Posts

काण्ड एक चर्चा अनेक : झापु - नेपाली राजनीति - प्रधानमन्त्रि

अचम्म अचम्म काण्डहरु मच्चिरहने देश नेपाल.... झापु काण्ड सेलाउन के खोज्दैथ्यो, झन दन्किदै बल्याछ | जो माथि देवीप्रसादको झापु बज्रयाथ्यो तिनै नेपालका ३४औं प्रधानमन्त्रि बन्न सफल भएका छन् | यसैबिच फेसबुक/ट्वीटरमा देखिएका केहि अजिब स्ट्याटस/कमेन्ट : १) हैन त्यो देवी प्रसाद भन्ने मान्छे त बिदेशी प्रभु पो र'छ कि क्या हो, कैले देखी बनाउन नसकेको पर्धानमुन्त्री , एकै झापूमा बनाइदियो बा! via @Surath Giri २) भाग्य निधारा'ट गालातिर सरेछ क्यारे :) via Dinesh Raj Gyawali ३) लौ न ए कोइ छ ? चड्काउन सिपालु ?? ह्याँ आफुलाई प्रधानमन्त्रि बन्ने लहड चल्या'छ | ४) रेग्मी ले झापड़ हानेर प्रधानमंत्री भएको जानकारी तपाईं हामी सबैलाई बिदित नै छ. तपाईं पनी ठुलो मान्छे बन्नू छ भने हामीलाई सम्पर्क गर्नुहोला | via Dipesh Regmi ५) माकुने दुई ठाउँबाट हारे, प्रधानमन्तरीको कुर्सी स्याहारे । झल्लुले दर्‍हो झापड भेटे, प्रधानमन्तरी हुने रहर मेटे । बधाई छ झल्लु !!!जनताले तिमीसित केइ नि आश गर्‍या छैनन् !! नपत्याउने खोलोले बगाउँछ भन्या झै केइ गरेर देखाईदेउ । :)- via Jitendra Malla ६) मा'बादीले नि हसाम्च !! आज स...

SUINA KARNALIKA (सुइना कर्णालीका)

As per the 'Khash' language used in the most remote Zone of Nepal "Karnali" which says the 'Dreams of karnali' as being played in the Rimal Theatre, Aarohan Gurukul, Old Baneshwor suggests the high moral depicts of the people in those reason. As dreams are unlimited and non-bounded, we may dream of something very much uncommon and imaginary, though we dream a dream of happiness yet memorizing. A silent hit to the present insensible movements of the stakeholders to the reasons seems to be presented in quite funny packages. Its a dream dreamed by a villager/his grand daughter while they were travelling back to their home (on the way) at a stop-by. A dream that sounds a miracle though immense. A vague dream of Karnali being the supreme power(state) in Nepal, even Nepali Prime Minister seeking help from the Central Minister of Karnali. Karnali here defined as the state full of successes using all the natural herbal resources exporting to the foreign lands and earn...

केहि पालुंङ्टार बैठकबाट

झननननन रिश मलाई मात्रै उठ्या होला कि सबैलाई उस्तै हो ? तर मलाई चाहिँ कदापी मन परेकै छैन भनेको... तिनले गर्ने बोलीब्यबहार एकथरी, कुरा गराई अर्को थरि ...उटपट्याङ काम गराई त मानौँ कि तिनको दैनिकी नै भैसक्यो | अरु सबै भालेमुन्ग्रा पार्टीका पारा देखिसकेसी हामी सोझा नेपालीले नतमस्तक भएर तिनको बाटो कुर्नु बाहेक अरु कुनै बिकल्प थिएन र त्यसै अनुरुप हामी नि जसो जसो पण्डित जी उसै उसै स्वाहा गर्दै गयौं, तर हरेक कुराको एउटा लिमिट हुन्छ भन्छन नि, उनीहरु त कहिल्यै पछि परेनन आफ्ना अभद्र, अनुशासनहिन, जङ्गली ब्यबहार दर्शाउन | सत्तामा पुगेको बेलामा टिक्न सकेनन, जब सत्ता छोडे... फेरी त्यै सत्ताको लागि मरीमेटे | पहिले अरु बसेको देख्ने सकेनन, सरकार बनेकै भोलिपल्टदेखि कठपुतली, कल्पब्रिक्ष र बिषब्रिक्षको जुहारी चल्यो... के के भो के के कुरो गरिसाद्धे छ र भन्या ?? दण्डहिनता देशमा व्याप्त भा'को त सबैभन्दा फाइदा त उनैलाई भयो भन्दा अत्युक्ति नहोला | फेरी चुनाब नि अलि अलि भो र भन्या ? रेकर्ड नै कायम गर्ला झैँ !! एउटा प्रधानमन्त्री छान्न नि कति को नौटंकी हो भन्ने त कुरो किन कोट्ट्याईर'नु र ? फेरी बजेटको त कु...

