Posts

ठुलो भूकम्पपछिको क्षति आँकलन

Image
'नेपालमा छिट्टै नै ठूलो भूकम्प जान सक्छ' भनेर अनेक अध्ययनहरुले गर्ने गरेको आँकलन गत बैशाख १२, २०७२ मा सहि साबित भयो | ठुला भूकम्पहरुको पुनरारिबृत्ति हुने समय नेपालको हकमा ७५-८० बर्षको रहेको छ, बिगतका ठुला भूकम्प र महा भूकम्पका इतिहाँसले यहि बताउँछ |  नभन्दै झन्डै ८१ बर्षपछी नेपालले विनाशकारी महाविपत्ती भोग्नु पर्यो र देशका अधिकाँश भूभाग प्रत्यक्ष र परोक्ष रुपमा पिडित बन्न पुग्यो | त्यसो त ई.स. २००४ मा यु.एन.डी.पी./बि.सी.आर.पी.ले संयुक्त रुपमा गरेको अध्ययनले नेपाललाई प्राकृतिक विपत्तिका दृष्टिकोणमा एघारौँ जोखिमयुक्त देश भनि घोषणा गरिसकिएकै थियो, त्यसै गरि बिश्व बैंकले इ.स. २००५ मा प्रकाशित गरेको रिपोर्टले काठमाण्डौलाई विश्वकै सबैभन्दा जोखिमयुक्त शहर भनेर तोकिसकेकै थियो | १० वर्षको यस पूर्वतयारिको घडीमा पनि हामीले आवश्यक तयारि गर्न सकेनौं भन्ने पुष्टि अहिले भएको छ | नेपालमा अनवरत रुपमा भूकम्प तथा यसको जोखिमको बारेमा बिगत २० वर्षदेखि अध्ययनरत संस्था "भूकम्प प्रविधि राष्ट्रिय समाज" (एनसेट) ले अनेकौँ रिपोर्टहरुमा प्रकासित गरेका भवन सुरक्षित बनाउने बिधिहरु, पूर्व तयार...

चारुमती : चित्रकथा

Image
चारुमती ; सम्राट अशोकाकि कान्छी छोरीको हो यो कहानी | थिएटर भिलेजका बिमल सुबेदीले निर्देशन गरेका यो नाटक आजभन्दा २३०० बर्ष अगाडीको बिषयबस्तुमा केन्द्रित नाटक हो | सम्राट अशोकाको चर्चा देश विदेशमा चल्नुको प्रमुख कारण थियो, उनी एक पराक्रमी राजा थिए | आफ्नो राज्य विस्तार गर्नका निम्ति छेउछाउका साना राज्यहरुलाई डराई, धम्काई र युद्धमा पराजित गरि आफ्नो बनाउँथे | एउटा युद्धमा ठुलो हताहती भएको, मारकाटको दृश्य देखेपछी एकाएक उनमा युद्ध त्याग्ने इच्छा हुन्छ र आफ्नो राजकाज छोरीहरुलाई सुम्पिएर नेपालको स्वयम्भु महाचैत्य बिहार भ्रमण गर्न सपरिवार, आफ्नी कान्छी छोरी चारुमतीलाई लिएर निस्कन्छन् | नेपालमा राजा थेंगो र उनको परिवारले सार्है नै मर्यादामा राखि उनीहरुलाई स्वागत गर्छन | राजा थेंगोका छोरा युवराज गिर्गोले चारुमतीलाई पहिलो नजर देखि नै मन पराउन थाल्छन | उता राजकुमारी चारुमती भने उनैको सुरक्षाको लागि खटाइएको दरबारिया सिपाही देवपाल प्रति समर्पित हुन्छिन | चारुमती सानै देखि एउटा सपनाको शिकार भएकी हुन्छिन | सपनामा उनलाई एउटा सिपाहीले धरपकड गरि कतै लैजाने गरेको देख्छिन | त्यो पक्ड़ाई चारुमतीलाई बिस...