Tuesday, April 20, 2010

कथा : व्यथा

मध्य रात १२:०० बजेको थियो, सबै कुरुवाहरु केहि सुस्ताउने तरखर गर्दै, म त सबै भन्दा चलाएमान, आखिर मेरो ड्युटी नै सुरुहुने बल्ल बेला हुन थाल्याथ्यो....
ए प्रसंग उठान त गर्नु पर्यो नि है, बिर्सिरा मैले त, प्रसंग नेपालको सबै भन्दा बुढो हस्पतालमा मेरो एकजना दाजुको टन्सिलको अपरेशन ( केहि गार्हो पो भयो भनेको, साधारणतया ४५ मिनेट देखि १घण्टा ३० मिनेटमा सकिने अपरेसन, टन्सिल धेरै नै ठुलो भएकोले झन्नै ७ घण्टा प्रतिक्षा गर्नु पर्यो, रगत नै रोकिएनछ) बिहान ११ बजे अपरेसन थियेटर लागेको बिरामीलाई झन्नै १० बजे राति Post Operative Ward मा सारिएको, म र बिरामीको दिदि (मेरो पनि) रात्री कालिन ड्युटीमा खटिने Rotta (Schedule). म त यसै उत्साहित, सायद तपाईंले बुझिसक्नु भो किन भनेर ;)
हस्पिटलमा बिरामी मात्रै हुदैनन नि त, उनीहरुलाई उपचार गर्ने नर्स, उस्तै परे राम्रा डाक्टरनिहरु पनि त हुन्छन नि, खै कुरा बुझेको ???

राति १०:३० बजे सम्म त धेरै थिए हाम्रा शुभचिन्तक, बिस्तारै पातलिए, अनि सुरु भयो मेरो वास्तविक काम, सबैभन्दा चलायमान म नै थिएँ, हुनै परो नि,घुमीरंथें पुरै फनफनी, सबै Ward, Department, Emergency, खोजि हुन्थ्यो यो आँखालाई केहि शीतल सुस्ताउने चौतारी, कत्ति चोटी निराश, कति चोटी खुशी अनि हतारियो आफु बेफुर्सदिलो छु है भनि देखाउन, कसले वास्ता गरोस, धेरै जसो त निराश नै ....... फेरी कति कड्कडियको चाम्रो बोलि नि, जति सुन्दर उति चाम्रो बोलि, म ढोकाछेउ उभिनै नहुने रे, हेर्नै नहुने रे, खाइदिउन्ला नै जस्तो, सजिलै हार मान्ने पनि त थिइन नि म पनि, पानी खोज्न हिडें मुख धुनलाई, हात लाग्यो निराशा, न फाल्ने ठाउं छ न थाप्ने (Toilet, धारो), Toilet त नभेटिने हैन तर आँखाले खोज्नु भन्दा नाकले खोज्नु जाति, ठ्याक्कै पत्तो लगाईहाल्ने, भित्र छिर्न सक्नु चाही महाभारतको एक अध्याय जित्नु झैँ, भित्र छिर्नु भन्दा नि सकुशल बाहिरिन सक्नु चै झन ठुलो सफलता :)

राति ११:०० :: खुट्टाको गति अधिर छ, आखिर रोकिने त कुरै भएन नि, धेरै कुरुवाहरु पो सुते नि, बिरामीको हरदम ख्याल त राख्नै पर्यो नि नर्स/डाक्टरले, कुर्दै बस्दैछु उनीहरुलाई नै, एक लर्को आउछन/जान्छन, अरु नै कुरुवाहरुलाई जस्तो एक निमेष ध्यान दिन पनि कति गार्हो भा'को तिनलाई, उनीहरु पो सुते, म त जागै छु नि, हात पर्यो निराशा नै, धेरै त छिप्पड डा'सापहरु, जसको म बिरोधि त हैन तर मेरो आँखाको खोजि अरु नै केहि को...

