हाम्रा नेता चोर हुन #HNCH
उनीहरुलाई हामीले संधै काखी च्यापि रह्यौं | ४६ सालमा काखी च्याप्यौं, उनीहरुलाई नै माथि पुर्यायौं, जनता जहाँ को त्यहीँ | ६२/६३ मा काखी च्याप्यौं, राजतन्त्र फाल्यौं, बिडम्बना ~ एउटा राजा सति गयो, केहि समय मख्ख पर्यौं, खुशी धेरै समय टिक्नै पाएन, यिनीहरुको चर्तिकला देख्दा त एउटा राजालाई बिदा गराएर सयौं राजा पो जन्माएछौँ हामीले | बोलिका ठेगान नभएका राजा, राजसी ढांचा देखाउने राजा, मान्छे पिट्दै हिड्ने राजा, धन-धान्यले भरिपूर्ण भएका राजा, जनतालाई नै चुसी जनताकै अगाडी डकार्दै हिड्ने महान राजा, सरकारी प्राडो-पजेरोहरु आफ्नै सम्पति झैँ मानि क्वाप्लाक्कै निल्ने राजा, सत्ताकै लुछाचुंडी गरिरहने राजा, जनताको लागि भन्दै सत्तामै रहेर पनि बारम्बार नेपाल बन्द जस्तो घोर पाप गरिरहने राजा | गल्ति हामीले गरिसक्यौँ अब सुधार्ने मौका आएको छ, अहिले पनि जागेनौं र सुधार्नपट्टि लागेनौं भने अब कहिल्यै केहि हुनेवाला छैन | त्यै बीर गोर्खालीका सन्तान भन्दै शिर ठाडो गरेर हिड्ने दिन गए ….. नेताहरुले जति मुर्ख बनाउँदा पनि सहेर बस्ने लाछी नेपाली भनेर सबैले भन्दा हामीले चाल पाउनेछौँ, साच्चै हामी को हौँ, के रहेछौं भनेर | अस्...