Posts

धार्मिक क्रान्ति ~ सम्मुन्नत भविष्य - सम्भव छ ?

Image
देश बनाउन गाह्रो छ भन्ठान्नुभाको ? केहि गार्हो छैन | एउटा रोल मोडल है त | बास्तवमा हामी नेपालीहरु त्यस समयमा संसारकै सबैभन्दा अघि थियौँ, जब विश्वमा बिरलै अरु देशको उपस्थिति थियो | थाहा नै होला, नेपालमा पौराणिक कालमा बनेका धेरै मठ,मन्दिर, पाटि पौवा, देवस्थलहरु त्यस समयमा बनिसकेका थिए, जब निकोलसले अमेरिका पत्तै लगाएका थिएनन | मल्लकालिन नेपाल त स्वर्गिय युग नै थियो रे | बिस्तारै  नेपालमा लिछवीकालिन, मल्लकालिन गर्दै शाह बंशिय राज्य परिवर्तनहरु हुँदै गए | देश अझै पनि स्वर्गकै एउटा अंश झैँ लाग्ने खाले थियो रे | इतिहासमा पढ्न मात्रै पाइने त हुन नि यी कुराहरु, तर अब त्यो सब कहाँ ? सबैलाई यस्तै त लाग्छ नि निराश र निरस बन्दै गएको नेपाली अवस्था देखेर हैन ? तर मेरो मनमा अर्कै कुरो खेल्दैछ आज |  साच्चै नेपाललाइ फेरि बिश्वकै सबैभन्दा सुन्दर देश बनाउन सकिन्छ भन्नेमा म त बिश्वस्त छु | तर आवश्यक छ, इश्छाशक्तिको | एक दुइजनाको मात्रै इच्छा भएर कहाँ हुन्छ र यस्तो आशम्भव प्राय: लाग्ने कहानीलाइ पूर्णरुपमा कार्यान्वयन गर्न ? सम्पूर्ण नेपाली एक भएर खालि एउटै सपना सम्बृद्दशाली नेपालको देख्न...

यात्रा अनुभव ?

Image
आज जुन २०, २०१२ | शेफिल्ड बाट लण्डन जाने टिकट लगभग २ महिना अघि नै काटेको हुँदोहु | कत्ति ब्यबस्थित छ बिदेशी जीवनशैली | मानिसहरु यात्रा गर्न २ महिना त के, १ बर्षअघि देखि नै सुरु गर्छन | यहाँ त भन्छन, क्रिसमस सक्किएको भोलिपल्ट देखि नै आर्को क्रिसमसको योजना बुन्न थाल्छन मानिसहरु | जे गर्छन दिल लगाएर गर्छन, त्यसैले नै हो जस्तो लाग्छ यिनीहरुले फड्को मारेका | आफ्नो त बानी नै यति खराब छ कि भोलि के गर्छु भन्ने नि आजसम्म थाहा हुँदैन, अझ कहिले काहिँ त दिनको दुइचार चोटी नै मुड फेरिन्छ र खै के के पो गरिरन्छु ... जस्तो कि आजै भनम न, यात्रा गर्दैछु, त्यसै बस्नै मन लागेन र ब्यागबाट ल्यापटप झिकेर यी यो डायरी लेख्दैछु | सुरुमा त 'Wifi available on this train ' लेखेको देखेर net चलाउने सुरले कम्प्युटर निकालें, पछि पो थाहा पाएँ पैसा तिर्नुपर्ने रैछ internet सुबिधा लिन त | अनि फेरी मुड चेन्ज... र ब्लग पो लेख्न थालेँ | आफुलाई मुड चेन्ज हुन कैलाश चिया पिइरहनै पर्दैन | :) पौने बार्हको ट्रेन थियो, उही त हो, जैले अघि पुगेर कुर्ने बानी नै लागेको छ आफ्नो त | समयलाई बढि नै महत्व दिन्छु म | कहिँ कतै ढिलो...