११:१५ :: ऊ ऊ ऊ ..... एउटी झुल्किई, मन हर्षित, आजको मेरो पहिलो देखाई, आ हेरी रहें म त, लाटाले पापा हेरे झैं, हल्का मुस्काको होकी झैं मानेँ मैले,सदाझैँ हल्का मुस्कान मैले नि छर्न भ्याएँ, अझ नजिकिदा पो देखें कानमा घुसारेकी earphone र माउथपिस बाटै गफ्फिदै रैछिन, हल्का मुस्कानका साथ, नाघिन मेरो कुर्ची, पछी पो देख्छु त मेरो मुस्कानको असर, पर सुतेझैँ गरेकी अर्की बिरामी कुरुवा, चिम्सा आँखा धारी ठिटी, उनले लगाई राखेकै मास्क भित्रबाट उनि मुस्काएको भेउ पाउन मलाई गार्हो परेन ..... लौ बर्बाद, पर्यो बित्यास, ढुकुर लाई ताकेको कुकुर लाई पो परेछ........ भाग भैरे..... अनि याद आयो मेरो Mobile को र रात कटाउन भनि मैले भिरेको त्यसको Earphoneको, हतार हतार कानमा घुसारें अनि अघिको उनकै शैलीमा कसैलाई गफ गरेझैँ गर्न थालेँ, सायद म जति लाटी थियिनन यी बिरामिकुरुवा, भुक्तभोगी झैँ, झन हासेको पो देखेँ त मैले, उनले लगाइराखेको मास्क भित्रैबाट, सुतिराखेको ठाउँबाट जुरुक्क उठिन र मेरै अघिल्तिर बढिन, ढ्यांग्रो बज्न थाल्यो मुटुमा, अझै अघि बढिन उनि, हातमा केहि लिएर, लौ बित्यास, भाग्न पनि नमिल्ने नजिक, नजिकै बाट अर्को कुनो तिर मोडियिन उनि, देखेँ मैले उनको हातमा पानीको खाली बोत्तल..... sssssssss... चिट चिट पसिना बाट मुक्ति, तिर्खाएकि रै'छिन क्यार, पानी थाप्न पो उठ्या रैछिन, अनि पो देखेँ तेत्रो घुम्दा नदेखेको त्यो पानीको जार, अलि उत्ता कुना पट्टि, उठ्ने बित्तिकै हाई काढ्या रैछिन क्यारे, मुस्काइन भन्ठानेछु ...धिक्कार.... यो सब दृश्य देखिरहेका कोहि छन कि भनेर हेरें, ढुक्क भएँ कोहि रहेनछन, अब कुलेलम ठोक्ने पालो, कानमा घुसारें earphone अनि रात कटाउने जोहो गर्न....
१२:०० :: चिया खान ओर्लिएँ तलतिर, बजाईदिएँ समोशा पनि, चिसो चिसो समोशा त्यस्तै तरकारी र पनि मनले धन्यबाद नै दियिरह्यो रातभरी सेवा गर्न बसेका ति पसलेलाई, धन्यबाद धेरै समय टिकिरहन भने सकेन, पैसा तिर्ने बेला सम्म मात्रै, तेस्पछी भने यो मन रौशियो, ठग्न पल्केकाहरु........
त्यहि चिया पसलमा देखेको एक दृश्यले भने मन कुडियो, एउटी केटि अरु चार युवा, एउटै ग्यांग, उनीहरुले तानिरहेको चुरोटको सर्को र कठोर बोलि, सुन्नै सकिन मैले त, बढाएँ Radio को Volume..... बज्दै थियो स्वरुप राज आचार्यको "सायद मायाँ मा फसें कि ..म ", फर्किएँ म........
१२:३० :: Post Operative Ward को ढोका बिस्तारै उघारी हेरेँ, प्यारी दिदि भाइको छेवैमा, भाइको कपाल बिस्तारै सुम्सुम्याउदै थियिन, आफ्नो भाइलाई कसले पो मायाँ नगर्ला र, तर उनि त अझै बढी नै मायालु देखिएकी थियिन, दोश्रो अनिदो रात थियो उनको र पनि उस्तै तेजिली, डिस्टर्ब गरिन मैले, आखिर मेरो आँखाको ड्युटी पनि त गर्नु थियो मलाई, यसपाली अलि होशियारीका साथ, भित्तो भित्तो पढ्दै हिडें, बिरामी कुरुवालाई दियिएको विभिन्न Instructions दोहोर्याई तेहेर्याई पढें, कण्ठस्त जस्तै, अरु केहि काम पनि त थिएन, सायद बेला बेलामा मात्रै घुम्दा रैछ'न डाक्टरहरु, आखिर निन्द्रै नभए के नै पो गर्न सकिन्छ र ?? आँखा अझै चंचल नै थियो, सुत्ने मन पटक्कै थिएन, फेरी कुर्सिमा बसिराख्नु पनि एक सजाएँ नै हुने रहेछ, लामखुट्टेहरुका दुश्मन भएर, फौजी आक्रमणको शिकार हुनु त्यति उचित लागेन मलाई, खुट्टा चालीरहें दृश्यहरु हेरिरहें
१:१५ :: Emergency मा ल्याइएको एक कैदी, तीन प्रहरी मुर्कुट्टाहरु, बन्दुक नै बोकेर भित्रै, बिरामीको एउटा खुट्टोमा गम्भीर चोट, अर्को खुट्टोमा चाही खुट्टाकडी (खुट्टामा बाँधिएको हत्कडी ), गम्भीर उल्लङ्घन मानब अधिकारको, बोल्ने को ???, मौन मेरो बोलि, तर अधिर अनि आक्रोश मेरा आँखा, एउटा पुलिस बोल्यो "साला आत्मा हत्या गर्न खोज्या रै'छ, नसो काट्न भ्याएछ, ठिक त होस् न... त्यसपछी म त्यहि बसिरहिन, किन किन आत्महत्या गर्नखोज्ने मान्छे मलाई मन पर्दैन, हिडें म भित्ताहरु नियाल्दै, के जाति कलेजका स्टाफ नर्स छात्रहरुले बनाएर टाँसेका फ्लोरेन्स नाइटेंगलको सुन्दर आकृति (चुप को शैलीमा), देखेँ Fire Extinguisherहरु अन्तिम म्याद २०६४ भाद्र मसान्त, धन्य पशुपतिनाथ तिम्रा वरिपरी भबितब्य पर्न केहि दिदैनौ, सानै आगोलागि भैहाले के कन्तबिजोग हुदो हो .... चर्किएका भित्ताहरु, उप्कियेका प्लास्टरहरु, कब्जा खुस्कियेका ढोकाहरु, खिया परेका चेन गेटहरु, मन फेरी एकपल्ट कुडियो, नेपालको सबै भन्दा ठुलो र सुविधासम्पन्न सरकारी अस्पतालको यो गति, निर्धो प्रशासन, निर्धो म..... के नै गर्न सक्थें र त्यो दृश्य आँखामा कैद गर्न बाहेक....
२:०० :: रात छिप्पिसकेको थियो भनौं या बिहानी लीला छर्न आटेकि ??, अनि पो याद आउन थाल्यो मेरो बाक्लो डस्ना अनि न्यानो ब्ल्यांकेट, साच्चै धेरै नै गलिसकेछन अवयवहरु, अनि पो सोच्न थालेँ कसरि गर्दा हुन् नाइट ड्युटी ति डाक्टरहरुले, गीत बज्दै नै थियो, यसपाली चाही " ओठोंसे छुलो तुम मेरा गीत अमर करदो", चौबिसै घण्टा बजिरहने एफ.एम छन् र पो चल्छ रात्रि जीवन, पहिले त सोच्ने गर्थें आ ... किन चौबिसै घण्टा बजाइ रहनुपर्ने होला यो रेडिया, यसबेला सम्म म धेरै नै गलिसक्या रै'छु, त्यस्तै मेरो फोनको ब्याट्री, एकछिनसम्म त ति आक्रमणको घोर बिरोध गर्दै चलिरहेछन मेरा खुट्टाहरु, कतिन्जेल थेगुन, बिबश र लाचार भै हवाला गर्न पुगेछु आफ्नो रगत ति रक्तपिपासुहरुलाई

