धत् बुढी | तँ चिन्तै नगर के देशको बारेमा | तँ एकजनाले चिन्ता गरेर देशको केहि लछारपाटो लाग्ने हैन क्यारे, भो बरु एक कप मिठो चिया बना त | गमक्क फुलेर बसेकी बुढीलाई नेताजीले मुस्कुराउँदै सम्झाउन खोज्दैथिए | हेर न बुढी, अब न कुनै योग्यता, न केइ गुण, आनन्दले मन्त्रि पद पड्काईयाछ, मनग्य कमाइयाछ | अख्तियारले खेदेसी भन्या देखाजाएगा | फेरी १० करोड कमाइसकेसी १ करोड तिर्न बाल मतलब ? अनि एक-दुइ बर्ष जेल नै बस्नुपरे नि बस्दिउंला नि, त्यति जेल बस्द्या भरमा बाँकी नौ करोड आफ्नो हुन्छ भने के चिन्ता ?? फेरी यस्तो सिचुएशन आउने भन्या त कतै केहि नलागेसी हो, तँ मान न तेरो बुढोलाई यस्तो भवितब्य त ज्यानजाला पर्दै पर्दैन | सोझै व्यक्तिगत रिसइबीले मान्छे मार्नेलाई त आम माफी, अझ मन्त्रि पद नै दिन त पछि पर्दैनन हाम्रा राष्ट्रभक्त प्रधानमन्त्रिहरु | ठुलै भाग्य ले'र मन्त्राणी बन्न जन्म्यारैछेस तँ बुझिस | रिसाएर गमक्क फुलेकी मन्त्राणी खुट्टा बजार्दै भान्छा छिर्छे | ग्याँस बाल्छे र चिया बसाल्छे ... अनि सोच्छे, हुन त हो नि | देशैभरि ग्याँसको हाहाकार भएर मान्छे भोकभोकै पर्दापनि त हाम्रोमा कहिल्यै ग्याँस सके...
Comments
Post a Comment