अन्धकार सुकुम्बाशी सपना

Image
काठमाण्डौमा थापाथली छेउका सुकुम्बाशी बस्ति हटाउने कार्य हालै सम्पन्न भएको छ, बिस्तारै अब यो प्रकृया अघि बढ्दै जानेछ र जतिपनि अबैध रुपमा विष्णुमती खोला किनारमा बनेका घर टहरा छन, सबै भत्काइनेछ र काठमाण्डौलाइ सुकुम्बासी रहित शहर बनाइनेछ | तर के साच्चै बन्ला त काठमाण्डौ सुकुम्बासी रहित शहर ? अनि सुकुम्बासीको बसोबास रहेकैले गर्दा बिस्तार गर्न नपाइएका सडकहरु अब निर्माण होलान त ? आशा गरौँ, चाडै आशा गरे अनुरुप नै सबैथोक हुँदै जाला |  तर मनमा लागेको एउटा प्रश्न भनेको चाहिँ सडक फराकिलो बनाउने भनेर सडक मिचेर बनाइएका घरहरु भत्काएर विस्तार गरिएका शहरका अन्य बाटाहरु अब चाहिँ बिस्तारित भए त ? कि उस्तै छन् अझै ? धुलाम्य सडकहरु | विकासका लागि हो विनाश पनि आवश्यक छ केहि अर्थमा, तर जहाँ विकासका नाममा बिनाश मात्रै हुन्छ, तब के अर्थ तेस्ता फुस्रा बिकासशिल आश्वासनको ?   सपना चकनाचुर भएपछि बिलौना बाहेक अरु के नै निस्किन्छ र गलाबाट ?  त्यो सानो नानी बोकेको त्यो बालकले कसरि हुर्काउला अफ्नो त्यो भाइ/बहिनि ? सुकुम्बशी बस्तिमा डोजर लाग्यो भनेर थपडी बजाउने काठमाण्डौका हा...

अखण्ड मुलुकको पक्षमा

Image
देशैभरि सम्बिधान बन्ने नबन्ने दुबिधाका बिचमा अल्मलिएको प्रमुख कारण 'संघियता'का बारेमा अत्ति भएर केहि नलेखिरहनै सकिन | संघियताको खास अर्थ सोध्न मन छ मलाई त, मौका मिले लाइन लगाएर सबै नयाँ पुराना नेतालाई सोध्ने थिएँ | देशलाई उ बेलै देखी ५ विकास क्षेत्रमा छुट्टयाएको देशका हरेक भूभाग एकै राज्यप्रणालीबाट संचालन गर्न सम्भब छैन भनेर नै त बिभाजन गरेको कुरा किन भुलेका होलान नेताहरुले ? अनि फेरी ५ विकास क्षेत्रमा बिभाजित भए पछि नै पो के नै विकास अनुभव गर्न पाए र कुना कन्दराका नेपालीले ? यहाँ बुझ्न के जरुरि छ भने ५ भागमा बिभाजन कागजमा त गरियो, नक्सामा गरियो तर व्यवहारमा गरिएन | राजधानीमा केन्द्रित सुख सुबिधा राजधानीमै सिमित भयो र दुर दराजका जनता अन्धकारमै थन्किए | थमिसक्नु भएन अनि देशैभरि बाट जनता काठमान्डौमा थुप्रिन आए, अनि न काठमान्डौ ~ राजधानी जस्तो रह्यो न अरु ठाउँको केहि जीवनस्तर सुध्रियो | अझ १०~१२ जे जे भने पनि लम्बिएर १६ बर्ष पुगिसकेको यो माओबादी आन्दोलनले गर्दा त देशको विकास त परको कुरा विनाश नै रोक्न नि कोहि सफल भएनन | त्यसैले त देश झन झन ठुलो भड्खालोमा जाँकिदैछ दिन पछि दिनदिनै...

बाबुराम फेहरिस्त

जानकारी : यो लेख चैत्र ७ गतेको कान्तिपुरमा सरोजराज अधिकारीले लेख्नु भएको लेख हो | सबैले धेरै आशा गरेका बाबुरामको रेकर्ड आफ्नो ब्लगमा रहोस भन्ने मनसायले मात्रै यो लेखलाई यहाँ राखिएको हो | यसको प्रमुख स्रोत हेर्न यहाँ क्लिक गर्नुहोस |  काठमाडौ, चैत्र ६ -  स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, सफल अर्थमन्त्रीलगायतका कारण भदौ ११ मा प्रधानमन्त्रीमा निर्वाचित हुँदा धेरैले निकै ठूलो आशा गरेका थिए बाबुराम भट्टराईबाट । तर यतिखेर अधिकांशले भन्न थालेका छन्, जुन जोगी आए पनि कानै चिरेको ! प्रधानमन्त्री भट्टराईको कार्यक्षमतामाथि हालै, चैत पहिलो साता भएका केही घटनाले पनि प्रश्नचिह्न खडा गरिदिएका छन् । उनले न सुशासन दिन सकेका छन्, न त आफ्नै मन्त्रीहरूले गरिरहेको अराजक शैली रोक्न सकेका छन्, कारबाही त परकै कुरा भयो ।  आइतबार मात्रै मदिराले मातेका स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले वीर अस्पतालका कर्मचारीमाथि दुव्र्यवहार गरे । त्यसै दिन मन्त्रीको दुव्र्यवहार तथा कर्मचारी युनियनको दादागिरी रोक्न नसकेको भन्दै सचिवहरूले सामूहिक राजीनामाको चेतावनी दिए ।  सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव...