३:२५ :: अलि अलि ले त टोकेनछन, ए बाबै, झन हिजै मात्रै बिर अस्पतालमै National Hemophilia Society, Nepal ले आयोजना गरेको रक्तदान कार्यक्रममा १९औं पटक गर्याथिए, झन तेस्माथि तेत्रा आततायीहरुको आक्रमणको शिकार बन्नु पर्दाको पीडा,टोक्न त टोके, नचिलाउनु नि, चिलाएरै हैरान, राता मेरा छाला, मुख धुन त गार्है थियो लागें त्यतिकै फेरी त्यहि चिया पसलमा चिया पिउन सिधै आत्मसमर्पणको शैलीमा, अरु कुनै उपाय पनि त थिएन, पिएँ चिया, भुलें पोलाई, नेपालीको अनौठो बानी, चिया त नखाई नहुने, जहिले पनि जहाँ पनि...

प्रतिक्षा गर्न थालेँ उज्यालो हुने, कति ढिलो बित्ने यो समय..... बल्ल बल्ल ४:४५, अत्ति भयो मलाई, दिदिसंग बिदा मांगे, गाडी चलिसक्या रहेनछ रुटको, हिड्नै पर्यो लम्र्यांग लम्र्यांग सोचें बिहानीको हिडाई ठिकै त हो नि.........

बिहान ५:३० :: घर पुगें, कोहि उठेका रहेनछन, अरु बेला आफैँ ७ बजे सम्म भुस हुने मान्छे, दुइ चोटी घन्टी बजौदा पनि ढोका खोल्न नआएकोले झंनक्कं रिस उठ्यो, आजलाई मलाई रिसाउन फिरी थियो, घर्वालाहरुको नजरमा त म राती भरि बिरामीकै सेवामा नै त थिएँ नि.... तपैंले पो जान्नु भो नि मैले हिजो र आज के के गरें भनेर, नभनदिनुस है मेरा घरपरिवारलाई मार्लान ..........

तेस्पछी सबै उठे, म चाही सुतें..........

लेख्नेलाई फूलको माला, पढ्नेलाई सुनकोमाला ;)
इति २०६७ साल बैशाख ७ रोज ३ शुभम् !!!

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More