चारुमती : चित्रकथा
चारुमती ; सम्राट अशोकाकि कान्छी छोरीको हो यो कहानी | थिएटर भिलेजका बिमल सुबेदीले निर्देशन गरेका यो नाटक आजभन्दा २३०० बर्ष अगाडीको बिषयबस्तुमा केन्द्रित नाटक हो |
सम्राट अशोकाको चर्चा देश विदेशमा चल्नुको प्रमुख कारण थियो, उनी एक पराक्रमी राजा थिए | आफ्नो राज्य विस्तार गर्नका निम्ति छेउछाउका साना राज्यहरुलाई डराई, धम्काई र युद्धमा पराजित गरि आफ्नो बनाउँथे | एउटा युद्धमा ठुलो हताहती भएको, मारकाटको दृश्य देखेपछी एकाएक उनमा युद्ध त्याग्ने इच्छा हुन्छ र आफ्नो राजकाज छोरीहरुलाई सुम्पिएर नेपालको स्वयम्भु महाचैत्य बिहार भ्रमण गर्न सपरिवार, आफ्नी कान्छी छोरी चारुमतीलाई लिएर निस्कन्छन् |
नेपालमा राजा थेंगो र उनको परिवारले सार्है नै मर्यादामा राखि उनीहरुलाई स्वागत गर्छन | राजा थेंगोका छोरा युवराज गिर्गोले चारुमतीलाई पहिलो नजर देखि नै मन पराउन थाल्छन | उता राजकुमारी चारुमती भने उनैको सुरक्षाको लागि खटाइएको दरबारिया सिपाही देवपाल प्रति समर्पित हुन्छिन |
चारुमती सानै देखि एउटा सपनाको शिकार भएकी हुन्छिन | सपनामा उनलाई एउटा सिपाहीले धरपकड गरि कतै लैजाने गरेको देख्छिन | त्यो पक्ड़ाई चारुमतीलाई बिस्तारै राम्रो लाग्न थालेको थियो | यस सिपाही बहुबललाई पहिलो नजर देख्ने बित्तिकै उनीले सोहि सपनाको सिपाही सम्झिन पुग्छिन र एकोहोरो मायाँ गर्न पुग्छिन | दरबारको नुन खाएर हुर्के बढेको सिपाही बहुबल असमन्जसमा पर्छन | अनि के हुन्छ ??? नाटक हेर्नै पर्छ .....
प्रस्तुत छ सोहि नाटकका केहि फोटाहरु जसलाई यहाँ चारुमती चित्रकथा भनिएको छ |
म त फगत एउटा सिपाही

सुरुवाती नृत्य 
सानी चारुमती 
चारुमती र उनकी सुसारे 
चारुमतीले सपना देखिन 
रानीले चारुमतीलाई नआत्तिन हौसला दिदै 
सम्राट अशोकाको राज्यको मन्त्रि 
भन्तेले अशोकालाई बौद्ध मार्गमा हिड्न सुझाउँछन् 
सम्राट अशोका 
मन्त्रिले केहि जालझेल बुन्छन 
शाही फैसला सुनाउन तयार 
शाही फैसला सुनाउँदै 
गम्भीर मुद्रामा रानी 
चारुमती पनि बिहार जाने कुरो गर्छिन 
राजाको मन पग्लिन्छ 
नेपाली राजा थेंगोका मन्त्रि 
अशोका आउने कुराले त्राश 
अशोकाका दूतले समाचार ल्याएछन् 
ए उनीहरु त युद्ध गर्न आउने हैन रहेछन 
युवराजलाई शंका छ 
ए तिर्थ यात्रा गर्न आउने हुन् भने त हामीले स्वागत सत्कार पो गर्नुपर्छ 
राम्री राजकुमारी चारुमती 
राम्रो स्वागत पाएर मख्ख आमाछोरी 
राजाहरुलाई स्वागत 
राजकुमारको नजर राजकुमारीमा, राजकुमारी भने सिपाही तिर 
राजकुमारीको सुरक्षाको लागि सिपाही खटाइयो 
लाखे नाच 
राजकुमार आफ्नो प्रभाव पार्न खोज्दैछन् 
राजकुमारी अरु नै कुरामा सोचमग्न 
आत्मियता 
मलाई त सिपाही मन पर्यो 
राम्रो स्याहार गर्नु है 
सिपाही खोइ 
खोइ त सिपाही ?
ए मलाई हेर्या त हैन पो ? 
ए तिमी रक्सि नपिउने ? त्यसो भए मै पिउँछु 
हाम्रो राज्यमा संकट परेछ 
मन्त्रिले बिश्वासघात गरेछ 
परिक्षाको घडी 
हुरुरुरुरु 
मायाप्रेमका कुरा 
म तिमीबिना मरिहाल्छु 
म तिमीलाई मायाँ गर्छु 
म त फगत एउटा सिपाही
मलाई बिश्वासघात ? 
ओहो बर्बादै भएछ नि 
यो सिपाहीको यत्रो हिम्मत ?
हो म सिपाहीलाइ प्रेम गर्छु 
नहिSSSSSS 
हुने कुरालाई कसले टार्न सक्छ र ? 
सिपाही अझै रुँदैछन् 
नाटक हेरिदिनुभएकोमा धन्यबाद 
नाटक मलाई त सार्है मनपर्यो | तपाइँको छुट्ला है... 
 
Comments
Post a Comment