गाज़ल
सबिन सिंह तुर्रे कबि को गज़ल:::
तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म
पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म
रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्क सँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म
साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि
सही गलत थाहा छैन, मुर्ख पागल भैदिन्छु म
गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म
दु:ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई,
तिमी खुशी, भई नाच, बज्ने मादल् भैदिन्छु म
मेरो उत्तर :::
गाज़ल हुन्छु भन्थ्यौ तिमि, कस्सेर कहिल्यै निकालेनौ
ढाक्ने आंचल मजेत्रो भो, फर्की कहिल्यै हेर्या हैनौ !!
के झुम्नु मेरो चालमा, प्रकृति खडेरीले सोत्तर भा'छ
चुडिसक्यो त्यो पायल त, फेरी कहिल्यै सोध्या हैनौ !!
बादल हुन्छौं रुज्छु फेरी, घाम नै हो नि मलाई प्यारो
श्रिस्टी गर्ने जीवात्मा त्यो, बुझ्न कहिले सक्या हैनौ !!
हुन्छु भन्थ्यौ साथै मेरो, अत्तो पत्तो केहि छैन
बुढासुब्बा पुगीकनै बाँसमा नाम लेख्या हैनौ !!
आँशु आँशु जिन्दगी भो गाजल तिमि बन्छु भन्थ्यौ
परेली त ओभाइगो नि, भेट्न कहिले जान्या हैनौ !!
के हुनु र सुखी खै साथै तिमि नभएसी
मनै हो नि दुख्ने रैछ, "मादल" भएँ भन्या हैनौ !!
जबर्जस्ति.कम

hehaha..
ReplyDeleteyesko reply dina garo parla malai :P