अलिकति @tfcnepal को बारेमा
#tfcnepal को पहिलो donation को लागि हामीलाई कुनै एक त्यस्तो संस्थाको आवश्यकता भएको थियो, जहाँ हामीले tweet counts बाट जम्मा भएको हाम्रो केहि रकमलाई उच्चतम रुपमा सदुपयोग गर्न सकियोस | सोहि क्रममा हामी पुग्यौँ, बसुन्धरा त्रियोग स्कुल नजिकै रहेको 'पवित्र सेवा समाज नेपाल' र भेट्यौँ दिक्षा चापागाईलाई जो अनवरत रुपमा समाज सेवामा लागेकी रहिछन | उनको जीवन साच्चै नै प्रेरणादायी रहेछ | उनले सो पवित्र सेवा समाज नेपालको स्थापना गरि समाजमा बेवारिश भएका बालबालिकाहरुलाई मातृत्व प्रदान गरेर उनिहरुको लालनपालन र शैक्षिक स्थितिको सुधार गर्न अनवरत रुपमा लागि रहेकी रहिछिन | कुराकानीको क्रममा उनले भनिन, मेरो पासपोर्टमा अमेरिकाको ५ वर्षे भिषा लागेको छ, तर मेरो आँखा बिहानीको मिर्मिरेमा खुलेदेखि निष्पट्ट अन्धकार भएर म न-निदाउन्जेल सम्म यिनकै भविष्य उज्वल पार्न, यिनलाई खुवाउन पियाउनकै निम्ति त्यसैको जोहो गर्दै रहेको हुन्छु, मलाई यिनका भविष्य उज्यालो बनाउने बाहेक अन्यकुनै पनि सपना छैन | उनले भनिन : यहाँ जम्मा २१ बाल बालिका र एक आशक्त वृद्धा गरि जम्मा २२ जना छौँ | यिनीहरुको लागि मेरो सम्पूर्ण जीवन समर्पित ...