शहरमा जसको चर्चा छ

एउटा व्हीम आउन पर्छ नेपालमा, पछि लाग्नेको कमि हुदैन.. यसको पछिल्लो उदाहारण भएकी छिन नेपाली चेली "माइती नेपाल" कि संस्थापक अध्यक्ष श्रीमती अनुराधा कोइराला, जो हालै सी.एन.एन.ले गरेको बार्षिक सर्वेक्षण सी.एन.एन.हिरोज २०१० का बिजयी यानकी यस बर्षको सी.एन.एन हिरो हुन पुगेकी छिन | हुन त यो सफलता उनलाई रातारात प्राप्त भएको अवश्य होइन न नै मेरो संदेश उनीले सो पुरस्कार जितेर केहि नराम्रो भयो भन्न खोज्ने हो | वास्तबमा उनको यो विजयले गतिलो झापड हानेको छ हाम्रा देशका नेता भनाउँदाहरुको गालामा | आफ्नै डंका फुक्दै गरेका, हरेक कुरोमा सफल नेतृत्व दिन सक्षम छौं भन्दै चुकिरहेका पाजी नेता भनाउँदाहरुको गालामा अनुराधा दिदिको यो दह्रो झापड सफल नेतृत्व दिनसके आफ्नो कार्यको मुल्यांकन हुने रहेछ भन्ने त हुँदै हो र साथै हामी नेपालीहरु भौगोलिक दृष्टिकोणबाट जति उपेक्षित भएपनि, हाम्रो मुलुकको जनसंख्या अरु सबल भनिएका मुलुक सामु मुट्ठीभर भएपनि हामी कति एकताबद्द हुन सक्ने रहेछौँ र कसरि एकरुपताका साथ देशलाई अनुकरणीय योगदान दिनु भएका सबैका आँखाका नानी बनेका अनुराधा दिदिलाई विश्वभरिबाट चुनिएका प्रतिस्पर्धीहरुला...

कुरा नि बुझिसाद्धे भे'पो !!

अघिल्लो दिनको राष्ट्रिय संचारको समाचारमा उपल्ला दर्जाका भनिएका नेताले नै घोक्रो फुकाउदै भनेका थिए, अहिले सम्म जे भयो भयो, भोलि मंग्सिर ३ गते चाहिँ बजेट पास हुन्छ, त्यहिँ सहमति भा'छ, यो निर्णय भनेको गोकर्ण, हात्तीबन र सिंहदरबारमा भएका छुट्टाछुट्टै सहमतिको उपज हो | तर मंग्सिरको ३ गते जब सबै जनतामा थोरै भएपनि बजेट आउने भन्ने खुशी छल्किएको थियो आँखामा, त्यहिँ समयमा LIVE देखिएको नेपाली संचार माध्यममा त कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे रोष्ट्रमतिर अघि बढ्दा देखिएको दृष्यले स्तब्ध तुल्यायो हरेक स्वाभिमानी नेपालीलाई .... यो भिडियो हेर्नुस त .... http://goo.gl/yG1Ob लाज लाग्ने त हामी पो भयौं, गर्नेलाई भन्दा देख्नेलाई लाज .... यसै सम्बन्धमा फेसबुक र ट्वीटरमा समाविष्ट केहि रोचक प्रतिक्रियाहरु : १) सरकारले जवरजस्ती गर्दा सामान्य ठेलमठेलमात्र भएको हो : माओवादी http://bit.ly/93mHSr ठेलमठेल यस्तो हुने रै'छ है.. !!! हाम्लाई के था?? २) माओवादीको पत्रकार सम्मेलन । संसदमा शुक्रबार राति भएको घटना सरकारको बलजफ्तीको परिणाम रहेको स्पोष्टोक्ति । आफ्ना स... http://bit.ly/cwymRu ३) बैंक लुटि...

The spirit for the day

Awaken from the broken dreams, unusual hangover of the uncertainities regardless the truth of being endeavored by the cruel time, I am moving up to the enlightment.. the place where I get blessed by the overpowering deity and strength to march forward, I am moving to the directions of sacrifice and success rather than Love and care for the sake of continuity of the Dreams. And I will march forward, forward towards the success and no one can stop me from succession. I believe in myself and I will prove it again. - The spirit for the day

खै के खै के

सायद जीवनका भोगाइहरुकै कारण नै त हो नि, अचेल त न कुनै चाडपर्व उल्लासमय लाग्छ, न नै रमाउछ यो मन भिडभाड र हल्लीखल्लीमा... केवल खोज्छ त एक्लोपन | होला यो दिपावलीमा केहि कम पड्किए, तर नपड्कीएका भनेचाही हैन, ठुला रोसनीका साथ रंगीबिरंगी प्रकाश फैलाउँदै पड्किने पटाका'हरु ... तर यी आँखा खुल्ला त थिए, देख्दैथिए ति उज्याला, तर खोज्दैथिए आकाशमा टिलपिल टल्किरहेका ताराहरु मध्येका आफ्नो तारा, मेरो जग, मेरो आकाश