मान्छे !!




अन्धाहर'को शहरमा ऐना बेच्न हिड्दा मान्छे
झुटै ठहरियौ आज, एक्लो बृहस्पति रोज्दा मान्छे !!

सारा संसार झुटो भनि एक्लै उँचो हुन खोज्दा
पाताल तिरै भा'सी गयौ, चन्द्र छुन सोच्दा मान्छे !!

ठालूहर'कै बोला-बाला जहाँ पनि बिक्छ यहाँ
बिना कुनै हाँगो समाई चढ्न माथि खोज्दा मान्छे !!

दैब पनि ठुलैहर'को छैन रे है सानो को त
अझै पनि अघि बढ्ने, झिनो आशा राख्दा मान्छे !!

नरोकिने रै'छ पाइला कसै गरि पनि अझै
अनेक ठक्कर, अनेक धोका खादैं अघि बढ्दा मान्छे !!

Comments

Post a Comment

Popular posts from this blog

यस्तो हुनुपर्छ बिद्यालय भवन

लघुकथा : यहाँको चलन

सशंकित संरक्षणकर्मी