अलि सेला मन पर्छ
बाज्न पाउने छैनौ कहिले, सक्छौ तिमि यो सब गर्न ??

पाहुना हुन्छन चाड पर्बमा, माइत जान्छु भन्लेउ फेरी
पाउन्नौ जान कतै पनि, छैन अरु यो सब गर्न
भकारो नि सोर्नु पर्छ, गोडमेल सबै गर्नु पर्छ
भाई -बहेनाको जाँच आउछ, भ्याउन्नन उनले केहि गर्न

नदुख्या टाउको पहिल्यै तिम्ले, पाउन्नौ कहिले दुख्यो भन्न
जान्या छौँ नि हाम्ले पनि, दुख्या नदुख्या पत्तो गर्न
सबै कुरो तिम्ले गर्न छौ है राजी भए भन
चाहिन्न दाइजो अरु केहि, दुइ हल गोरु बेच्या धन !!!

एउटा बिहे भै'राथ्यो गाउँमा डुल्दा, अलि बुढा थिए बेहुला (पहिलो बिहे त पक्कै हैन), बेहुली चाही १६/१७ ... मलाई लागिराथ्यो करकापमा गरिएको थियो त्यो बिहे ( ऋण मिनाहा गरिदिने वा अन्य केहि) ,मानौं उनलाई श्रीमती हैन नोकरको आवस्यकता थियो| अलि मन छोकोथ्यो..... लेखिदिएँ, सिकारु मान्छे धेरै गल्ति भए होलान.... र पनि स्विकार्नुस

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required