लघुकथा : यहाँको चलन

धत् बुढी | तँ चिन्तै नगर के देशको बारेमा | तँ एकजनाले चिन्ता गरेर देशको केहि लछारपाटो लाग्ने हैन क्यारे, भो बरु एक कप मिठो चिया बना त | गमक्क फुलेर बसेकी बुढीलाई नेताजीले मुस्कुराउँदै सम्झाउन खोज्दैथिए | हेर न बुढी, अब न कुनै योग्यता, न केइ गुण, आनन्दले मन्त्रि पद पड्काईयाछ, मनग्य कमाइयाछ | अख्तियारले खेदेसी भन्या देखाजाएगा | फेरी १० करोड कमाइसकेसी १ करोड तिर्न बाल मतलब ? अनि एक-दुइ बर्ष जेल नै बस्नुपरे नि बस्दिउंला नि, त्यति जेल बस्द्या भरमा बाँकी नौ करोड आफ्नो हुन्छ भने के चिन्ता ?? फेरी यस्तो सिचुएशन आउने भन्या त कतै केहि नलागेसी हो, तँ मान न तेरो बुढोलाई यस्तो भवितब्य त ज्यानजाला पर्दै पर्दैन | सोझै व्यक्तिगत रिसइबीले मान्छे मार्नेलाई त आम माफी, अझ मन्त्रि पद नै दिन त पछि पर्दैनन हाम्रा राष्ट्रभक्त प्रधानमन्त्रिहरु  | ठुलै भाग्य ले'र मन्त्राणी बन्न जन्म्यारैछेस तँ बुझिस |  रिसाएर गमक्क फुलेकी मन्त्राणी खुट्टा बजार्दै भान्छा छिर्छे | ग्याँस बाल्छे र चिया बसाल्छे ... अनि सोच्छे, हुन त हो नि | देशैभरि ग्याँसको हाहाकार भएर मान्छे भोकभोकै पर्दापनि त हाम्रोमा कहिल्यै ग्याँस सके...

शिव ताण्डव श्तोत्र

Image
जटाटवीगलज्जल प्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजंगतुंगमालिकाम्‌।  डमड्डमड्डमड्डमनिनादवड्डमर् वयं चकार चंडतांडवं तनोतु नः शिवः शिवम ॥1॥ जटा कटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी । विलोलवी चिवल्लरी विराजमानमूर्धनि । धगद्धगद्ध गज्ज्वलल्ललाट पट्टपावके किशोरचंद्रशेखरे रतिः प्रतिक्षणं ममं ॥2॥ धरा धरेंद्र नंदिनी विलास बंधुवंधुर- स्फुरदृगंत संतति प्रमोद मानमानसे । कृपाकटा क्षधारणी निरुद्धदुर्धरापदि कवचिद्विगम्बरे मनो विनोदमेतु वस्तुनि ॥3॥ जटा भुजं गपिंगल स्फुरत्फणामणिप्रभा- कदंबकुंकुम द्रवप्रलिप्त दिग्वधूमुखे । मदांध सिंधु रस्फुरत्वगुत्तरीयमेदुरे मनो विनोदद्भुतं बिंभर्तु भूतभर्तरि ॥4॥ सहस्र लोचन प्रभृत्य शेषलेखशेखर- प्रसून धूलिधोरणी विधूसरांघ्रिपीठभूः । भुजंगराज मालया निबद्धजाटजूटकः श्रिये चिराय जायतां चकोर बंधुशेखरः ॥5॥ ललाट चत्वरज्वलद्धनंजयस्फुरिगभा- निपीतपंचसायकं निमन्निलिंपनायम्‌ । सुधा मयुख लेखया विराजमानशेखरं महा कपालि संपदे शिरोजयालमस्तू नः ॥6॥ कराल भाल पट्टिकाधगद्धगद्धगज्ज्वल- द्धनंजया धरीकृतप्रचंडपंचसायके । धराधरेंद्र नंदिनी कुचाग्रचित्रपत्रक- प्रकल्पनैकशिल्पिनि त्रिलो...